एसइईमा अनुत्तिर्ण सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षाको मौका
विहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अनुत्तिर्ण सबै परीक्षार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् ।
धौलागिरि क्षेत्रकै सर्वोत्कृष्ट अङ्क ल्याउनेमा छात्रा रिमाल
एसइई २०८० को परीक्षामा पर्वतको नमूना आवासीय बोर्डिङ स्कुलका छात्रा सफलता रिमालले धौलागिरि क्षेत्रमै सर्वोत्कृष्ट अंक हासिल गर्नु भएको छ ।
कैलालीमा पन्ध्र विद्यालयको नतिजा शुन्य
माध्यामिक शिक्षा परीक्षा (एसइई) मा कैलालीका पन्ध्र वटा विद्यालयको नतिजा शून्य आएको छ । सबैभन्दा बढी भजनी नगरपालिकाका पाँच वटा विद्यालयको नतिजा शुन्य छ ।
त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा. अर्याल
त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको रिक्त प्रमुखमा डा.कुन्दन अर्याल नियुक्त हुनुभएको छ ।
विज्ञान प्रविधिसम्बन्धी दुई विधेयकमा त्रिविका प्राध्यापकसँग छलफल
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विभिन्न विभागका प्राध्यापक र विद्यार्थीहरुसँग विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र व्यवहारिक विज्ञान प्रविधि तथा उद्योमोदय कोषसम्बन्धी विधेयकको मस्यौदामा छलफल गरेको छ ।
एसिया-प्यासिफिक र सार्कले बालबालिकाका क्षेत्रमा सहकार्य गर्ने
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र एसिया प्यासिफिक जोइनिङ फोर्सेस (एजेएफ)ले सार्क क्षेत्रका बालबालिकाको अधिकार र कल्याणको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सुदूरपश्चिमका १८ विद्यालयमा सेवा दल तालिम
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका अठार सामुदायिक तथा निजी विद्यालय छनोट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल ‘जुनियर डिभिजन’ तालिम सुरुआत गरेको छ ।
विपन्न विद्यार्थीलाई झोला तथा पोशाक वितरण
बाँकेको खजुरा गाउँपालिका ३ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका जेहेन्दार विपन्न विद्यार्थीहरुलाई झोला, पोशाक तथा जुत्ता वितरण गरिएको छ ।
‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ’
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गर्नुभएको छ ।
जापानस्थित नेपाली विद्यालयबाट जाम्बियाका विद्यार्थी एसइई उत्तीर्ण
जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । टोकियोको मध्यभागमा रहेको एभरेष्ट इन्टरनेशनल विद्यालयमा अध्ययनरत छात्र चिसा टाइरिस कावेजाले २.९५ जिपिए प्राप्त गरेका विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो ।
एसइई परीक्षामा मोरङबाट आठ जनाले प्राप्त गरे ४ जिपिए
राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको एसइई परीक्षामा मोरङ जिल्लाबाट आठ जना विद्यार्थीले उत्कृष्ट नतिजा ४ जिपिए प्राप्त गरेका छन् । अहिलेसम्म प्राप्त विवरणअनुसार विराटनगरस्थित एभरेस्ट स्कुलबाट परीक्षा दिएका तीन जना विद्यार्थीहरूले ४ जिपिए ल्याएका छन् । विराटनगरका तीन विद्यालयहरूले ४ जिपिए प्राप्त गर्न सफल भएका छन् भने विराटनगर बाहिर पथरी नगरपालिकाबाट दुई र उर्लाबारीबाट एक जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेको शिक्षा समन्वय इकाई मोरङले जानकारी दिएको छ ।
शिक्षण प्रणालीमै सुधारको खाँचो
राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । सहभागीमध्ये ५२.१४ प्रतिशत विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) आएको छ । यस पटक परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । एनजी समूहमा परेका दुई लाख ४२ हजार ३१३ जना विद्यार्थीका लागि तत्काल कक्षा ११ मा भर्ना हुने बाटो बन्द भएको छ तर तीमध्ये एक वा दुई विषयसम्म एनजी ल्याएका परीक्षार्थीलाई बोर्डले ग्रेडवृद्धि परीक्षाको मौका दिने छ ।
कैलालीबाट साढे पाँच हजार विद्यार्थी उत्तीर्ण
कैलालीबाट २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका पाँच हजार ४२८ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
एउटै विद्यालयका १० सहित पोखरा महानगरका २१ विद्यार्थीले ल्याए ४ जिपिए
माध्यमिक शिक्षा परीक्षा (एसइई)-२०८० को नतिजामा पोखराबाट एउटै स्कुल मदरल्याण्ड माविबाट १० जनासहित पोखरा महानगरमा २१ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् ।
‘पुस्तकालयसम्बन्धी ऐन, कानुन बनाउन सरकारले सहयोग गर्ने’
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिले पुस्तकालयसम्बन्धी ऐन, कानुन निर्माणका लागि सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
एसइई परीक्षाफल : नपढी पास हुन्छु भन्ने धारणा चिरियो
शिक्षाविद्ले माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८० को परीक्षाफलले ‘नपढे पनि पास हुन्छ’ भन्ने धारणा चिरेको विश्लेषण गरेका छन् ।
एसइई : बाजुराका एक हजार विद्यार्थी मात्र उत्तीर्ण
बाजुरामा एक हजार विद्यार्थी मात्र एसइईमा उत्तीर्ण भएका छन् । शिक्षा विकास समन्वय इकाई बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले एसइई परीक्षामा सहभागी भएका दुई हजार ८३४ मध्ये एक हजार विद्यार्थी मात्र उत्तीर्ण भएको बताउनुभयो ।
आदिवासी विषय अध्ययन गर्ने विद्यार्थीलाई नेफिनले छात्रवृत्ति प्रदान गर्ने
नेपाल आदिवासी जनजाति महासंघले ‘आदिवासी शिक्षा अध्ययन’ गर्ने विद्यार्थीलाई रिसर्चका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
इस्मा गाउँपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने
इस्मा गाउँपालिकाले निःशुल्क रूपमा प्राविधिक शिक्षा पढाउने भएको छ । पछिल्लो समयमा प्राविधिक शिक्षा तर्फको आकर्षणलाई मध्यनजर गर्दै जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि निःशुल्क रूपमा पढाउने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष भगतसिंह खडकाले जानकारी दिनुभयो ।
एसइई : सुशान्त बने जिल्ला उत्कृष्ट
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा स्याङ्जाका सुशान्त मरासिनीले चार जिपिए ल्याउनुभएको छ । पुतलीबजार नगरपालिका १ मा रहेको त्रिभुवन आदर्श नमुना मा.वि का मरासिनीले जिल्ला टप गर्नुभएको हो ।
उत्पादन बढाउन किसानलाई कृषि सामग्री वितरण
सुनसरीको वराहक्षेत्र नगरपालिकाले कृषिमा यान्त्रीकरण गरेर उत्पादन बढाउन किसानहरूलाई कृषि सामाग्री वितरण गरेको छ। नगर कृषि शाखाले नगर क्षेत्रका ९८८ जना किसानहरूलाई कृषि सामग्री वितरण गरेको हो ।
यस्तो छ सातै प्रदेशको एसइईको नतिजा (सूचीसहित)
बिहीबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ । गत वर्षको चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् ।
एसइई नतिजा कसरी हेर्ने सकिन्छ
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भर्खरै सार्वजनिक भएको छ । यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको छ ।
एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले जानकारी दिनुभयो ।