सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) कातिक २२ गते । धनकुटा नगरपालिका–५, स्थित माथिल्लो र तल्लो कोप्चेमा पर्यटकले भरीभराउ भएको छ । वाडाङमेट कोप्चे फेस्टिबल सुरु भएसँगै कोप्चेमा आन्तरिक तथा बाह्य पर्यटकले भरीभराउन भएको हो ।
पर्यटकले माथिल्लो कोप्चे, स्थानमा रहेका पुराना घर, मठ मन्दिर, मार्गाथान, तल्लो कोप्चेलगायतका विभिन्न स्थानको अवलोकल गरेका थिए । उनीहरुलाई स्थानियले सोहि ठाउँमा रहेका पुरातात्त्विक वस्तु तथा पुराना घरका बारेमा जानकारी गराइएको थियो । कोप्चे पुनजागरण अभियान धनकुटाले तल्लो कोप्चेमा गरेको फेस्टिबलमा स्थानीय खानाका परिकार, नेवारी कला संस्कृति झल्काउने नृत्य समेत देखाइएको थियो ।

यस्तै धनकुटा नगरापालिका क्षेत्रमा बसोवास रहेको आठपहरियको वडाङ्मेट चाडमा पनि पर्यटकहरु अवलोकनका लागि पुगेका थिए । आठपहरियको कला संस्कृति तथा ढोल नाचमा समेत सहभागित रहेको थियो ।