कतै आमाछोरा कतै सुत्केरी परीक्षार्थी
बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कास्कीबाट छ जना दृष्टिविहीन र १६ जना सुस्तश्रवण विद्यार्थीले परीक्षा दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख लोकनाथ आचार्यले अमरसिंह माविका पाँच जना र खुलातर्फ एक जना गरी छ जना दृष्टिविहीनले पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएको जानकारी दिनुभयो । उनीहरूले आफ्नै विद्यालय अमरसिंह मावि परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् । उहाँका अनुसार सिर्जना मावि लेखनाथका १६ जना सुस्तश्रवण भएका विद्यार्थीले लक्ष्मी मावि लेखनाथबाट परीक्षा दिएका छन् ।
व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय
विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष रु दुई लाख ५० हजार आम्दानी गरेका छन् । जिल्लाको एकमात्र प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित पनि गरेको छ ।
हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन
त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको छ ।
किरियापुत्रीदेखि बालबन्दीसम्मले लेखे एसइई
बिहीबारदेखि सुरु भएको माध्यामिक शिक्षा परिषद् (एसइई) परीक्षामा किरियापुत्रीदेखि, बालबन्दी तथा विभिन्न उमेर समूहका विद्यार्थीको उत्साहपूर्वक सहभागी भएका छन् ।
नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह
काठमाडौँ महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न अनुरोध गरेको छ।
त्रिविको अनलाइन सेवा चुस्त नहुँदा सेवाग्राहीलाई सास्ती
भोजपुरका मौसम राई त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) धाउन थालेको एक महिना भयो । कोरोनाको समयमा भएको स्नातक तहको ग्याप भेरिफिकेसनका लागि आउनुभएको उहाँलाई कुनै न कुनै डकुमेन्ट नपुगेको भनेर फर्काइने गरेको छ ।
गुल्मीबाट ५३ जना परीक्षार्थी अनुपस्थित
गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन ५३ जना परीक्षार्थी अनुपस्थित भएका छन् । यस जिल्लाका चार हजार ९७ परिक्षार्थीमध्ये ५३ जना परीक्षार्थी अनुपस्थित भएका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।
परीक्षा केन्द्र अध्यक्ष कारबाहीमा
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियम विपरीत कार्य गर्ने विश्वज्यति माविका केन्द्र अध्यक्ष माधव प्रसाद ठाकुर कारबाहीमा परेका छन् ।
कैदीबन्दी पनि एसइईमा सहभागी
चारैतिर अग्लो पर्खाल, त्यसमाथि काँडेतारले घेरिएको तनहुँका कारागारमा रहेका एक कैदी बन्दी एसइई परीक्षामा सामेल हुनु भएको छ ।
ताप्लेजुङमा ४९ परीक्षार्थी अनुपस्थित
बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ताप्लेजुङमा ४९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एसइई परीक्षामा सहभागी हुन आवेदन दिएका एक हजार ८९० जना विद्यार्थीमध्ये सो सङ्ख्यामा परीक्षा अनुपस्थित भएका हुन् ।
पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि शान्तिपूर्ण वातावरणमा पहिलो दिनको परीक्षा सम्पन्न भएको छ ।
नक्कली परीक्षार्थी पक्राउ
दैलेखको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारको परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाका नक्कली परीक्षार्थी फेला परेका छन् ।
हिरासतबाटै दिए विद्यार्थीले एसइई
सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक किशोरले प्रहरी कार्यालयबाटै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् ।
पाल्पामा ५९ परीक्षार्थी अनुपस्थित
माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन पाल्पामा ५९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । चार हजार १८२ जना परीक्षार्थीमध्ये ५९ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ ।
स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले समावेशी र लैङ्गिकमैत्री बजेट ल्याउनुपर्ने बताउनुभएको छ ।
एसइईमा दृष्टिविहीन तथा कैदी विद्यार्थी सहभागी
सुनसरीमा माध्यमिक शिक्षा परीक्षा एसइईमा पहिलो दिन जिल्लाबाट चार जना दृष्टिविहीन र एकजना कैदी सहित १३ हजार बढीले परीक्षा दिएका छन्।
तस्बिरमा एसइई
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर परीक्षा सञ्चालन भएको छ ।
किरियापुत्री दाजुभाइले दिए एसइई
शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले पहिलो दिनको परीक्षामा चार हजार ९९ जना परीक्षार्थी सहभागी भएको र ३४ जना अनुपस्थित रहेको बताउनुभयो ।
बाँकेबाट ४६ बालबन्दीले दिए एसइई
बिहीबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा एसइईमा बाँकेबाट दुई वटा बाल सुधारगृहमा रहेका ४६ जना बालबन्दीहरु सहभागी भएका छन् ।
महोत्तरीमा सामुदायिक विद्यालयबाट एसइईमा सहभागी छात्रा अधिक
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् ।
मनाङबाट ४० जनाले दिए एसइई परीक्षा
बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशको मनाङबाट ४० जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । गण्डकीबाट ४० हजार नौ सय १८ परीक्षार्थी यसमा सहभागी छन् ।
सुरक्षित गर्भपतन: कानुनले मान्छ, समाजलाई कठिन
संविधान तथा यससँग सम्बन्धित थुप्रै कानुनले सुरक्षित गर्भपतन सेवालाई वैधानिकता दिए पनि समाजले भने अझै पनि सहज रूपमा ग्रहण गर्न सकेको छैन ।
एकासी हजारभन्दा बढी परीक्षार्थी
मधेश प्रदेशका जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ८१ हजार ७६८ जना विद्यार्थी सहभागी हुँदै छन् । चैत १५ गते अर्थात् बिहीबारदेखि सुरु भइरहेको एसइईका लागि सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास निर्देशनालय जनकपुरधामले जनाएको छ । प्रदेशभरि २९५ वटा परीक्षा केन्द्र तोकिएको छ ।
एसइई आजदेखि सुरु, पाँच लाख परीक्षार्थी सहभागी
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ ।