तीन विद्यालयमा अक्षयकोष स्थापना
गुल्मीको रेसुङ्गा नगरपालिकाका तीन विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । यहाँको वडा नम्बर– १०, ११ र १२ मा रहेका तीन वटा विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो ।
गुरुकुल शिक्षामा बढ्दो आकर्षण
पूर्वोत्तर भारतको आसाम प्रान्तस्थित रङ्गियाका १७ वर्षीय कुमार मिश्र डेढ वर्षदेखि अर्जुनधारा संस्कृत वेद विद्यापीठमा पढ्दै हुनुहुन्छ । अर्जुनधारा नगरपालिका–३ मा रहेको यो गुरुकुलमा मिश्र जस्तै ४५ जना बटुक ९विद्यार्थी०ले अध्ययन गर्दै आएका छन् ।
माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला
शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । आयोगले आज (आइतबार) विज्ञापन प्रकाशन गरिएको हो ।
जनक शिक्षा सामग्री केन्द्र, पाठ्यपुस्तकको पहुँच सहज
वर्तमान सरकारले सत्ता सञ्चालनको नेतृत्व गरेसँगै विद्यालय तहको पाठ्यपुस्तक छपाइ तथा वितरणमा उल्लेख्य सुधार देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निरन्तर अनुगमन र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आन्तरिक व्यवस्थापनमा देखिएको सुधारले यो अवस्था आएको हो । यससँगै सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड लगातार तीन वर्षदेखि मुनाफामा गएको छ ।
सङ्घीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि आज विज्ञसँग छलफल गरेको छ । राष्ट्रियसभाबाट पारित भएको सो विधेयकलाई थप समृद्ध बनाउन उच्च शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरुलाई समितिले छलफलमा बोलाएको हो ।
दिवा खाजामा स्थानीय परिकार
म्याग्दीको धौलागिरि गाउँपालिका-३ स्थित धौलागिरि माविका शिक्षक र विद्यार्थीले दिवा खाजाका लागि स्थानीय खाद्य पदार्थको परिकार बनाउन थालेका छन् । स्वास्थ्य, सरसफाइ र स्थानीय खाद्यान्नको प्रवद्र्धन गर्न आयात गरिएको खाजा (जङ्क फुड)लाई प्रतिबन्ध लगाइएको हो ।
जन्मदिनमा विद्यार्थीलाई मुना वितरण
नवलपरासी वर्दघाट सुस्ता पूर्व गैँडाकोटका पुस्कर अधिकारीले आफ्नो जन्मदिनमा विद्यार्थीहरुलाई मुना पत्रिका बाँडेर मनाउनु भएको छ । अधिकारीले गैँडाकोट नगर पालिकामा रहेको विजय आधारभूत विद्यालयका करिब एकसय जना विद्यार्थीलाई मुना बाँड्नु भएको हो ।
युवा व्यवसायीद्वारा शैक्षिक सामग्री सहयोग
धनकुटा पाख्रिवासका एक युवाले स्थानिय विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । धनकुटाको हिलेमा होटल व्यवसाय गर्दै आउनु भएका पाख्रिवास नगरपालिका–३ का सुवास तामाङ्गले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।