मुक्त हालिया बालबालिकालाई प्राविधिक शिक्षा दिन माग
“पढाउने पैसा अभावमा हामीले बालबालिकारतलाई काम गर्न इन्डिया पठाउनु परेको छ । हाम्रा बालबालिकाहरूलाई प्राविधिक शिक्षा पढाउनका लागि सरकारले आर्थिक सहयोग गर्नु पर्यो ।” डोटीको सायल गाउँपालिकामा मुक्त हालियाका समस्या र भावी योजना लगायतका विषयमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय मुक्त हालिया समुदायकी पुतली नेपालीले स्थानीय तहका प्रमुख र सरोकारवाल सामु राखेको माग राख्दै बोल्नु भएको कुरा हो यो ।
शिक्षामा नवीन कार्य
वर्तमान सरकारले सत्ता सञ्चालनको नेतृत्व गरेपछि शिक्षा क्षेत्रमा थुप्रै नीतिगत तथा व्यावहारिक परिवर्तन भए पनि दूरगामी प्रभाव राख्ने र देखिने गरी मूलतः दुई वटा उपलब्धि भए । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भयो भने शैक्षिक सत्र सुरु हुनेबित्तिकै विद्यार्थीका हातमा सहजै पाठ्यपुस्तक पुग्यो ।
‘विद्यार्थी पलायनले दुःखी बनाए पनि स्थिति निराशाजनक छैन’
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले विद्यार्थी पलायनको भाष्यले दुःखी बनाए पनि स्थिति साह्रै निराशाजनक नभएको बताउनुभएको छ। पकनाजोलस्थित पिल्पस क्याम्पसले ४२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।
अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैनः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने घोषणा गर्नुभएको छ ।
युवालाई स्वदेशमै रोजगारी र सीपमूलक शिक्षा दिनुपर्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ सङ्ख्यामा बिदेसीरहेका नेपालीहरूलाई रोक्न स्वदेशमै रोजगारी र सीपमूलक शिक्षा दिनुपर्ने बताउनुभएको छ ।
शिक्षा क्षेत्रका दानवीर कृष्णबहादुर, जसले गरे एक करोड ३९ लाख सहयोग
लाहुरमा कमाएको धेरै रकम खर्चेर यहाँका समाजसेवी कृष्णबहादुर राईले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालयमा भवन निर्माण गरिदिनुभएको छ ।
राष्ट्रपति पौडेल सरस्वती क्याम्पसको वार्षिकोत्सवमा सहभागी हुनुहुने
राष्ट्रपति रामचन्द्र पौडेलले आफू अध्ययन गर्नुभएको सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।
कक्षामा छैनन् विद्यार्थी
खोटाङको एक सामुदायिक विद्यालयमा विद्यार्थी नहुँदा कक्षाकोठा खाली छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११, राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयको कक्षा २ खाली रहेको छ । कक्षा ३ सम्म पठनपाठन
तीन विद्यालयमा अक्षयकोष स्थापना
गुल्मीको रेसुङ्गा नगरपालिकाका तीन विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । यहाँको वडा नम्बर– १०, ११ र १२ मा रहेका तीन वटा विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो ।