• २९ भदौ २०८१, शनिबार

वार्षिकोत्सवमा वृक्षारोपण

blog

काठमाडौँ, भदौ २९ गते ।  सानेपास्थित सगरमाथा इन्जिनियरिङ कलेजले शनिबार वृक्षरोपण गरेको छ।  कलेजको १४ औँ वार्षिकोत्सवको अवसर पारेर कलेजले बल्खु तथा सानेपा वरपर रहेको विष्णुमती खोला किनारामा वृक्षारोपण गरेको हो।  

त्रिभुवन विश्वविद्यालयबाट कलेज सञ्चालनको लागि १४ वर्षअघि भदौ २९ गते सम्बन्धन प्राप्त गरेको थियो।  सोही दिनलाई आधार मानेर हरेक वर्ष भदौ २९ गते वार्षिकोत्सव मनाउँदै आएको कलेजका अध्यक्ष निरञ्जन श्रेष्ठले जानकारी दिनुभयो।  

वार्षिकोत्सव अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले कलेजले विद्यार्थीलाई स्तरीय इन्जिनियरिङ शिक्षा दिइरहेको बताउँदै आउने दिनमा यसलाई अझै गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

कलेजका प्राचार्य दक्षिणा श्रेष्ठले कलेजले विद्यार्थीलाई गुणात्मक शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराखेको बताउनुभयो।  इन्जिनियरिङ क्षेत्रमै लामो समय अनुभव हासिल गर्नुभएका व्यक्तिहरू आबद्ध भएका कारण सगरमाथा इन्जिनियरिङ कलेज विद्यार्थीको रोजाइमा परेको बताउनुभयो।  

सन् २०१० मा स्थापना भएको यस कलेजले स्नातक तहतर्फ इन्जिनियरिङतर्फ सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, इलेकट्रोनिक्स कम्युनिकेसन एण्ड इनफरमेसन इन्जिनियरिङ विषयको पढाई सञ्चालन गरिरहेको छ भने इलेक्ट्रिकल इन्जिनियरिङ विषयको पढाई सञ्चालन गर्ने तयारी गरेको छ।  

यसबाहेक त्रिविकै सम्बन्धनमा स्नातक तहमै बीएस्सी सिएसआइटी र बीसीए तहको पढाई पनि सञ्चालन गरिरहेको छ।