• ११ असोज २०८१, शुक्रबार

विश्वविद्यालयका सभामा भाषिक त्रुटि

blog

काठमाडौँ, भदौ २८ गते । विश्वविद्यालयहरूका नियामक सभा वा बैठकका क्रममा ऐनको शाब्दिक अर्थ ख्याल नगरी गम्भीर भाषिक त्रुटि गर्ने गरिएको छ । अहिले विभिन्न विश्वविद्यालयका सभा भइरहेका छन् ।

विश्वविद्यालय सञ्चालन ऐन अनुसार सभा भन्नाले विश्वविद्यालयका सभालाई बुझ्नु पर्छ भन्ने परिभाषा सबै ऐनमा समान छ । त्यस्ता सभा वर्षमा कम्तीमा दुई पटक अनिवार्य रूपमा बस्नु पर्छ । ऐनको सोही प्रावधानबमोजिम आयोजना हुने सभालाई ऐनले नै नचिन्ने शब्दावली प्रयोग गर्ने गरिएको छ । पछिल्लो पटक राजर्षि जनक विश्वविद्यालयको बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना भएको विश्वविद्यालय सभालाई ‘साधारण सभात्यस्ता सभा वर्षमा कम्तीमा दुई पटक अनिवार्य रूपमा बस्नु पर्छ । ऐनको सोही प्रावधानबमोजिम आयोजना हुने सभालाई ऐनले नै नचिन्ने शब्दावली प्रयोग गर्ने गरिएको छ । 

पछिल्लो पटक राजर्षि जनक विश्वविद्यालयको बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना भएको विश्वविद्यालय सभालाई ‘साधारण सभा बैठक’ नाम दिइएको थियो । विश्वविद्यालयहरूका कुलपतिका रूपमा रहने प्रधानमन्त्रीको अध्यक्षताको सभाको बैठकलाई ऐनले साधारण भन्दैन । बुधबार मात्र सम्पन्न कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको बैठकलाई पनि त्यसै गरी ऐनले नचिन्ने ‘साधारण सभा बैठक’ भनिएको थियो । 

बिहीबार विश्वविद्यालय सभाले आयोजना गरेको राजर्षि जनक विश्वविद्यालयको ऐन–२०७४ अनुसार ऐनको दफा २ उपदफा ‘ण’ मा सभा भन्नाले दफा ७ बमोजिमको ‘विश्वविद्यालय सभा’ भनी सम्झनुपर्ने छ भन्ने उल्लेख छ । दफा ७ मा भने विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा एक सभा रहने उल्लेख छ । 

यस हिसाबले साधारण सभा भन्ने शब्दावली विश्वविद्यालय ऐनमा कतै पनि उल्लेख गरिएको छैन । विश्वविद्यालयजस्तो प्राज्ञिक नेतृत्वको संस्थाको कार्यक्रम सञ्चालनमै भाषिक शुद्धता ख्याल नगरिनु गम्भीर लापरबाही भएको सरोकारवालाको भनाइ छ । 

तर यस विषयमा विश्वविद्यालयका पदाधिकारीको अर्को लापरबाही पाइयो । विश्वविद्यालयका उपकुलपति प्राडा अमरप्रसाद यादवले ब्यानरमा लेखिएको भाषाबारे आफूले ध्यान दिन नसकेको बताउनुभयो । ब्यानर निर्माण तथा सभा व्यवस्थापनको काम रजिस्ट्रारको हुने उल्लेख गर्दै यादवले भन्नुभयो, “हो र ? ब्यानरमा साधारण सभा लेखिएको छ र ? मैले त अहिलेसम्म ब्यानर हेरेकै छैन । यो कसरी भयो म रजिस्ट्रारसँग बुझ्छु ।” विश्वविद्यालयको ऐनमा के लेखिएको छ भन्ने विषयमा पनि आफू अनभिज्ञ रहेको यादवले बताउनुभयो । 

विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण साहले भने ‘साधारण सभा’ र ‘विश्वविद्यालय सभा’ भन्नु एउटै भएको जिकिर गर्नुभयो । “ऐनमा सभा लेखिएको भए पनि त्यसको मतलब साधारण सभै हो,” साहले दाबी गर्नुभयो । विश्वविद्यालयको सभा सभाको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्ने ऐनको दफा ८ मा उल्लेख छ । साथै सभा वर्षको कम्तीमा दुई पटक बस्नुपर्ने ऐनमै स्पष्ट लेखिएको भए पनि बिहीबारको सभा वर्ष दिनपछि मात्रै बसेको हो । 

उच्च निकायको अध्यक्ष कुलपति रहने उल्लेख छ । सभाको बैठक वर्षमा कम्तीमा दुई पटक बस्ने व्यवस्था ऐनको दफा ८ को उपदफा १ मा उल्लेख छ । सभाले उक्त विश्वविद्यालयको आर्थिक वर्ष २०८१/८२ का लागि ३६ करोड ४८ लाख ७२ हजार रुपियाँ बजेट पारित गरेको छ ।     

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।