• २१ वैशाख २०८१, शुक्रबार

त्रिविको रजिस्ट्रारमा प्रा‍.डा. रिजाल र रेक्टरमा प्रा.डा. केसी नियुक्त

blog

त्रिभुवन विश्वविद्यालय । फाइल तस्बिर

काठमाडौं,चैत, ३० गते । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्रा.डा. खड्क केसी र रजिस्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त हुनुभएको छ । 

त्रिविको कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँहरूलाई शुक्रबार नियुक्त गर्नुभएको उपकुलपति केशरजंग बरालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 

शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री सुमना श्रेष्ठ र उपकुलपति प्रा.डा. केशरजंग बरालले उहाँहरूलाई दुई हप्ता अघि नै नियुक्तिको लागि सिफारिस गर्नुभएको थियो ।