रघुगङ्गामा शैक्षिक सामग्री प्रदर्शनी मेला
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको छ ।
विद्यार्थी पढाउँछन् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको काम कर्तव्य विद्यालयको प्रशासनलगायतका गतिविधि हेर्ने र विद्यालय राम्रो बनाउने हो । पुतलीबजार नगरपालिका वडा नं ३ कुमाल गाउँमा रहेको काजिमान हरिटीका माबिको व्यवस्थापन समितिका अध्यक्ष ई अनुप श्रेष्ठले भने पढाउन पनि थाल्नु भएको छ ।
शिक्षा क्षेत्रमा विशेष योगदान दिनेहरू सम्मानित
शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्ती मनाएको छ । आजभन्दा २५ वर्ष अगाडि स्थापना भएको पत्रकार समूहले रजत जयन्ती विशेष कार्यक्रम गरी मनाएको हो ।
पढ्दै कमाउँदै : विद्यार्थी चित्रकलामा रमाउँदै
तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत मनीषा भुजेल चित्रकलाको सीप सिकेपछि उत्साहित हुनुहुन्छ ।
दुर्गमका बालबालिकालाई सहयोग
कालीकोटको तिलागुफा नगरपालिकाले दुर्गमका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई सहयोग गर्दै आएको छ ।
विद्यार्थीलाई बाख्रा सहयोग
धेरै जसो विद्यालयमा विद्यार्थीलाई छात्रवृत्ति स्वरूप कापी, कलम तथा नगद दिने गरिएको छ तर तनहुँको एक विद्यालयद्वारा बाख्रा प्रदान गरेको छ । यस्तो प्रदान गर्नेमा आँबुखैरेनी गाउँपालिका–१ सत्र सय स्थित मित्रता माध्यमिक विद्यालय रहेको छ ।
‘छोरीबुहारी’ वर्षौंपछि कक्षामा
इलामको सूर्योदय नगरपालिका–९ की विष्णु राई सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दै गर्दा जीवनमा एकाएक सङ्कट आइलाग्यो । १० महिनाको अन्तरालमा आमा रणमाया राई क्यान्सरबाट र बुवा रामबहादुर राईको मिर्गौला खराबीका कारण निधन भयो । आमाबुवाको निधनपछि २०७० मा उहाँको अध्ययनमा ‘ब्रेक’ लाग्यो । पढाइ खर्च जुटाउनुपर्ने बाध्यतासँगै पारिवारिक जिम्मेवारीका कारण विष्णुले अध्ययनलाई विराम लगाउनु पर्यो । उहाँले भन्नुभयो, “जिम्मेवारी आइपरेपछि पढाइ छोड्नैपर्ने भयो तर पढ्ने चाहना चाहिँ थियो नै ।” पढाइ छोडेपछि उहाँको बिहे पनि भयो । पारिवारिक दायित्व पूरा गर्ने दौरानमा उहाँले आठ वर्षपछि फेरि उच्च शिक्षाको अवसर पाउनुभयो । उहाँले भन्नुभयो, “४० वर्ष पुग्न लाग्दा पनि पढ्नुपर्ने रहेछ भन्ने भाव अझै प्रबल भयो र मैले पढाइ सुरु गरेको हो ।”
कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि
ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।
‘ज्ञानीसँग हाम्रा नानी’ शृङ्खला सम्पन्न
गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई अध्ययनमा सक्रिय बनाउन सञ्चालन गरेको ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रमको आज सयौँ शृङ्खलाको कार्यक्रम सम्पन्न भएको छ ।