• १२ असार २०८१, बुधबार

सुदूरपश्चिम विश्वविद्यालयले मनायो १५ औँ स्थापना दिवस

blog

काठमाडौँ, असार ४ गते । सुदूरपश्चिम विश्वविद्यालयले एक कार्यक्रम गर्दै आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ । 

कार्यक्रमको अध्यक्ष गर्दै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले विश्वविद्यालयको वर्तमान अवस्थाका साथै आगामी चार वर्षका लागि आफ्नो योजना  दृष्टिकोणका बारे आफ्नो प्रस्तुति  दिनुभएको थियो । 

आफ्नो समापन मन्तव्यमा उपकुलपति प्राडा पन्तले विश्वविद्यालयलाई सामाजिक र प्राज्ञिक क्षेत्रसँग जोड्न प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । उहाँले पर्याप्त बजेट विनियोजन गरी  अनुसन्धान कार्यमा  अभिवृद्धि गर्ने जानकारी गराएका थिए । कार्यक्रममा  विश्वविद्यालयका ३० भन्दा बढी प्राध्यापक र कर्मचारीहरूलाई उनीहरूको २५ वर्ष अटुट सेवाको कदरस्वरूप दीर्घसेवा सम्मानपत्र प्रदान गरिएको थियो साथै समाजसेवी  डिल्लीराज लेखक र लीलाध्वज बस्नेतलाई पनि उहाँहरूले विश्वविद्यालय स्थापनाका लागि पुर्‍याएको योगदानको कदर गर्दै  सम्मान गरिएको थियो  । 

कार्यक्रममा विभिन्न राजनीति दलका केन्द्रीय र प्रदेश स्तरका नेताहरूले विश्वविद्यालयमा राजनैतिक हस्तक्षेप नगर्ने र विश्वविद्यालयका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।