• १६ असार २०८१, आइतबार

विद्यार्थीको सिकाइ

विद्यालयको रङले कस्तो प्रभाव पर्छ ?

blog

मेनुका कार्की

बालबालिका पढ्ने, बुझ्ने र ऊर्जाशील बन्ने उमेर बाल्यकाल हो । भनिन्छ, स्कुले विद्यार्थी जीवन ।  विद्यार्थी जीवन एउटा रमाइलो, उत्साहित र बाल क्रियाकलाप पनि जीवनका लागि स्मरणीय अवस्थाका रूपमा लिइन्छ ।  यो समय मानिसको जीवन महत्त्वपूर्ण  मानिन्छ । विद्यार्थी जीवनको अध्ययनले मानिसको भविष्यको दिशानिर्देश गरेको हुन्छ । 

‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं सानैदेखि अभिभावकको उचित रेखदेख, माया, प्रेरणा, निर्देशन तथा सहयोग पाउन सकेका बालबालिका भविष्यमा देशका असल नागरिक बन्न सक्छन् । यस अर्थमा आफ्ना छोराछोरीको पढाइ लेखाइमा विशेष ध्यान दिने अभिभावकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देशको विकासमा पनि भूमिका खेलेको ठहर्छ । त्यसका लागि खासगरी बिद्यालयभित्रका व्यवस्थापन गर्नुपर्ने विभिन्न पक्ष : 

 विद्यालयमा कस्तो रङ लगाउनुपर्छ ?

सहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक भवनमा प्रयोग हुने रङसम्बन्धी निर्देशिका नै छ  तर यसको पालना नभएपछि शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयलाई ‘कलर कोड’ प्रयोग गर्न परिपत्र गरेको छ । निर्देशिकाको अनुसूची ५ अनुसार विद्यालयको मुख्य भाग प्लास्टर गरेको हुनुपर्ने छ र फिका पहेँलो रङ लगाउनुपर्ने छ । पहेँलो रङ उज्यालो हुने र बुद्धिजीवीलाई मन पर्ने भएकाले यसलाई बाहिरी भागमा प्रयोग गर्न भनिएको शिक्षा विभागका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो  । भवनको छानो रातो रङको टेराकोटा टाइल वा स्लेट हुनुपर्ने व्यवस्था छ । 

यसैगरी झ्याल र ढोकाको चौकोस तथा खापा सेतो वा गाढा खैरो हुनुपर्नेछ । कक्षा कोठाका भित्ता क्रिम वा आईभोरी रङको हुनुपर्ने  ब्यवस्था छ । कार्यमा एकाग्रता ल्याउने, उज्यालोपन बढाउने र मैलो नहुने भएकाले यस्तो रङ प्रयोग गर्न भनिएको छ । यसैगरी सिलिङ, सभाकक्ष, कोरिडोर र भ-याङको भित्ताको माथिल्लो 

भागमा सेतो रङ लगाउन विभागले भनेको छ । कोरिडोर र भ-याङको तल्लो भागमा भने खैरो रङ लगाउनुपर्ने छ ।

 अतिरिक्त क्रियाकलाप मोहले निजी विद्यालय रोजाइमा 

आफ्ना छोराछोरी पढाउन अधिकांश अभिभावकको रोजाइ निजी विद्यालय हुन्छ । सरसर्ती हेर्दा सरकारीभन्दा निजी  विद्यालयमा विद्यार्थीको आकर्षण पनि धेरै निजीमा नै छन् । सरकारीको तुलनामा निजी विद्यालयमा महँगो शुल्क  भए पनि  शैक्षिक तथा वातावरणीय रूपले गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप तथा बालबालिकामैत्री सिकाइ शैली, सामाजिक गतिअनुसार शैक्षिक अध्यापन व्यवस्थापन हुने भएकाले सामान्यतया वातावरण खोज्ने गरिन्छ । रामेछाप जिल्ला घरभएकी हाल काठमाडौँ तारकेश्वर नगरपालिकामा बस्दै आएकी उमा भण्डारी हामीले राम्रो शिक्षा पाउन सकेनौँ, बच्चालाई भने त्यो कमी हुन नदिन सुविधायुक्त  शैक्षिक वातावरण  हेर्छौं, त्यस्तो खोज्दा निजी बिद्यालयमा पाइन्छ  भन्नुहुन्छ ।  

 विद्यालयको भौतिक अवस्था

विद्यालयको भौतिक अवस्था बालमैत्री सिकाइ वातावरणका लागि आवश्यक पर्ने पूर्वाधारमध्ये सबैभन्दा महìवपूर्ण पक्ष हो ।  विशेषतः शैक्षिक प्रक्रियाका तीनवटा पक्षहरुः लगानी, प्रक्रिया र उपलब्धिमध्ये भौतिक पूर्वाधारलाई लगानीको पक्षबाट हेर्ने गरिन्छ । विद्यालयको भौतिक पूर्वाधार भन्नाले विद्यालयको जग्गाजमिन, विद्यालय हाता, विद्यालय भवन, कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय, फर्निचर (पिजनहोल, टेबुल, दराज, -याक, डेस्कबेन्च), शौचालय, खानेपानी, खेलमैदान, शैक्षिक सामग्री, कालो र सेतोपाटी, श्रव्यदृश्य सामग्री, दराज, विद्युतीय उपकरण, कम्प्युटर, चमेनागृह, छात्राबास, संरक्षण गृह आदि पर्दछन् । 

विद्यालयको भौतिक पक्ष बालमैत्री शैक्षिक वातावरणका अन्य पक्षसँग पनि सम्बन्धित हुन्छ । त्यसैले बालमैत्री विद्यालयका विविध पक्षमध्ये भौतिक पक्षको व्यवस्थापनमा विशेष ध्यान पु-याउनुपर्ने हुन्छ । राम्रो भौतिक अवस्थाले गुणस्तरीय शिक्षा प्राप्त गर्न महत्त्वपूर्ण  भूमिका खेल्ने हुँदा विद्यालयको भौतिक व्यवस्थापनको पक्षमा विशेष ध्यान दिनुपरेको हो ।