• १५ वैशाख २०८१, शनिबार

एसइईमा दृष्टिविहीन तथा कैदी विद्यार्थी सहभागी

blog

जयकृष्ण यादव 

इनरुवा, चैत १५ गते । सुनसरीमा माध्यमिक शिक्षा परीक्षा एसइईमा पहिलो दिन जिल्लाबाट चार जना दृष्टिविहीन र एकजना कैदीसहित १३ हजार बढीले परीक्षा दिएका छन्। जिल्लाका एक सय १७ सामुदायिक विद्यालय, दुई सय १ संस्थागत विद्यालय र सात वटा धार्मिक विद्यालय गरि तीन सय २५ विद्यालयका १३ हजार ६०८ जना परीक्षा दिएका छन् ।  

एसइईको पहिलो दिन धरानको ज्ञानचक्षुका चार जना दृष्टिविहीन परीक्षार्थी र झुम्का कारागारका एक जना कैदीसमेत सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिनुभयो ।  

सुवेदीका अनुसार जिल्लाका एक सय १७ सामुदायिक विद्यालयका ७ हजार ७०१ जना, २०१ संस्थागत विद्यालयका पाँच हजार ७४३ र सात वटा धार्मिक विद्यालयका १३४ गरि ३२५ विद्यालयका १३ हजार ६०८ जना परीक्षार्थी सहभागी भएका छन् ।

जिल्लामा छात्र छ हजार ९७० जना र छात्रा छ हजार ६३८ जना छन् । पहिलो दिनको परीक्षा सौहार्द वातावरणमा सम्पन्न भएको सुवेदीले जानकारी दिनुभयो ।