दिवा खाजामा स्थानीय परिकार
म्याग्दीको धौलागिरि गाउँपालिका-३ स्थित धौलागिरि माविका शिक्षक र विद्यार्थीले दिवा खाजाका लागि स्थानीय खाद्य पदार्थको परिकार बनाउन थालेका छन् । स्वास्थ्य, सरसफाइ र स्थानीय खाद्यान्नको प्रवद्र्धन गर्न आयात गरिएको खाजा (जङ्क फुड)लाई प्रतिबन्ध लगाइएको हो ।
जन्मदिनमा विद्यार्थीलाई मुना वितरण
नवलपरासी वर्दघाट सुस्ता पूर्व गैँडाकोटका पुस्कर अधिकारीले आफ्नो जन्मदिनमा विद्यार्थीहरुलाई मुना पत्रिका बाँडेर मनाउनु भएको छ । अधिकारीले गैँडाकोट नगर पालिकामा रहेको विजय आधारभूत विद्यालयका करिब एकसय जना विद्यार्थीलाई मुना बाँड्नु भएको हो ।
युवा व्यवसायीद्वारा शैक्षिक सामग्री सहयोग
धनकुटा पाख्रिवासका एक युवाले स्थानिय विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । धनकुटाको हिलेमा होटल व्यवसाय गर्दै आउनु भएका पाख्रिवास नगरपालिका–३ का सुवास तामाङ्गले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।
घाँस बेचेर शिक्षकलाई तलब
एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ ।
पढाइसँगै काम र दाम (फोटो फिचर)
कपिलवस्तुको वाणगंगा नगरपालिका-२ पिपराको जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई च्याउ बेच्न भ्याई न भ्याई छ। एक साता अगाडिदेखि च्याउ उत्पादन सुरु भएको छ।
ज्याकेट लगाएको भन्दै 'प्रिन्सिपल'द्वारा विद्यार्थीमाथि कुटपिट
विद्यालय पोसाकको बाहिरपट्टीबाट ज्याकेट लगाएर आएका एक विद्यार्थीलाई प्रिन्सिपलले निर्घात कुटपिट गरेका छन्। रुपन्देहीको रोहिणी गाउँपालिका-७ मा रहेको मोडेल गोल्डेन फ्यूचर इङ्गलिस स्कुलका प्रिन्सिपल शम्भु यादवले कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई आकाश गुप्तालाई कुटपिट गर्नुभएको हो।
त्रिविको ४९औँ दीक्षान्त गिनिज बुक प्राप्तिको प्रक्रियामा
एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ ।
तीन कक्षासम्म पढाइ तीन जना विद्यार्थी
म्याग्दीको धवलागिरी गाउँपालिका–४,नाउरा स्थित रनजनज्योति आधारभूत विद्यालयमा तीन कक्षा सम्म पढाई हुँदै आएको छ । भौगोलिक रुपमा दुर्गम त्यसमाथि छरिएको सानो नाउरा गाउँका बालबालिका यहीँ विद्यालयमा अध्ययन गर्दै आइरहेका छन् ।
एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक प्रदान
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गर्नुभएको छ । विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले रु दुई लाखबराबरका पोशाक उपलब्ध गराउनुभएको हो ।