• ७ जेठ २०८१, सोमबार

'अक्षरा स्कुल संस्कारण' पाठ्यपुस्तक विमोचन

blog

'अक्षरा स्कुल संस्कारण' पाठ्यपुस्तक शुक्रबार विमोचन हुँदै

काठमाडौं, भदाै ४ गते । काँडाघारीस्थित अक्षरा स्कुलले 'अक्षरा स्कुल संस्कारण' पाठ्यपुस्तक शुक्रबार विमोचन गरेको छ । वरिष्ठ चिकित्सक प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, डा. भगवान कोइराला, अक्षरा स्कुलका प्रधानाध्यापक अञ्जु भट्टराई र पुस्तककका लेखक डा. राजु अधिकारीले संयुक्त रुपमा विमोचन गर्नुभएकाे हाे। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संस्कारबारे सिकाउन नसकेकाले परीक्षामा राम्राे अंक ल्याएर उत्तीर्ण गरेकाहरू जीवनको परीक्षामा असफल हुने गरेकाे बताउनुहुँदै भन्नुभयाे, ''संसार बदल्ने हो भने पहिला आफैँ बदलिनुपर्छ, त्यसकाे लागि संस्कार जान्नुपर्छ । संस्कारसहितको शिक्षा हुनुपर्छ ।''

पुस्तकबारे चर्चा गर्नुहुँदै डा.कोइरालाले पछिल्लो समय आधारभूत मानवीय मूल्य बिर्सँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ''अहिले विज्ञान छ, प्रविधि छ, भौतिक विकास पनि छ । यी सबै चाहिन्छ । तर यसका साथमा मानव मूल्य पनि चाहिन्छ । मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मूल्य हुँदैन ।'' 

स्कुलका संस्थापक एवं  प्रधानाध्यापक अञ्जु भट्टराईले संस्कारयुक्त शिक्षा दिनकै लागि १२ वर्ष अघि स्कुल स्थापना गरेको बताउनुभयो । 

अक्षरा स्कुल संस्कारण नाम दिइएको पुस्तकमा संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्व, असल सन्तान नै अमूल्य सम्पत्ति, संस्कारयुक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सद्गुण र शिष्टाचार, बनौ संस्कारी जस्ता विषय समेटिएका छन् ।