काठमाडौँ, कात्तिक १३ गते । नेपालमा शिक्षा र प्रविधिको क्षेत्रमा नयाँ अध्याय सुरु गर्दै सिपालु सोलुसनले तीन नवीनतम पहलहरू सिपालु कनेक्ट, सिपालु हार्डटेक र सिपालु सफ्टटेक औपचारिक रूपमा सार्वजनिक गरेको छ।
शैक्षिक संस्थाहरूलाई डिजिटल रूपान्तरणतर्फ उन्मुख गराउने उद्देश्यसहित सार्वजनिक गरिएको सिपालु कनेक्ट एक अत्याधुनिक शैक्षिक सफ्टवेयर हो। सिपालु साेलुसन कम्पनीका अनुसार, यसमार्फत विद्यालय, कलेज र विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक गतिविधिहरू सहज, द्रुत र व्यवस्थित बनाउन सकिने कम्पनीले जनाएको छ।
यस सफ्टवेयरमा विद्यार्थी तथा शिक्षकको विवरण व्यवस्थापन, उपस्थिति प्रणाली, रुटिन निर्माण, शिक्षण सामग्री आदान–प्रदान, असाइनमेन्ट व्यवस्थापन, आन्तरिक मूल्यांकन र अंक व्यवस्थापनलगायतका सुविधा समावेश छन्। कम्पनीका अनुसार यसले शैक्षिक संस्था सञ्चालनमा समय बचत र उच्च कार्यदक्षता सुनिश्चित गर्दछ।
यस्तै सिपालु हार्डटेकले आधुनिक स्मार्ट क्लासरूम र प्रयोगशाला (ल्याब) निर्माणमा कार्य प्रारम्भ गरेको छ। यसअन्तर्गत कम्प्युटर ल्याब, नेटवर्क ल्याब, एआई ल्याब, इनक्युबेशन ल्याब, तथा प्रविधि–आधारित सिकाइ वातावरणको विकासमा जोड दिइएको छ।
कम्पनीका अनुसार यस पहलले विद्यार्थी र शिक्षकलाई प्रविधिसँग नजिक ल्याउँदै गुणस्तरीय शिक्षा प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
कम्पनीका सिटिओ आशिस गौतमका अनुसार, “सिपालु सफ्टटेकले सिपालु सोलुसनको गुणस्तरीय मापदण्ड र कार्यशैलीअनुसार सेवा विस्तार गर्नेछ।”
कम्पनीका सिईओ इञ्जिनियर दीपेश न्यौपानेले भन्नुभयाे, “सिपालु सोलुसनको मूल उद्देश्य नवीनतम प्रविधि र स्मार्ट इनोभेशनको माध्यमबाट नेपालका शिक्षण संस्था र व्यवसायलाई सशक्त बनाउनु हो। हाम्रो सेवाले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास राख्छौं ।
सिपालु सोलुसनका अनुसार, यी नयाँ पहलहरूले नेपालको शैक्षिक तथा व्यवसायिक क्षेत्रमा आधुनिक, प्रविधिमैत्री र दीगो समाधान उपलब्ध गराउनेछ, जसले डिजिटल ट्रान्सफर्मेशनलाई थप गति दिने अपेक्षा गरिएको छ।