छोरी–बुहारीलाई निःशुल्क स्नातक
इलामको १० नगरपालिकामध्ये सूर्योदय नगरपालिका धेरै कुरामा पृथक् छ । शैक्षिक गुणस्तर सुधारका लागि निक्कै प्रयास गरिरहेको नगरले नगरवासीलाई पढाइबाट वञ्चित हुन नदिन विभिन्न उपाय अपनाउँदै आएको छ ।
बालविवाह रोक्न ‘छोरी सुनौलो भविष्य कार्यक्रम’
पश्चिम नवलपरासीमा बालविवाह रोक्न चुनौती नै बनेको छ । लुम्बिनी प्रदेशभर देखिएको तथ्याङ्कअनुसार पश्चिम नवलपरासीमा बाल विवाह रोक्न चुनौती रहेको छ । पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा बाल विवाह गर्ने तथ्याङ्कमा चौथो स्थानमा रहेको छ । यसैबीच जिल्लाको सुस्ता गाउँपालिकाले बालविवाह रोक्नलाई ‘छोरी सुनौलो भविष्य कार्यक्रम’ ल्याएको हो ।
विद्यालयमा टाईको सट्टा भादगाउँले टोपी
इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । आज सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समिति पदाधिकारीलाई तालिम
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई क्षमता विकास तालिम प्रदान गरेको छ। पालिकाभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति पदाधिकारीलाई गाउँपालिकाले दुई दिने तालिम प्रदान गरेको हो।
'रुरुक्षेत्र' पुस्तक विमोचन
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक विमोचन गरेको छ। गाउँपालिकाद्वारा आयोजित एक औपचारिक कार्यक्रमबिच गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, जनबोध माध्यमिक विद्यालयको कक्षा-१ मा अध्ययनरत विद्यार्थी अनिसा कुँवरले ‘रुरुक्षेत्र’ पाठ्यपुस्तक विमोचन गर्नुभएको हो।
सङ्घर्षबिच भूपिको जीवनी
प्यारा भाइबहिनीहरू ! नेपाली साहित्यमा गद्य कविता क्षेत्रका एक नक्षत्र भूपि शेरचनबारे सानो जनकारी गराउँछु है त । भूपि शेरचनको पूरा नाम भूपेन्द्रमान शेरचन हो । उनको जन्म विसं १९९२ पुस १२ गते मुस्ताङ जिल्लाको थाकटुकुचेमा भएको थियो । उनी सुब्बा हितमान शेरचन र पद्मकुमारी शेरचनका कनिष्ठ पुत्र हुन् । भूपिका बाबु धनीमानीमा गनिन्थे । पोखराबाट सामान मुस्ताङ लैजाने र त्यहाँ उत्पादित स्थानीय वस्तु पोखरामा ल्याएर बेच्थे । परिवारमा खान र लाउन दुःख थिएन । दिन समय बित्दै गए । उनी पाँच वर्षको हुँदा आमाको देहावसान भयो । उनीबारे अनर्गल प्रचार सुरु भए । हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गयो । आमा टोकाहा र पिराहा जस्ता उपनाम पाए । यता मातृवियोग झेल्नु प¥यो, उता परिवार र समाजबाट अपहेलित र तिरष्कृत जस्तै बन्नु प¥यो । क
द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’
दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ ।
पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने
धनगढी उपमहानगरपालिकामा रहेका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ । वडा ११ मा रहेको ठेकराज माध्यमिक विद्यालय, १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालय, १८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ ।
निर्देशनालय खारेजीले आयोजना कार्यान्वयनमा अन्योल
कर्णाली प्रदेश सरकारले शिक्षा विकास निर्देशनालय खारेज गरेपछि निर्देशनालयअन्तर्गतका योजना कार्यान्वयनमा अन्योल सिर्जना भएको छ ।