• १३ कात्तिक २०८२, बिहिबार

फुटबलको दीर्घकालीन विकासका लागि मन्त्रालयमा छलफल

blog

काठमाडौँ, कात्तिक १३ गते । नेपाली फुटबलको दीर्घकालीन विकासका लागि युता तथा खेलकुद मन्त्री बब्लु गुप्ताले एन्फा पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबिच बिहीबार मन्त्रालयमा छलफल गर्नुभएको छ । 

छलफपछि फुटबलको दीर्घकालीन विकासको अध्ययन गर्न एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठनसमेत गरिएको छ ।

कार्यदललाई पाँचदिन भित्र फुटबलका विषयमा विभिध खाका प्रस्तुत गर्न मन्त्री गुप्ताले निर्देशन दिनुभएको छ । मन्त्री गुप्ताले एन्फा महासचिव किरण राई र क्लबका प्रतिनिधिसँग शहित स्मारक ‘ए’ डिभिजन लिग आयोजानका विषयमा पनि चासो राख्नुभएको थियो ।

महासचिव राईले प्रयाप्त बजेट नहुँदा लिग सञ्चालन गर्न गाह्रो भएको जानकारी गराउनुभएको थियो । यस्तै क्लबका प्रतिनिधिले एन्फाले समयमा लिग आयोजना गर्न नसक्दा अन्योलमा परेको बताएका थिए ।

क्लबका प्रतिनिधिले एन्फाले होम एन्ड अवे लिग भन्दै क्लबहरुलाई गाह्रो बनाउन काम गरेकोले होम एन्ड अवे लिग खेल्न नसक्ने जानकारी पनि गराएका थिए । छलफलमा मन्त्री गुप्ताले लिगका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।