मधेश कृषि विश्वविद्यालयले विद्यार्थी भर्ना प्रक्रिया अघि बढायो
मधेश प्रदेश सरकारले अध्यादेशबाट स्थापना गरिएको मधेश कृषि विश्वविद्यालयमा पढाइ हुँदै आएका बिएसिएजी अनर्सको दोस्रो भर्नाको लागि शनिवार प्रवेश परीक्षा लिइएको छ।
अध्यक्ष मगरद्वारा भत्ता रकमबाट विद्यार्थीलाई पोसाक वितरण
जिल्लाको महालक्ष्मी नगरपालिका – २ का अध्यक्ष पदम राखल मगरले आफूले पाएको सेवा सुविधाबाट ऐश्वर्य आधारभूत विद्यालयका ३८ जना विद्यार्थीलाई पोसाक वितरण गर्नुभएको छ ।
चिसो बढेपछि घाम ताप्दै चौरमा पढाइ
चिसो बढेपछि हिमाली जिल्ला ताप्लेजुङमा विद्यार्थीहरू घाम ताप्दै चौरमा बसेर पढ्न थालेका छन् । अत्यधिक चिसो बढेपछि विद्यालयको खुला चौरमा घाम तापेर विद्यार्थीहरू अध्ययन गर्न थालेका हुन् ।
अनुगमन प्रतिवेदन बुझाउँदैनन् सहसचिव
सङ्घीय शिक्षा निकायका प्रमुख (सहसचिव) हरू अनुगमनबाट फर्किएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउँदैनन् । मन्त्रालयले शिक्षाका सहसचिवहरूलाई बर्सेनि प्रदेश, जिल्ला तथा पालिकास्तरमा अनुगमनका लागि खटाउने गरेको छ । खटाइएका सहसचिव सम्बन्धित स्थानमा पुग्छन् र फर्किएर आइसकेपछि अनुगमन प्रतिवेदन मन्त्रालयमा पेस गर्दैनन् । अनुगमनमा सहसचिव मात्र हुँदैनन् । तिनका साथ उपसचिव, अधिकृत र सहायक कर्मचारी रहन सक्ने निर्णय सदर भएको हुनाले आफूसाथ कनिष्ठ कर्मचारी पनि लिएर जाने गरेका छन् । लेखापरीक्षणका बखत झन्झट बेहोर्नुपर्ने भएकाले खर्च भुक्तानीको प्रयोजनका लागि प्रतिवेदनका नाममा दुईपाने सामान्य प्रतिवेदन लेखेर आफ्नो निकायको लेखा शाखामा पेस गर्ने गरेका छन् ।
‘हाम्रो चन्द्रकोट’ पुस्तक विमोचन
गुल्मीको चन्द्रकोट गाउँपालिकाले ‘हाम्रो चन्द्रकोट’ नामक पुस्तक विमोचन गरेको छ । गाउँपालिकाद्वारा आयोजित एक औपचारिक कार्यक्रमबिच जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री, गाउँपालिका अध्यक्ष युवराज खत्री, उपाध्यक्ष विष्णुप्रसाद भण्डारीलगायतले सो पाठ्यपुस्तक विमोचन गर्नुभएको हो ।
शीतलहर छल्न ज्याकेट पाएपछि विद्यार्थी खुसी
सामुदायिक विद्यालयका विद्यार्थी ज्याकेट पाएपछि खुसी भएका छन् । लहान नगरपालिकाका केही विद्यालयका विद्यार्थीहरूलाई शीतलहर छल्न र नियमित विद्यालय आउने उद्देश्यले ज्याकेट वितरण गरिएको हो ।
विद्यार्थीलाई रात्रिकालीन कक्षा
शैक्षिक गुणस्तर सुधारका लागि पछिल्लो समय सामुदायिक विद्यालय सक्रिय भएको देखिन थालेको छ । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा रहेको कालिकोटको दोस्रो माध्यमिक विद्यालय बडिमालिका माध्यमिक विद्यालयमा अहिले रात्रिकालीन कक्षा सञ्चालन हुँदै आएको छ ।
त्रिविका कानुनी समस्याप्रति प्रत्यायोजित विधायन समितिको चासो
राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले त्रिभुवन विश्वविद्यालयका प्रत्यायोजित कानुनका समस्याप्रति चासो राखेको छ ।
उपकुलपति नियुक्तिका विज्ञापन सच्याउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिनुभएको छ ।