• ९ साउन २०८१, बुधबार

समकक्षता प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ९ गते । शिक्षा मन्त्रालयद्वारा समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन गरेको छ । सो मन्त्रालय अन्तर्गत पाठ्यक्रम बिकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भएगरेका काम कारबाही सम्बन्धमा र प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, लाग्ने दस्तुरलगायतका बिषयमा छानबिन गर्न सो समिति गठन भएको मन्त्रालयका प्रबक्ता सह–सचिब केशबप्रसाद दाहालले जानकारी दिनुभयो । 

प्रबक्ता दाहालका अनुसार शिक्षा तथा मानब स्रोत बिकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा गठित  तीन सदस्यीय समितिलाई सुझाबसहितको  प्रतिबेदन पेश गर्न मन्त्रीस्तरीय निर्णयअनुसार ७ दिनको समयसीमा प्रदान गरिएको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा सदस्यहरूले सो बिषयमा प्रश्न उठाउनुभएको थियो ।