निबन्ध लेखन तथा वक्तृत्वकलामा विद्यार्थी पुरस्कृत
नेपालस्थित पाकिस्तानी दूतावासले ११ औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता तथा सातौँ वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न गरेको छ ।
एसइई नतिजा बिहीबार बिहान सार्वजनिक हुने
माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार प्रकाशन हुने भएको छ ।
२०७१ मा तोकिएका शुल्कमा कक्षा सञ्चालन गर्न अब सकिँदैन : फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा सञ्चालित प्राविधिक शिक्षालय सञ्चालकहरूले ‘डिप्लो तह’अन्तर्गत स्वास्थ्यसँग सम्बन्धित तीन वटा कार्यक्रमको शुल्क वृद्धि गरेको घोषण गरेका छन् ।
दुर्व्यसनी न्यूनीकरण गर्न पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गरेका छौँ : मन्त्री श्रेष्ठ
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले लागूपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि विद्यालय तहका पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गर्नुपर्ने बताउनुभएको छ ।
शिक्षक सरुवा विवाद : १४ महिनापछि शिक्षकलाई स्वागत
कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ९ का एक शिक्षक १४ महिनापछि विद्यालयमा पुनर्स्थापित हुनुभएको छ । जनप्रभात माध्यमिक विद्यालय श्रीकोटमा शिक्षक लोकबहादुर दर्जी १४ महिनापछि हाजिर हुनुभएको हो ।
जागिर छोडेर किताब रोजेपछि...
किताबै किताबको चाङबाट उहाँ बाहिर निस्किनुभयो । कोट, पाइन्ट र ढाका टोपीमा चिटिक्क हुनुहुन्थ्यो । हातमा थान पुस्तक समाउँदै भन्नुभयो, “यो चाहिँ जापानी विदेश मन्त्रीलाई उपहार दिन छानेको छु ।
विद्यार्थीले कक्षा १० पछि के पढ्ने ?
एसइई परीक्षामा २०८० सालमा सामेल विद्यार्थीहरु अहिले कक्षा ११ को भर्नाका लागि आफूलाई पायक पर्ने सानादेखि ठूला सहर र केन्द्रमा परामर्श लिन दौडधुप गरिरहेका छन् ।
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
सञ्चारीकाको डिजिटल साक्षरता अभियान
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको आर्थिक सहयोग एवम् सञ्चारीका समूह नेपाल गण्डकी प्रदेशले डिजिटल साक्षरता अभियान सञ्चालन गरेको छ ।
एघार सय शिक्षकले बुझाए दल त्यागको निवेदन
शिक्षा मन्त्रालयको निर्देशनअनुसार इलाममा एक हजार एकसय शिक्षकले आफूहरु कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको भन्दै जिल्लास्थित शिक्षा विकास तथा समन्वय शाखामा निवेदन बुझाएका छन् ।
विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
जिल्लाका चार वटा गाउँपालिकाका छनौटमा परेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । ती विद्यार्थीहरूलाई एक वर्षका लागि पुग्ने पोसाक तथा शैक्षिक सामग्री निःशुल्क सहयोग गरिएको हो ।
एसइईको नतिजा यसरी हेर्न सकिन्छ
राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ ।
बजेटको ठुलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैन : शिक्षामन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि पाएको बजेटको ठुलो अंश अनिवार्य दायित्वका लागि छुटाउनु परेकाले सुधारात्मक नयाँ योजना तथा कार्यक्रमका लागि धेरै बजेट विनियोजन नभएको बताउनुभएको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन
सिन्धुली जिल्लामा रहेका नौ वटा स्थानीय तहमध्ये दुई वटा स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनमा आएको छ । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बिहीबार कमलामाई नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको घोषणा गर्नुभएसँगै दुई वटा स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयनमा आएको हो । यसअघि गत जेठ ३० गते मरिण गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको पालिका घोषणा गरिएको थियो ।
एसइईका लागि छुट्टै क्यालेन्डर
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा नतिजा प्रकाशनका लागि छुट्टै शैक्षिक तालिका तयार गरेको छ । उक्त तालिका अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ७ गतेदेखि सञ्चालन हुनेछ ।
चेपाङ र तामाङ विद्यार्थीलाई आर्थिक सहयोग
मकवानपुर राक्सिराङ गाउँपालिका वडा न ५ कुतसिंस्थित लोकप्रिय प्राथमिक विद्यालयमा अध्ययनरत चेपाङ र तामाङ बालबालिकालाई पोसाक वितरण गरिएको हो ।
एसइईको नतिजा एक साताभित्र
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनअघिको तयारीका लागि ९९ जना कर्मचारीले काम गरिरहेका छन् । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले उत्तरपुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टी गरेर रुजु गर्ने काम भइरहेको जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतका कर्मचारीबाट प्राप्ताङ्कलाई समेत रुजु गर्ने काम भइरहेको परीक्षा नियन्त्रक पौडेलले बताउनुभयो ।
प्रधानाध्यापकसहित पदाधिकारीलाई क्षमता विकास तालिम
शैक्षिक गुणस्तर सुधारको योजना बनाइ कार्यान्वयन गर्न लागेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रधानाध्यापकसहित व्यवस्थापन समितिका पदाधिकारीका लागि क्षमता तालिम सञ्चालन गरेको छ ।
चेपाङ बालबालिकाको शिक्षाका लागि ‘मेयरसँग केयर’ कार्यक्रम
चितवनको कालिका नगरपालिकाले नीति तथा कार्यक्रममा चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउन ‘मेयरसँग केयर’ कार्यक्रम ल्याएको छ ।
तिवारीलाई विद्यावारिधिको उपाधि
पीताम्बर तिवारीले विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । उहाँले गणित विषय अन्तर्गत क्वान्टम क्यालकुलसको नयाँ विकास र प्रयोग” शीर्षकमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गर्नु भएको हो ।
बन्द हुन लागेको विद्यालय ‘क’ वर्गमा
निःस्वार्थ भावना भएर काम गरे बन्द हुन लागेको संस्थालाई सबैको रोजाइमा पार्न सकिन्छ भन्ने उदाहरण भएको छ भरतपुरको हिमालयन आधारभूत विद्यालय । भरतपुर महानगरपालिका–११ मा रहेको हिमालयन आधारभूत विद्यालयमा विद्यार्थी भर्ना हुन आउन छाडेपछि तीन वर्षअगाडि बन्द हुने सूचीमा पुगेको थियो । भरतपुर महानगरपालिकाका शिक्षा महाशाखाका पूर्वप्रमुख महेन्द्र पौडेलका अनुसार प्रारम्भिक बालविकास केन्द्रमा भर्ना हुन आउन छाडेपछि नजिकैको विद्यालयमा गभिने सूचीमा राखिएको थियो । विद्यालयको नयाँ व्यवस्थापन समिति गठन भएपछि अध्यक्षको सक्रियतामा विद्यालयले पुनर्जीवन पाउन सफल भएको छ । विद्यार्थी सङ्ख्या घटेर जम्मा ८० जना पुगेपछि तीन वर्ष
पत्रकार उपाध्यायसहित समाजसेवीलाई नागरिक अभिनन्दन
डोटीको सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले पत्रकारिता तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत चार जना व्यक्तिलाई बुधवार नागरिक अभिनन्दन गरेको छ ।
विद्युत महसुल नतिर्ने सामुदायिक विद्यालयको लाइन काटियो
विद्युत महसुल बक्यौता राखेका सामुदायिक विद्यालयको लाइन काटिएपछि पठनपाठन र प्रशासनिक कार्य प्रभावित बनेको छ । नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रअन्तर्गत चन्द्रपुर, गुजरा र वृन्दावन नगरपालिकाका २७ वटा विद्यालयको लाइन काटिएपछि ती विद्यालयका पठनपाठन र प्रशासनिक कार्य प्रभावित बनेको हो ।
दलको सदस्यता त्याग्दै शिक्षक
पछिल्लो समय मुलुकभरका ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मङ्गलबार एक सय दिनको उपलब्धि सार्वजनिक गर्नेक्रममा उक्त जानकारी दिनुभएको हो । मन्त्री श्रेष्ठले यस अवधिमा ४५ जना शिक्षकका सम्बन्धमा उजुरी प्राप्त भएको तथा ४२१ जना शिक्षकलाई स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो । त्यस्तै चार जना शिक्षकले सफाइ पाएको तथा २० जना शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । उहाँले गत फागुन २३ गते मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । मन्त्रीको जिम्मेवारी सम्हाल्नेबित्तिकै मन्त्री श्रेष्ठले शिक्षकलाई दलीय आबद्धता त्याग गर्न आह्वान गर्नुभएको थियो ।