‘योग्यतासँगै सीप विकास गर्नुपर्छ’
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ज्ञान समृद्धिको आधार भएकाले शैक्षिक प्रमाणपत्रका साथै व्यवहारिक सीप र दक्षता पनि अभिवृद्धि बढाउनुपर्ने बताउनुभएको छ ।
नेपालको प्रतिनिधित्व गर्दै अरोमाका विद्यार्थी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी
अरोमा इङ्गलिस सेकेण्डरी स्कुलमा कक्षा १२ मा पढ्ने दुई विद्यार्थीहरू अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने भएका छन् ।
केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन
राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ ।
महानगरले थाल्यो एसइई तयारी कक्षा
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा नन ग्रेडेड (अवर्गीकृत) समूहमा परेका विद्यार्थीलाई काठमाडौँ महानगरपालिकाले निःशुल्क खाना र खाजासहित तयारी कक्षा सञ्चालन गरेको छ ।
‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’
लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रविधिमैत्री शैक्षिक सामग्री वितरणमा जोड दिएको छ । यसै गरी जनशक्ति व्यवस्थापन र अपुग शिक्षक दरबन्दी कायम गर्ने तथा विद्यालयको भौतिक संरचना निर्माण र स्तरोन्नतिमा ध्यान दिन आग्रह गरिएको छ ।
भुम्लुमा उत्कृष्ट विद्यार्थीलाई एक लाखसहित सम्मान
भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा (एसइई) परीक्षा दिएकामध्ये उत्कृष्ट एक छात्र र एक छात्रालाई आज जनही एक लाखसहित सम्मान गरेको छ । गाउँपालिकाले गत वर्षदेखि यस्तो सम्मान गर्दै आएको हो ।
पोखरा विश्वविद्यालयमा तालाबन्दी
पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ ।
वर्षाका कारण भत्किएको विद्यालय
लगातारको वर्षाका कारण पञ्चदेवल विनायक नगरपालिकामा एक विद्यालय भत्किएको छ । पञ्चदेवल विनायक नगरपालिका–६ तोलीको श्री जाल्पादेवी आधारभूत विद्यालय वर्षाका कारण आइतबार बिहान भत्केको विद्यालय व्यवस्थापन समिति सदस्य गोरख रावलले जानकारी दिनुभयो ।
कक्षा कोठामा पानीको भल पसेपछि पठनपाठनमा समस्या
सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयको कक्षा कोठामा पानीको भल पसेपछि पठनपाठनमा समस्या भएको छ । विगत चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण विद्यालयका चार वटा कक्षा कोठामा भल पसेपछि पठनपाठनमा समस्या भएको हो ।
शैक्षिक गुणस्तर सुधारका लागि हौसला बढाउन सम्मान
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्नमा हौसला प्रदान गर्न विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ। पालिकाको शैक्षिक सुधार गर्नमा योगदान गर्ने उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई गाउँपालिकाले सम्मान गरेको हो।
तारकेश्वरबाट एसइई उत्तीर्ण विद्यार्थी सम्मानित
परिवर्तन अभियान नेपालले शुक्रबार राजधानीको तारकेश्वर नगरपालिकाबाट एसइई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट विद्यार्थीहरूलाई सम्मान गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयलाई फर्निचर र कम्प्युटर वितरण
लहान नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयहरुमा फर्निचर र कम्प्युटर वितरण गरेको छ । अघिअघि भौतिक पूर्वाधारको आपूर्ति र पछिपछि शैक्षिक सुधार कार्यक्रमलाई अघि बढाएको हो ।
एसइईमा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान
पाल्पाको रामपुर नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । केही दिन अघि प्रकाशित नतिजा अनुसार दरैठाँटी माध्यमिक विद्यालय रामपुर–६, बाट ४ जीपीए ल्याउन सफल पूर्णिमा लक्ष्मी कुँवरलाई नगरपालिकाले सम्मान गरेको हो ।
निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताउनुभएको छ ।
छत्रकोटले निःशुल्क पशु चिकित्सा पढाउने
गुल्मीको छत्रकोट गाउँपालिकाले निःशुल्क रुपमा पशु चिकित्सा विषय पढाउने भएको छ । छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले देशभर पशु चिकित्सकको माग बढ्दै गएको भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।
रोजेर विषय बुझेर विद्यालय
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको दुई साता बित्न लागेको छ । विद्यालयमा कक्षा ११ मा भर्नाको चहलपहल सुरु भइसकेको छ । केही विद्यालयले भर्नाको फाराम वितरण गरिरहेका छन् भने केहीले पहिलो चरणको प्रवेश परीक्षा सञ्चालनको तयारी पनि गरिरहेका छन् । यसबिचमा विद्यार्थी तथा अभिभावक कक्षा ११ मा भर्ना हुने शैक्षिक संस्थाको खोजी तथा परामर्शमा जुटिरहेका छन् । तैपनि कक्षा ११ मा आफूले पढ्ने विषय कस्तो होला ?
ज्ञान बढाउन विज्ञान
कक्षा ११ मा भर्नाका लागि तम्तयार भएर बसेका विद्यार्थी अलमलमा पनि पर्न सक्छन्– विज्ञान पढौँ वा व्यवस्थापन वा के विषय लिने होला ? स्वाभाविक हो, कक्षा ११ मा सही विषय छनोट गर्न सहज नहुन पनि सक्छ । आफन्तले भन्छन्– फलानो विषय पढ्नुहोस् । अर्काले सुझाव दिन्छन्– फलानो विषय पढेपछि सबैभन्दा राम्रो हुने छ । अनि साथीले भन्लान्– फलानो विषयको माग बजारमा निकै छ, त्यही पढ्नु पर्छ ल ? यता जाने कि उता जाने ? सही समयमा सही निर्णय गर्न सके भ
समाज बुझ्न कानुन
थाहा थिएन भनेर गल्ती गर्दैमा कानुनले छुट दिँदैन । न्यायको क्षेत्रमा एउटा उक्ति प्रसिद्ध छ, ‘कानुनको अनभिज्ञता क्षम्य हुँदैन । सबैले कानुन जानेकै हुनु पर्छ ।’ यो प्रसिद्ध उक्तिले कानुनी राज्यमा यसको महत्वलाई प्रस्ट पार्छ । सामान्य ज्ञान प्राप्त गर्न पुरानो पुस्ताले १० वर्ष भौँतारिनुपर्ने बाध्यतालाई प्रविधिले १० मिनेटमा छोट्याइदिएको छ । त्यसैले आजको युवा पुस्ताले विद्यालय तहदेखि नै सामाजिकशास्त्र अर्थात् कानुनको अध्ययनलाई आकर्षक विषय मान्दै आएको छ ।
‘दक्ष जनशक्ति उत्पादनमा द टाइम्स इन्टरनेसनल कलेज’
सबै परिवेश, सबै समुदाय र सबै वर्गका विद्यार्थीलाई समान रूपले एउटा उर्वर धरातल निर्माण गरिदिने लक्ष्यका साथ स्थापना भएको शैक्षिक संस्था हो, द टाइम्स इन्टरनेसनल कलेज । यही लक्ष्य पहिल्याउँदै कलेजले दुई दशकभन्दा बढीको यात्रा तय गरिसकेको छ र यस अवधिमा कलेजले बहुआयामिक उत्कृष्टता हासिल गर्दै अभिभावक र विद्या
एसइईपछि आइटी
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भर्खरै प्रकाशित भएको छ । यतिबेला विद्यार्थीको ध्यान के पढ्ने ? कहाँ पढ्ने ? भन्नेतर्फ केन्द्रित भइरहँदा कक्षा ११ र १२ को पढाइसँगै छोटो अवधिका केही उपयोगी सूचना प्रविधि (आइटी) का सिप सिक्दा करिअरमा थप टेवा पुग्छ । विद्यार्थी भाइबहिनीले अध्ययनसँगै दैनिक एक/दुई घण्टा समय निकालेर सूचना प्रविधि (आइटी) सम्बन्धी छोटो अवधिका कोर्स गर्न सक्छन् । यस्ता सिपमूलक कोर्सहरूमा वेब डेभलपमेन्ट, डिजिटल मार्केटिङ, नेटवर्किङ,
उत्कृष्टताको नमुना किस्ट
काठमाडौँको कमलपोखरीस्थित प्राइम लोकेसनमा रहेको किस्ट कलेज करिब ३० वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएको शैक्षिक संस्था हो । यो कलेजमा विज्ञानमा २८० जना र व्यवस्थापनमा १४० जनाको कोटा छ । उत्कृष्ट शैक्षिक वातावरण दिइने यो कलेजमा हरेक सेक्सनमा ४० देखि ४५ जना विद्यार्थीले अध्ययन गर्न सक्छन् । गत वर्षको परीक्षाको नतिजा हेर्ने हो भने यहाँ अ
एसइई पुरक परीक्षा दिने विद्यार्थीलाई निःशुल्क कक्षा
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसइईको पुरक परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्न लागेको बताउनुभएको छ ।
आधारभूत तहमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आधारभूत तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। आधारभूत तहअन्तर्गत सामुदायिक विद्यालय, कक्षा ८ मा उत्कृष्ट नतिजा (जिपिए) ल्याउने विद्यार्थीलाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो।
परीक्षा प्रणाली सुधार गर्दा नतिजा खस्कियो : नगर प्रमुख आचार्य
बाँकेको कोहलपुर नगरपालिकाभित्रका कुनै पनि सामुदायिक विद्यालयले विक्रम संवत् २०८० सालको एसइई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सकेका छैनन् । कोहलपुर नगरपालिकामा संस्थागत र सामुदायिक गरेर ३८ वटा विद्यालय छन् ।