गोरखापत्र अनलाइन
कीर्तिपुर, भदौ ४ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्रा.डा. लक्ष्मीबहादुर महर्जनले स्नातकतहदेखि नै व्यावहारिक रुपमा अनुसन्धान गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।
शनिबार यहाँस्थित मंगल बहुमुखी क्याम्पसको ‘स्वागत तथा विदाई’ कार्यक्रममा बोल्नुहुँदै उहाँले अध्ययनलाई व्यावहारिक रुपमा प्रयोगमा ल्याउन अनुसन्धान अपरिहार्य रहेको बताउनुभएको हो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पनि रहनुभएका प्रा.डा. महर्जनले देशको विकास शिक्षा र शिक्षाको विकास अनुसन्धानले हुने हुँदा सम्बद्ध पक्षले सो कुरामा ध्यान दिन जरुरी रहेको बताउनुभयाे।
यस्तै, त्रिविका उपप्रा.डा. सिद्धीबहादुर महर्जनले शैक्षिक उन्नयनको लागि सैद्धान्तिक रुपमा लिइएका ज्ञानलाई व्यवहारिक रुपमा जीवन व्यवहारमा उतार्न ध्यान दिनुपर्छ, भन्नुभयो ।

क्याम्पसका प्राचार्य प्रदीप महर्जनको अध्यक्षमा सम्पन्न सो कार्यक्रममा विद्यार्थीहरुले नेपालका विभिन्न जातिहरुको सांस्कृतिक झाँकीसहित गीत, नृत्य र नाटक प्रस्तुत गर्नुभएको थियो ।

 
                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                