शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अन्कारा(टर्की), कात्तिक २२ गते । उत्तरपश्चिमी टर्कीको दिलोवासी स्थित एउटा अत्तर गोदाममा शनिबार आगलागी हुँदा छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको क्षेत्रीय गभर्नरले बताउनु भएको छ ।
आगो अग्निशामक, उद्धार टोली र नगरपालिका कर्मचारीको संयुक्त प्रयासमा नियन्त्रणमा लिएको इल्हामी अक्तासलाई उदृत गर्दै टिआरटी हाबेर मिडियाले जनाएको छ । यस अघि मिडिया रिपोर्टले दुई जना घाइते भएको मात्र जनाएका थिए ।
टर्कीको एनटिभी च्यानलले प्रसारण गरेको तस्बिरमा उक्त अत्तर डिपोका रूपमा प्रयोग गरिएको भवनका दुई वटा तला आगलागीमा नष्ट भएको देखाइएको छ , आगलागीको कारण भने अझै पत्ता नलागेको जनाइएको छ । इस्तानबुलबाट करिब ७० किलोमिटरको दुरीमा अवस्थित, दिलोवासी एक औद्योगिक सहर हो जहाँ धेरै डिपो तथा कारखाना सञ्चालनमा छन् । रासस/एएफपी