कतै नयाँ, कतै पुराना किताब पढाइँदै
नयाँ शैक्षिक सत्रमा भर्ना भएका बाजुराका अधिकांश विद्यार्थी पुरानै पाठ्यपुस्तक पढ्न बाध्य भएका छन् । यसैबीचमा कतैकतैका विद्यार्थीले भने नयाँ किताब पनि पढ्न पाएका छन् ।बाजुराका पुस्तक डिपोबाट समयमै किताब पाएका विद्यालयका विद्यार्थीले नयाँ पुस्तक पढ्न पाएका हुन् । शैक्षिक सत्र सुरु भएसँगै बाजुराका विद्यालय सञ्चालनमा आएका भए पनि किताब बिक्रेताले समयमै किताब विद्यालयलाई उपलब्ध नगराएपछि अधिकांश विद्यालयका विद्यार्थीले पुरानै किताब पढ्नुपरेकोे छ ।
दिवा खाजापछि विद्यार्थी नियमित
पछिल्लो समय खस्किँदै गरेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका निम्ती विभिन्न्न स्थानीय तहले विद्यार्थी केन्द्रित कार्यक्रम बनाउन थालेका छन् । ६ वटा स्थानीय तह रहेको तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थित गराउनका लागि दिवा खाजाको व्यवस्था गरेको छ ।
एसइई नतिजाको तयारी अन्तिम चरणमा
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ ।
तनहुँमा पाठ्यपुस्तक अभाव
नयाँ शैक्षिकसत्र सुरू भएको एक महिना बितिसक्दा पनि तनहुँमा पाठ्यपुस्तकको अभाव कायमै रहँदा विद्यार्थीलाई समस्या भएको छ । सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले सहजरूपमा पाठ्यपुस्तक पाउन नसकेका हुन् ।
नेपाल भाषा शिक्षण तालिम सम्पन्न
काठमाडौं, असार ४ गते। काठमाडौं महानगरपालिका शिक्षा विभागले आयोजना गरेको ‘नेपाल भाषा शिक्षण तालिम’ सम्पन्न भएको छ। समापन समारोहमा बोल्नुहुँदै काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले नेपाल भाषा पाठ्यक्रम सबै उमेर समूहका विद्यार्थीका लागि सहज रूपमा सिक्न सक्नेगरी बनाउनुपर्नेमा जोड दिनुभयो। उपप्रमुख डंगोलले सरकारी तथा निजी विद्यालय पाठ्यक्रममा नेपाल भाषा समावेश गरेकाले यसको संरक्षणमा सहयोग पुग्ने बताउनुभयो। काठमाडौंको स्थानीय भाषा, नेपाल भाषाका शिक्षकलाई सम्बोधन गर्नुहुँदै उहाँले व्यवहारिक शिक्षा कार्यान्वयन गरेर पाठ्यक्रमलाई विद्यार्थीले बुझ्ने, रोचक र सहज बनाउनुपर्नेमा जोड दिनुभएको हो। शिक्षकका रुपमा नयाँ अध्यायको सुरुवात भएको बताउँदै उहाँले सबै प्रशिक्षार्थीलाई विद्यार्थीको मनपर्ने शिक्षक बन्न शुभकामनासमेत दिनुभयो। एक सातासम्म चलेको शिक्षण तालिम शनिबार सम्पन्न भएको हो।कार्यक्रममा कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी, वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन, कामपाका शिक्षा अधिकृत मोतीराज खनाल, प्रशिक्षक सुरेश किरण मानन्धरलगायतको उपस्थिति थियो।
शिक्षकको लगनशीलताले नमुना बन्दै बालपञ्च माबि
शिक्षकको लगनशीलता, युवा समुहका शिक्षक, सामुहिक निर्णय लगायतका कारण बालपञ्च माध्यमिक विद्यालय नमुना विद्यालयका रुपमा छनौट भएको छ । पुराना संरचनाहरुमा परिवर्तन गर्दै नयाँ भवन निर्माण गरी बिद्यालयको नियमित पठनपाठन कार्य सञ्चालन भइरहेको जिल्लाको पाख्रीबास नगरपालिका २ सान्नेस्थित बालपञ्च माध्यमिक बिद्यालय क्षेत्र यतिवेला नमुना माध्यमिक बिद्यालय बन्दै गइरहेको छ ।
बैतडीमा अझै पुगेनन् पाठ्यपुस्तक
बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ । गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु भइसकेको भए पनि एक महिना बढी भइसक्दासमेत पाठ्यपुस्तक पुग्न सको छैन ।
निःशुल्क स्नातक तहको पढाइ
कैलालीको धनगढी– उपमहानगरपालिका–१८ नम्बर वडाले निःशुल्क उच्च शिक्षा पढाउने भएको छ ।
भव्य भवनमा अध्ययन गर्ने दरबार हाइस्कुलका विद्यार्थीको सिकाइस्तर कमजोर
भूकम्पले भत्किएपछि चीन सरकारको सहयोगमा भव्य भवन बनेको दरबार हाइस्कुल अर्थात् भानु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर भने नसुध्रिएको अभिभावकको गुनासो छ । गत शैक्षिकसत्रमा ५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण नभएको अभिभावकले बताए । नेपालको आधुनिक शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान बनाएकाले संस्थागत विद्यालयबाट भानुमा छोरा भर्ना गर्नुभएकी दुर्गा गिरी दुई वर्षसम्म एउटै कक्षामा पढाउनुपर्दा दुःखी हुनुहुन्छ ।
गर्मी झन् बढ्दा बाँकेका विद्यालय थप चार दिन बन्द
अत्यधिक गर्मी बढेपछि बाँकेका चार स्थानीय तहले पाँच पाँच दिन विद्यालय बन्द गरेपनि गर्मी बढ्दै गएकोले थप चार दिन विद्यालय बन्द गर्ने निर्णय मंगलबार गरिएको छ ।
सातवटै प्रदेशमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गरिने
कक्षा १ देखि १२ सम्मको सरकारी स्वामित्वको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट छपाइ तथा वितरण हुने व्यवस्था भए तापनि कक्षा १–३ को पाठ्यपुस्तक निजी प्रकाशनबाट र कक्षा ११–१२ को साझा प्रकाशनमार्फतसमेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको छ ।
विद्यावारिधि (पि.एच.डी) तहमा भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि (पि.एच.डी) तहमा भर्ना खुला गरेको छ । शिक्षा सङ्काय अन्तर्गत सञ्चालित ग्राजुयट स्कुल अफ एजुकेसन त्रि.वि. कीर्तिपुरमा शैक्षिक सत्र २०७८-०७९ का लागि सातौं व्याचमा विद्यावारिधि (पि.एच.डी) तहमा भर्ना आवदेन फाराम भर्नाका लागि खुल्ला गरेको हो ।
युवाका लागि कृषि क्षेत्र उत्तम विकल्प
युवाका क्षेत्रमा भएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला पक्षले सुझाव दिएका छन् ।
भक्तपुरको बोडेस्थित टहरामा पुरुषको शव फेला
भक्तपुरको बोडेस्थित निर्माणाधिन टहरामा एक पुरुषको शव फेला परेको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका-८ बोडेस्थित निर्माणाधिन टहरामा ५१ वर्षीय कल्याण साहुको शव फेला परेको हो ।
शिक्षाक्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक: प्राडा. सुवेदी
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा. भीमप्रसाद सुवेदीले नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको छ । विश्वविद्यालय अनुदान आयोग र मंगल बहुमुखी क्याम्पसद्वारा संयुक्त रुपमा आयोजित पाँच दिने कार्यशाला समापन कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।
भोकभोकै विद्यालय जान्छन् आमाबाबुविहीन बालबालिका
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक–शिक्षिका विद्यालयमा अध्ययनरत तीन असहाय र ११ अत्यन्त विपन्न परिवारका विद्यार्थीको अवस्था देखेर चिन्तित हुनुहुन्छ । अरुले दिएमात्र खान पाउने, नभए विद्यालयले दिने दिवाखाजाका भरमा दिन बिताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमाविहीन ११ वर्षीया अञ्जु परियार, साथीहरूको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुवाआमा दुवैले अर्को विवाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्था अत्यन्त दयनीय रहेको विद्यालयले जनाएको छ ।
नुवाकोटमा पाठ्यपुस्तक अभाव, पठनपाठनमा समस्या
नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् ।
त्रिविको ताल्चा खोलियो
त्रिभुवन विश्वविद्यालयमा १४० दिनदेखि लगाइएका दुईमध्ये एउटा ताला शुक्रबार खोलिएको छ । विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रारको कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक छुट्टाछुट्टै ताला लगाएर आन्दोलनमा उत्रेका थिए ।
पाठ्यपुस्तक छपाइ : निजी मुद्रक संस्थालाई दिन माग
पढाइ सुरु भएको महिना दिन बित्न लाग्दा पनि सामुदायिक विद्यालयमा पुस्तक अभावको समस्या सल्टेको छैन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ८० प्रतिशत पुस्तक छपाइ सकिएको दाबी गरेको छ । तर राजधानीकै विद्यालयमा समेत पुस्तक अभाव छ ।
रङको तामझाम, मूल्यको भारी
निजी प्रकाशकहरूले बढी मूल्य कायम गरेर विद्यार्थीलाई पाठ्यपुस्तक भिडाउने गरेका छन् । प्रतिपृष्ठका आधारमा पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न पाउने सरकारी व्यवस्थाले निजी प्रकाशकहरूलाई बढी मूल्य लिन सहयोग मिलेको छ ।
प्रश्नपत्र किन दाेहाेरिन्छन् ? दाेषीकाे पहिचान कहिले ?
त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकायको स्नातकोत्तर तहकाे परीक्षामा अघिल्लो सालको प्रश्नपत्रसँग हुबहु सोधिएको विषयमा छानविन गरिने भएको छ ।
कहाँ–कहाँ पुगेन पाठ्यपुस्तक ? विवरण माग्दै सरकार
नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्ययपुस्तक अभावका गुनासो अन्त्य भएको छैन । नेपाल सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ ।
सुविधासम्पन्न भवन विद्यालयलाई हस्तान्तरण
झापाको शिवसताक्षी नगरपालिकामा जापान सरकार र नगरपालिकाको लगानीमा निर्माण भएको सुविधा सम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाको वडा १ मा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालयको भवन जापान सरकारको सहयोगमा बनेको हो ।
सेनेटरी प्याड बनाउन छात्राहरुलाई तालिम
धादिङको नीलकण्ठ नगरपालिका ९ मा रहेको पाल्पा सामरी भञ्ज्याङ माध्यमिक विद्यालय र १४ मा रहेको सरस्वती माध्यमिक विद्यालयका किशोरीहरु आफ्ना लागि आवश्यक हुने सेनेटरी प्याड आफै बनाउन थालेका छन् । नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम दिइए पछि आवश्यक प्याड बनाउन थालेका हुन् ।