• १५ वैशाख २०८१, शनिबार

हिरासतबाटै दिए विद्यार्थीले एसइई

blog

प्रहरी कार्यालयबाटै एसइई दिँदै गरेका किशोर । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री 

सर्लाही, चैत १५ गते । सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक किशोरले प्रहरी कार्यालयबाटै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । 

आत्महत्या दुरुत्साहन मुद्दामा दुई सातादेखि हरिवन प्रहरीको हिरासतमा रहेका हरिवन नगरपािलका-९, स्थित ज्ञानज्योति आवासिय विद्यालयका एक प्रशिक्षार्थीले प्रहरी कार्यालयबाटै एसइई दिएका हुन् । 

ज्ञानज्योतिको परीक्षा केन्द्र श्री ५ महिन्द्र जनता माध्यमिक विद्यालय बागमती नगरपालिका–११, कर्मैयामा तोकिएको छ । परीक्षा केन्द्रसँग समन्वय गरी प्रहरी कार्यालयमा नै कोठा व्यवस्थापन गरी ती किशोरलाई परीक्षा दिने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । 

प्रहरी निरिक्षक गिरीका अनुसार ती किशोर आमाको मृत्युपछि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । यही मुद्दामा किशोरका बुवासमेत प्रहरी हिरासतमै रहेका हरिवन प्रहरीले जनाएको छ ।