• ११ असोज २०८१, शुक्रबार

सामुदायिक विद्यालयका विद्यार्थीलाई अङ्ग्रेजी माध्यमका किताब

blog

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई किताब वितरण । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, चैत २९ गते । 
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई अध्ययनमा थप सहयोग पुर्‍याउने उद्देश्यले निःशुल्क किताब वितरणको तयारी थालिएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १० ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई निःशुल्क किताब वितरण गर्न लागेको हो ।

नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई निःशुल्क किताब उपलब्ध गराउँदै आएको छ । अङ्ग्रेजी माध्यममा अध्ययन गराउँदै आएका वडाभित्रका सामुदायिक विद्यालय हरुलाई अङ्ग्रेजी माध्यमका किताबहरू वडाले निःशुल्क वितरण गर्दै आएको छ । वडा कार्यालयले वडा क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई लक्षित गरेर किताब वितरण गर्न लागेको वडा कार्यालयले जनाएको छ । 

अङ्ग्रेजी माध्यमबाट अध्ययन गराउँदै आएका वडाका ६ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विज्ञान, गणित र सहायक सामग्रीका रूपमा अङ्ग्रेजी डिस्नेरी निःशुल्क वितरण गर्न लागेको वडा अध्यक्ष तेज बहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक विद्यालयलाई शैक्षिक गुणस्तरमा सुधार गर्न यसै शैक्षिक सत्रदेखि अभिभावक विद्यार्थी कार्यक्रम समेत सञ्चालन गर्ने तयारी वडाले थालेको छ ।

सामुदायिक विद्यालयमा पढाउने अविभावकहरुलाई छोराछोरीको थप अध्ययनबारे सचेत गराउने उद्देश्यले शिक्षा विद्हरूको उपस्थितिमा कार्यक्रम गर्ने जनाइएको छ ।

भौतिक विकास गरेर मात्रै वडाको विकास सम्भव नहुने देखिएपछि शैक्षिक सुधार गर्न वडाले विद्यार्थी र सामुदायिक विद्यालयहरूलाई बजेट छुट्याउँदै आएको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

शिक्षित समाज भए मात्रै दीर्घकालीन विकाश हुन्छ । शिक्षित समाज निर्माण गर्न विद्यालय तहदेखि नै विद्यार्थीलाई अब्बल बनाउँन विद्यार्थी, अभिभावक र शिक्षक सबैले आ–आफ्नो ठाउँबाट शिक्षालाई सुधार गर्न सक्दो सहयोग गर्न वडाले वडावासीमा आग्रह गरेको छ ।

वडा कार्यालयले बाल कक्षादेखि कक्षा दशसम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई अङ्ग्रेजी माध्यमका मुख्य किताबहरू वितरण गर्न लागेका हो ।

सामुदायिक विद्यालयमा आफ्ना नानीहरूलाई अध्ययन गराउँदै आउनु भएको स्थानीय दिनेश भुजेलले निःशुल्क किताब वितरण गरेर वडाले शिक्षाको सुधारमा सह्रनीय काम गरेको बताउनु भयो । उहाँले भन्नुभयो “वडा कार्यालयले दुई शैक्षिक सत्रदेखि निःशुल्क किताब लगायतका शैक्षिक सामग्री उपलब्ध गराएर विद्यार्थीको पढ्ने बानीको विकासमा सहयोग पुर्‍याएको छ ।’’