शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बनियानी, कात्तिक २१ गते । जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका –५ स्थित त्रिवेणी चोकबाट अर्जुनधारा नगरपालिका –६ का २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पूजा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।
उनीहरूलाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको उहाँले बताउनुभयो । थप अनुसन्धानका लागि उनीहरूलाई इप्रका अनारमनीमा राखिएको जनाइएको छ ।