• १० मंसिर २०८१, सोमबार

सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ ३२ गते । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने भएको छ । कामपाको आज बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कामपाका प्रमुख बालेन्द्र साह बालेनले उक्त जानकारी गराउनुभएको हो ।

कामपामा रहेका ८९ वटा सामुदायिक विद्यालयमध्ये दुई सयभन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने नीतिमार्फत उहाँले जानकारी गराउनुभएको हो । खेललाई पूर्वप्राथमिक तहदेखि अनिवार्य गरिने र सबै विद्यालयमा अध्ययनरत शारीरिकरुपमा अशक्त  विद्यार्थीहरुलाई सहज पठनपाठनको व्यवस्था मिलाइने पनि नीतिमा उल्लेख गरिएको छ ।  छात्रवृत्तिलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने नीति कामपाले लिएको छ । 

त्यसैगरी, सामुदायिक विद्यालयहरुको वित्तीय परीक्षणका आधारमा मूल्याङ्कन गरिने बताइएको छ । उहाँले कामपालाई सुरक्षित, समावेशी, सम्पन्न तथा जीवन्त सहर बनाउने बताउनुभयो । आर्थिक विकास क्षेत्रतर्फ कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शत्प्रतिशत छुटको घोषणा गरिएको छ । स्थानीय तहले १० असारभित्र आगामी आवको बजेट ल्याइसक्नुपर्छ । त्यसैका लागि आज कामपाले नीति तथा कार्यक्रम ल्याएको हो ।  रासस