• २ असोज २०८१, बुधबार

गोरखापत्रकर्मी पाण्डे पुरस्कृत

blog

गोरखापत्रकर्मी सूर्यप्रसाद पाण्डेलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गर्नुहुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई ।

काठमाडौँ, असोज २ गते। गोरखापत्रकर्मी सूर्यप्रसाद पाण्डेलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। शिक्षा पत्रकार समाजले स्थापना गरेको उक्त पुरस्कार बुधबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गोरखापत्रकर्मी पाण्डेसहित शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका अन्य व्यक्तिलाई पनि पुरस्कार प्रदान गर्नुभयो।  उहाँलाई प्रमाणपत्र र २५ हजार नगदसहित पुरस्कृत गरिएको हो । 

विगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार पाण्डेले यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको तत्कालीन् शिक्षा विभागले प्रदान गरेको शिक्षा लेखनवृत्ति, क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार तथा राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार पाइसक्नु भएको छ। 

उहाँले नेपालस्थित बेलायती दूतावास र खोज पत्रकारिता केन्द्रको समन्वयमा आयोजना गरिएको खोज पत्रकारिता अवार्ड समेत पाउनुभएको छ।