• १ असोज २०८१, मङ्गलबार

‘शिक्षाको गुणस्तर वृद्धि गर्न लाग्नुपर्छ’

blog

बिन्दु थापा 

पाल्पा, असोज १ गते । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षक, विद्यार्थी र अभिभावक लाग्न आवश्यक रहेको सरोकारवालाको सुझाव छ । 

शारदा माध्यमिक विद्यालय छेर्लुङ पाल्पाको ६९ औँ वार्षिकोत्सव कार्यक्रममा सरोकारवालाले सो सुझाव दिनुभएको हो । लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले शिक्षाको विकासका लागि सबैले आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो ।

विद्यालयका अध्यक्ष देवीप्रसाद भट्टराईले विद्यालयले गति लिएको र शैक्षिक गुणस्तर सुधार भइरहेको बताउनुभयो । उहाँले गरिब तथा विपन्न विद्यार्थी र अभिभावकले शिक्षाका लागि शारदा मावि रोज्ने गरेको चर्चा गर्नुभयो । 

तानसेन नगरपालिकाका कार्यवाहक प्रमुख यादवसिंह कार्कीले नगरपालिकाले तानसेन नगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न अभियान नै चलाएको कारण पछिल्लो समय सामुदायिक विद्यालयमा क्रमिकरुपमा विद्यार्थीको आकर्षण बढ्दै गएको चर्चा गर्नुभयो ।

कार्यक्रममा तानसेन नगरपालिका १३ का वडा अध्यक्ष टुकप्रसाद भट्टराई, वडा सदस्य गीता भट्टराई, त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद नेपाल, शिक्षक प्रकाश पोखरेल लगायतले बोल्नुभएको थियो । विद्यालयको आर्थिक प्रतिवेदन प्रधानाध्यापक दिनानाथ खनालले प्रस्तुत गर्नुभएको थियो ।