पाठ्यपुस्तकको पर्खाइमा बाजुराका विद्यार्थी
बाजुराका अधिकांश विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीले भने पाठ्यपुस्तक पाउन सकेका छैनन् । खाली झोला विद्यालय पुगेका विद्यार्थीहरु पाठ्यपुस्तकको पर्खाइमा छन् ।
एक महिनाभित्र पाठ्यपुस्तक छापिसक्न निर्देशन
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले एक महिनाभित्र आवश्यक परिमाणमा पाठ्यपुस्तक छाप्न जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ तर समितिको बैठकमा जनक शिक्षाले दिएको जानकारीअनुसार अझै कम्तीमा डेढ महिनामा मात्र आवश्यक पाठ्यपुस्तक छपाइ सम्भव छ ।
पाठ्यपुस्तकको पर्खाइमा विद्यार्थी
बाजुराका अधिकांश विद्यालय सञ्चालनमा आएपनि विद्यार्थी भने पाठ्यपुस्तकको पर्खाइमै बसेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएसँगै बाजुराका विद्यालय सञ्चानमा आएका भएपनि समयमै किताब नआइपुगेकोले विद्यार्थीहरु पर्खाइमा बसेका हुन् ।
सरकारको नीति तथा कार्यक्रम : डडेल्धुरामा मेडिकल कलेज बन्ने
सरकारले आधारभूतदेखि उच्च तहसम्मको पाठ्यक्रम, शिक्षण विधि, परीक्षण प्रणाली र भौतिक पूर्वाधार सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै पेस गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ । समाज र राष्ट्रको विकासमा योगदान पु¥याउने तथा समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक उत्पादन गर्ने शिक्षा प्रणालीको विकास गरिने सरकारको लक्ष्य छ ।
सेनाले सञ्चालन गरेको मेडिकल कलेज उत्कृष्ट
नेपालमा चिकित्सा शिक्षा अन्तर्गतको पढाई हुने मेडिकल कलेहरुमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान उत्कृष्ट बनेको छ । नेपाली सेना, सैनिक कल्याणकारी कोषको आर्थिक सहयोगमा २०६८ जेठ १० गते स्थापना भएको गैर नाफा मूलक यस संस्था त्रिभुवन विश्वविद्यालय पछि मेडिकल शिक्षाका विद्यार्थीको आर्कषणको केन्द्र बनेको छ ।
सामुदायिक स्वास्थ्य संस्था र माध्यमिक विद्यालयमा इन्टरनेटमा ५० प्रतिशत छुट
राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरमा रहेका सामुदायिक स्वास्थ्य संस्था र माध्यमिक तहका सामुदायिक विद्यालयलाई इन्टरनेटमा ५० प्रतिशत छुट गरिने बताउनुभएको छ ।
सुरु भयो पढाइ विद्यार्थी भने रित्तै
नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन छन् । सरकारी र निजी दुवैतर्फबाट उहिल्यै छापिनुपर्ने पाठ्यपुस्तक अझै छापिएका छैनन् ।
संस्कृत भाषामा आकर्षण
संस्थागत विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थालेको छ । अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा विद्यार्थी नेपालीमा कमजोर हुन थालेपछि सुधारका लागि संस्कृत भाषाको पठनपाठन गराउने क्रम बढेको हो ।
दुईदिने बिदा कार्यान्वयनमा समस्या
सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि केही क्षेत्रमा कार्यान्वयनमा समस्या देखिएको छ । सरकारी निर्णय कार्यान्वयन गर्न नसक्ने जनाउँदै केही सरकारी निकायले आइतबार बिदा नदिने भएका छन् ।
नेतृत्वले अभिभावकत्व लिएका विद्यार्थी बेखबर
चार वर्षअघि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दा अर्कै अभियान पनि सञ्चालन भयो । त्यो अभियान थियो प्रधानमन्त्री, मन्त्रीदेखि अन्य राजनीतिक नेताले विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने तर त्यसपछिका वर्षमा त्यस्तो अभियानले निरन्तरता भने पाएन ।
त्रिभुवन विश्वविद्यालयले दुई दिन सार्वजनिक बिदा नदिने
काठमाडौं, जेठ १ गते । त्रिभुवन विश्वविद्यालय (त्रीवी )ले दुई दिन सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । त्रीवीको सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार सूचना निकाल्दै विद्यार्थीको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवालाई नियमित रुपमा सञ्चालन गर्ने जनाएको हो । सूचनामा विश्वविद्यालयमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिका पहिले नै निर्धारण भइसकेको हुँदा अर्को सूचना जारी नभएसम्म विश्वविद्यालयका सेवा सञ्चालन गर्ने उल्लेख छ । मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णय अनुसार गृह मन्त्रालयले चैत २६ गते नेपाल राजपत्रको सूचनामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । हप्तामा दुई दिन विदा कार्यान्वयन भएपछि कार्यालय समय भने सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः३० देखि ५ः३० सम्म तोकेको छ । सरकारले कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यलय समय ९ः३० देखि ४ः३० सम्म तोकेको छ । यस्तै, सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिइने राजप्रत्रमा उल्लेख छ ।
आइतबार विद्यालयमा बिदा नदिन एनप्याब्सनको आग्रह
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) ले विद्यालयमा हप्तामा दुई दिन (आइतबार)समेत बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ ।
शैक्षिक संस्थामा दुई दिन बिदा : हिउँदे, वर्षे र पर्व बिदा कटौती
मन्त्रालयका प्रवक्ता दीपक शर्माले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय बिदा कटौती गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
एक/दुई दिनमा निर्णय गर्छौं : मन्त्रालय
सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्न अन्योल देखिएको छ । यो व्यवस्थाअनुसार सामुदायिक विद्यालय सातामा स्वतः दुई दिन बिदा हुने भए पनि निजी शैक्षिक संस्थाहरूले भने व्यावहारिक नहुने भन्दै कार्यान्वयन असमर्थ हुने जनाएका छन् ।
शिक्षकका ३४ कोटामा सबै अनुत्तीर्ण
शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तहको सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा विभिन्न विषयका ३४ वटा कोटा रिक्त भएका छन् । परीक्षामा सहभागीमध्ये एक जना पनि उत्तीर्ण नभएपछि ती कोटा रिक्त भएका हुन् । रिक्तमध्ये मधेस प्रदेशका सबैभन्दा धेरै (२९ वटा) कोटा रिक्त भएका छन् । विज्ञान र नेपाली विषयमा धेरै अनुत्तीर्ण छन् । रिक्त कोटाका लागि आयोगले अर्को परीक्षा सञ्चालन गर्नुपर्छ ।
शिक्षकमा बाह्र प्रतिशत मात्र उत्तीर्ण
शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ । आयोगले माध्यमिक तहका लागि गत चैत १५ गते १४ विषयको परीक्षा सञ्चालन गरेको थियो । परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित भएको हो ।
शिक्षामा नीति धेरै कार्यान्वयन फितलो
शिक्षालाई प्रतिस्पर्धी, रोजगारमूलक र उत्पादनमुखी बनाउन सबै प्रकारका शिक्षण संस्थामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने सरकारी नीति भए पनि परिणाम चित्तबुझ्दो आउन सकेको छैन ।
भर्ना अभियानमा सकृय विद्यालयकै बालवालिका
विद्यालय उमेर पुगेका सवै बालवालिकाहरु लाई विद्यालय पठाऔं, बालअधिकारको सुनिश्चित गरौं भन्दै विद्यालयका बालवालिकाहरुले सचेतना अभियान सञ्चालन गरेका छन् ।
२३ दिन बिदा दिने त्रिभुवन विश्वविद्यालयको निर्णय
त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी दिएको हो ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको सात वर्षे उपलब्धिको समीक्षा
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयनको सात वर्ष पूरा गरेको उपलक्ष्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)द्वारा कार्यक्रमको उपलब्धिबारे समीक्षा गरिएको छ ।
मेडिकल शिक्षालाई व्यवस्थित बनाउने पहलमा शिक्षामन्त्री पौडेल
मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षामन्त्रालयले छलफल थालेको छ।
एसइई परीक्षा दिन उमेर र पदले छेकेन
अछाम जिल्लाको ढकारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउदले ३९ वर्षको उमेरमा एसइइ परीक्षा दिनुभएको छ ।
चार हजार ३०८ ले दिए जाजरकोटमा एसईई परीक्षा
वासुदेव शर्मा जाजरकोट, वैशाख ९ गते । आज शुक्रबारदेखि शुरु भएको एसईई परीक्षामा यहाँस्थित ७४ माध्यमिक विद्यालयका चार हजार ३०८ जना विद्यार्थीले अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । विगत दुई वर्ष कोरोना भाइरसको महामारीले सञ्चालन हुन नसकेको एसईई परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा भएको छ । यस परीक्षा वैशाख २० गते सम्म सञ्चालन हुनेछ । दुई हजार २४८ छात्र र दुई हजार ६० छात्रा गरी कुल तीन हजार ४०८ जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । त्रिभुवन माध्यामिक विद्यालय खलङ्गा परीक्षा केन्द्रबाट एक सय ४९ जना मध्ये छात्रा ७६, छात्र ६० जना ग्रेटवृद्धि दुई, प्राविधिकतर्फ २३, शिक्षा तर्फ १११ जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएका हुन् ।परीक्षामा छात्र छ र छात्रा सात जना अनुपस्थित भएका छन् । यस वर्ष सम्बन्धित विद्यालयको प्रधानाध्यापक केन्द्र अध्यक्ष रहने व्यवस्था गरेकाले परीक्षालाई मर्यादिन व्यवस्थित गरी परिक्षा प्रणालीलाई सुधार गर्न सरोकारवालसँगको छलफलबाट आवश्यक जनशक्ति व्यवस्थापन गरेको कार्यालय प्रमुख मल्लले बताउनुभयो । बीस वटा परीक्षा केन्द्रमा अठ्ठाईस सहायक केन्द्राध्यक्ष, दुई सय नौ जना निरीक्षक र ४२ जना परीक्षा सहायकको व्यवस्था गरेका छाैं, समन्वय एकाइ प्रमुख मल्लले भन्नुभयो ।बीस जना विद्यार्थी बराबर एक जना निरीक्षक रहने गरी दुई सय नौ जना निरीक्षक तोकिएको छ । परीक्षालाई मर्यादित, व्यवस्थित, शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गर्न परीक्षा अवधिभर बीस जना विद्यार्थी बराबर एक जना निरीक्षक रहने गरी प्रत्येक परीक्षा केन्द्रमा १५ जनाको दरले निरीक्षक रहनेछन् । परीक्षा हलभित्र निरीक्षकले विद्यार्थीलाई चिट चोराउन मद्दत गरेको, चिट ओसारपसार गरेको सूचना प्राप्त भए निरीक्षकलाई निष्कासन गर्ने उहाँको भनाइ छ । होम सेन्टर नहुँदा टाढाको परीक्षा केन्द्रमा जानुपर्ने भएका कारण विद्यार्थीलाई खाना बस्नाको समस्या हुने गरेको छ ।
आजदेखि एसईई परीक्षा
गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ । परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा दुई लाख ५७ हजार ९२४ छात्र र दुई लाख ५७ हजार ५३ छात्रा गरी कुल पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सम्मिलित हुँदैछन् । प्राविधिक धारतर्फ १४ हजार ५६४ परीक्षार्थी छन् । ग्रेडवृद्धि परीक्षामा ११ हजार ४५४ परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षाका लागि देशभरि दुई हजार सात परीक्षा केन्द्र कायम गरिएको छ ।