• १५ वैशाख २०८१, शनिबार

कैदीबन्दी पनि एसइईमा सहभागी

blog

दमौलीस्थित तनहुँ कारागार ।

अमरराज नहर्की

तनहुँ, चैत १५ गते । चारैतिर अग्लो पर्खाल, त्यसमाथि काँडेतारले घेरिएको तनहुँका  कारागारमा रहेका एक कैदी बन्दी एसइई परीक्षामा सामेल हुनु भएको छ । 

भानु नगरपालिका–१ का कर्तव्य ज्यान मुद्दाका कैदी बन्दीले यस वर्ष एसइई परीक्षा दिनुभएको हो । व्यास नगरपालिका –३, दमौलीस्थित महर्षिवेदव्यास केन्द्रबाट उहाँले परीक्षा दिनुभएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

छ महिनाअघि जेल पर्नुभएका उहाँका लागि विशेष सुरक्षा व्यवस्था मिलाई परीक्षा केन्द्रमा लगेर जाँच दिने व्यवस्था मिलाइएको अधिकारीले जानकारी दिनुभयो ।