कक्षा आठको परीक्षा दिँदै जनप्रतिनिधि सिंह
बाँकेको जानकी गाउँपालिकाका कार्यपालिका सदस्य राजेन्द्र सिंह ३७ वर्ष पुग्नुभयो । ३७ वर्षीय सिंहले चैत १ गतेबाट सुरु भएको पालिका स्तरीय आधारभूत तह कक्षा उत्तीर्ण परीक्षा (कक्षा ८)मा सहभागी भई परीक्षा दिन सुरु गर्नुभएको छ ।
विद्यार्थीहरूका हातमा पुगेन पुस्तक
नयाँ शैक्षिक सत्र सुरु गर्ने विषयको अन्याेलले हालसम्म विद्यार्थीहरुको हातमा पुस्तक नपुगेको पाइएको छ । गत वर्षबाटै शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमीले परिपत्र गरेर देशभर वैशाख १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने जनाएको भए पनि हिमाली जिल्ला हुम्लाका स्थानीय तहहरूले आफ्नो निर्णय अनुसार फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गरेपछि हाल कक्षा पाँचदेखि १२ सम्मका विद्यार्थीहरुको हातमा पुस्तक नपुगेको हो ।
तलब नपाएको भन्दै परीक्षा गर्न अस्वीकार
चालु आर्थिक वर्ष सुरु भएदेखि नै तलब नपाएपछि सोको विरोधमा रौतहटको फतुवाविजयपुर नगरपालिकाका शिक्षक–कर्मचारीले विद्यार्थीको वार्षिक परीक्षा लिन अस्वीकार गरेका छन् ।
'विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ' अभियान सुरु
गोरखाको भीमसेन थापा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न चैत १ गतेबाट लागु हुने गरी चैत १५ गतेसम्म ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियान सुरु गरेको छ ।
मेरो अभिनय यात्रा
मेरो नाम अंशिका जोशी हो । म सानैदेखि पढाइसँगै अतिरिक्त क्रियाकलापमा रुचिपूर्वक भाग लिने गर्दै आएकी छु । म हाल भ्याली भ्यु स्कलमा ६ कक्षामा अध्ययनरत छु । कक्षा ५ मा पढ्दै गर्दा अभिनय सिक्न मलगायत मेरो स्कुलका अन्य साथी राजन गुरुले सञ्चालन गरिरहनुभएको लालावालामा भर्ना भयौँ । राजन गुरुले हामीलाई निकै मेहनत गरेर आधारभूत अभिनय कला सिकाउनु भयो । म अहिले पनि उहाँसँगै शनिबारको कक्षा लिने गर्छु । करिब एक वर्षमा मैले चार वटा नाटकमा अभिनय गर्ने मौका पाएकी छु । जसमा एउटा छोटो फिलिम, भानुभक्त, साथ र गौतम बुद्व छन् ।
बाँसबारीबाट बन्यो शिवपुरी विद्यालय
विसं २००५ मा स्थापना हुँदा शिवपुरी माध्यमिक विद्यालय बाँसबारीमा सञ्चालित थियो । बाँसबारीमा निजी घरबाट पठनपाठन सुरु भएको यस विद्यालयको नाम स्थापनाकालमा बाँसबारी माध्यमिक विद्यालय नै रहेको बताइन्छ । काठमाडौँ महानगरपालिका–३, महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयको लामो इतिहास छ । विस. २००५ मा नगन्य विद्यार्थी सङ्ख्यासहित स्थापना भएको यस विद्यालयमा अहिले करिब १६ सय विद्यार्थीले अध्ययन गर्दै आउनुभएको छ । बाँसबारीमा स्थापना भएको भए पनि विभिन्न समयमा कहिले चक्रपथ, कहिले हालको कान्ति बाल अस्पताल भएको स्थानमा सर्दै आएको यस विद्यालय विस. २०२१ मा महाराजगञ्जमा सरी दिगो रूपमा बालबालिकालाई सेवा दिन थालेको हो ।
विद्यालयमा सिसी क्यामरा
शैक्षिक गुणस्तर तथा व्यवस्थापनमा सुधार गर्ने उद्देश्यसहित ताप्लेजुङको मैवाखोला गाउँपालिकाका विद्यालयमा सिसी क्यामरा जडान गर्न थालिएको छ।
नेपाली विद्यार्थीलाई युएईमा इन्टर्नसिपको अवसर
मिल्टन इन्टरनेसनल कलेजले उक्त कलेजका विद्यार्थीलाई युनाइटेड अरब इमिरेट्सको दुबईका विभिन्न सङ्घ संस्थामा सशुल्क इन्टर्नसिनको अवसर उपलब्ध गराउने भएको छ ।
सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई गाउँपालिकाको नगद उपहार
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्रालाई एक हजार नगद सहितको बैंक खाता उपहार दिने भएको छ ।
स्थानीय पाठ्यपुस्तक 'धार्चे सेरोफेरो' तयार
उत्तरी गोरखाको धार्चे गाउँपालिकामा धार्चे सेरोफेरो पाठ्यपुस्तक तयार भएको छ ।
कुरूप बन्यो बहुप्राविधिक शिक्षालय
मर्मतसम्भार नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । वेलायत सरकारको सहयोगमा विसं २०४० मा स्थापना भएको यो शिक्षालयमा मर्मतसंभारको अभावमा जिर्ण बनेको हो ।
जुम्ल्याहा दिदीबहिनीको पौडीमोह
नेपालमा हुने सबैजसो पौडी प्रतियोगितामा अहिले एक जुम्ल्याहा दिदीबहिनी प्रायः देखिने गर्दछ, देवाण्षी र आध्यश्री जोशी । जुम्ल्याहाबिच खेल भयो भने कस्तो होला । छुट्याउनै गाह्रो होला होइन त । प्रायः जुम्ल्याहालाई छुट्याउन कठिन हुन्छ नि त तर देवाण्षी र आध्यश्रीको हकमा त्यस्तो छैन । यी दुई हरेक कुरामा फरक छिन् । एक काली, अर्की गोरी छिन् । देवाण्षी सबैसँग बोलिरहने, मनमा जे आयो त्यही बोल्ने, धेरै जिस्किने खालकी छिन् । त्यसैले देवाण्षीका साथी पनि धेरै छन् । आध्यश्री कम तर मिलाएर बोल्छिन् । देवाण्षी दुई मिनेटले कान्छी छिन् तर शारीरिक रूपमा दुईमध्ये देवाण्षी बलियो छिन् ।
जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा
गुल्मीको मुसिकोट नगरपालिकामा सरकारी सेवा-सुविधा लिने जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने भएका छन् ।
बालश्रमको कारण बन्दै गरिबी र पारिवारिक विखण्डन
कामको खोजीमा बाबुआमासँगै रौतहटबाट काठमाडौँ आई बस्दै आएका १५ वर्षीय श्रीकृष्ण साह (नाम परिवर्तन) कहिलेकाहीँ विद्यालय पोसाककै निर्माणका काममा भेटिन्छन् ।
दुई करोड लगानीमा सामुदायिक पुस्तकालय
धनकुटाको छथर जोरपाटीमा सामुदायिक बहुउद्देश्यीय पुस्तकालय निर्माण हुने भएको छ । छथर जोरपाटी ६ सिधुवा बजारमा एस.भी.ए. नेपाल रिड नेपाल र छथर जोरपाटीको लगानीमा दुई करोड १२ लाख २९ हजार रुपियाँमा तीन तले सिधुवा छथरजोरपाटी सामुदायिक पुस्तकालय तथा तथा स्रोत केन्द्र बन्न लागेको हो ।
नेपाली छात्रालाई नासामा अनुसन्धानको अवसर
अवसर पाए भने नेपाली चेली पनि नासाको अनुसन्धान गर्न सक्षम छन् भन्ने उदाहरण एक नेपाली विद्यार्थी बन्नुभएको छ ।
जनप्रतिनिधिका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा
सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीले आफ्ना छोराछोरी आगामी शैक्षिक सत्रदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने नियम बनेको छ ।
विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी
विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् ।
क्याम्पस भवनलाई पूर्णता दिन सात लाख सहयोग
वि.सं २०६४ सालमा सामुदायिक रूपमा स्थापित मङ्गल बहुमुखी क्याम्पसको निर्माणाधीन भवनलाई पूर्णता दिनका लागि करिब सात लाख रुपियाँभन्दा सहयोग सङ्कलन भएको छ ।
उच्च शिक्षा पढ्ने विद्यार्थीलाई अनुदान
सरकारले माध्यमिक तहसम्मको पठन पाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा पढ्नका लागि भने विद्यार्थीले शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।
विद्यालयमा गाउँकै कोदो
बडीमालिका नगरपालिकाका सामुदायिक विद्यालयले विद्यार्थीका लागि दिवा खाजाका रूपमा कोदोको परिकार खुवाउन थालेका छन् । स्थानीय उत्पादन कोदो, मकैलगायतका परिकार विद्यार्थीलाई खुवाउँदा स्थानीय उत्पादनको प्रवर्धन एवं बालबालिकाको स्वास्थ्यमा राम्रो गर्ने अपेक्षा गरिएको छ ।
असल शिक्षक
दक्ष शिक्षकबिना विद्यालयको शैक्षिकस्तर उठ्न सक्दैन । शिक्षालाई सबल बनाउन अब्बल शिक्षकको खाँचो पर्दछ । हामीकहाँ अन्यत्र कहीँ जागिर नपाएपछि बल्ल शिक्षक बन्न खोज्ने प्रवृत्ति छ । पढ्न पनि विज्ञान, व्यवस्थापन, मानविकी शिक्षापछि मात्र शिक्षा प्राथमिकतामा पर्ने गरेको छ । शिक्षाशास्त्रका प्राध्यापकको समेत गुणस्तर मूल्याङ्कन हुनुपर्ने देखिन्छ ।
निमित्त उपकुलपति नियुक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन वटा विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्त गर्नुभएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार मध्यपश्चिम विश्वविद्यालयमा प्राडा केशरसिंह रानालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ । तत्कालीन उपकुलपति प्राडा नन्दबहादुर सिंहको चारवर्षे कार्यकाल सकिएपछि यो विश्वविद्यालय फागुन १९ गतेदेखि उपकुलपतिविहीन थियो । त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी सहप्राध्यापक कर्णबहादुर थापालाई दिइएको छ । यहाँ पनि तत्कालीन उपकुलपति प्राडा अमरराज जोशीको कार्यकाल फागुन १९ गते सकिएको थियो ।
सामुदायिक विद्यालयका शिक्षकले अन्यत्र पढाउन नपाइने
झापाको कमल गाउँपालिकाले विद्यालय समयमा अन्यत्र पढाउने शिक्षकलाई कारबाही गर्ने भएको छ । विद्यालय समयपछि अन्य विद्यालयमा पढाउन पनि अनुमति लिएर मात्र जान पाउने भन्दै सामुदायिक विद्यालयहरूलाई परिपत्र गरेको हो ।