• १० मंसिर २०८१, सोमबार

शिक्षामा काठमाडौं विश्वविद्यालयको भूमिका महत्वपूर्ण : शिक्षामन्त्री पौडेल

blog

काठमाडौं विश्वविद्यालयको ९३औं सभाको बैठकमा बौल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल । तस्बिर : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

काठमाडौं, साउन १५ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलकुको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको  छ 

विश्वविद्यालयको ९३औं सभाको बैठकमा बौल्दै मन्त्री पौडेलले काठमाडौं विश्वविद्यालयले उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुएको हो । ‘काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण छ,’ उहाँले भन्नुभयो, ‘विज्ञान तथा प्रविधिका क्षेत्रमा उच्च तथा गुणस्तरीय शिक्षा प्रदान गर्न यस विश्वविद्यालयले सह्राहनीय कार्य गरेर देखाइ रहेको सबैसामू छर्लङ छ ।’

विश्वविद्यालयले मुलुकलाई चाहिने गुणस्तरीय शिक्षाका साथै नैसर्गिक निष्ठा र नैतिक आचरणले भरिपूर्ण शिक्षित जमातको निर्माणमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले शिक्षालाई सीपसँग, सीपलाई उत्पादन र रोजगारसँग जोड्दै सक्षम, दक्ष र राष्ट्र निर्माणमा चाहिने आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले भूमिका निर्वाह गर्नुे बताउनुभयो । सभामा उहाँले विद्यार्थीलाई नेपालमै आवश्यक विषय अध्ययन गर्ने वातावरण र आकर्षक केन्द्र बनाएमात्र विदेश जानेहरुलाई कम गर्न सकिने औल्याउनुभयो ।