• २२ कात्तिक २०८२, शनिबार

पाकिस्तानमा अफगान नागरिकको तिव्र पक्राउ जारी

blog

इस्लामाबाद(पाकिस्तान), कात्तिक २२ गते । संयुक्त राष्ट्रसङघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)को संयुक्त प्रतिवेदन अनुसार पाकिस्तानमा पक्राउ परी हिरासतमा लिइएका अफगान नागरिकको सङ्ख्या एकै हप्तामा १४६ प्रतिशतले बढेको छ ।

अघिल्लो हप्तामा सात हजार ७६४ अफगान नागरिकलाई पक्राउ गरी हिरासतमा लिइएको जनाइएको छ जुन अघिल्लो हप्ताको तुलनामा उल्लेखनीय रुपमा ठुलो सङ्ख्या हो । अक्टोबर २६ देखि नोभेम्बर-१ को बिचमा पक्राउ परेका अफगान नागरिक मध्ये कार्ड (एसीसी) र कागजातविहीन अफगान ७७ प्रतिशत थिए भने दर्ता प्रमाण (पिओआर) कार्ड भएका २३ प्रतिशत थिए ।

प्रतिवेदनले ८६ प्रतिशत पक्राउ र नजरबन्द बलुचिस्तानमा भएको उल्लेख गरेको छ । राष्ट्रव्यापी रूपमा सन् २०२५ जनवरी देखि नोभेम्बरको बिचमा चागी, अटक र क्वेटा जिल्ला अधिकाशं अफगानको पक्राउ गरिएको डनलाई उदृत गर्दै रिपोर्ट गरेको छ । तथ्याङ्कले अक्टोबरको अन्तिम हप्तामा फिर्ती तथा निर्वासनको दर पनि तीव्ररूपमा बढेको उल्लेख गरेको छ  ।

सन् २०२३ सेप्टेम्बर देखि सन् २०२५ नोभेम्बरसम्म, १६ लाख ६७ हजार ७१३ अफगान अफगानिस्तान फर्केको जनाइएको छ । प्रतिवेदनले सन् २०२३ अप्रिल देखि ९३ प्रतिशत कागजात विहीन तथा एसीसी कार्ड भएका ३९ प्रतिशत अफगान गिरफ्तारीको डरले स्वदेश फर्केको जनाइएको छ ।

गत जुलाईमा, अधिकारीले जुन ३० मा उनीहरूको कार्डको मिति समाप्त भएपछि उनीहरूलाई फिर्तिको आदेश दिदै पाकिस्तान छोड्नका लागि सेप्टेम्बर-१ सम्मको समयसीमा तय गरेका थिए । रासस/एएनआई