• ११ असोज २०८१, शुक्रबार

सुनारलाई राष्ट्रिय शिक्षा पुरस्कार

blog

नेपालगन्ज नर्सिङ क्याम्पसकी प्रमुख तुलसा सुनार ।

कमल खत्री

धम्बोझी, असोज ३ गते । संविधान दिवसको अवसरमा नेपालगन्ज नर्सिङ क्याम्पसकी प्रमुख तुलसा सुनार पुरस्कृत हुनुभएको छ । नर्सिङ शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुख उपप्राध्यापक सुनारलाई राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत गरिएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालगन्ज नर्सिङ क्याम्पसकी प्रमुख तुलसा सुनारलाई राष्ट्रिय शिक्षा पुरष्कारबाट बिहिबार पुरस्कृत गरेको छ । शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै क्याम्पस प्रमुख सुनारलाई पुरष्कृत गरिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा मन्त्रालयले सुनार पुरस्कृत गरेको हो । उहाँ विगत चार वर्षदेखि नेपालगन्ज नर्सिङ क्याम्पसको जिम्मेवारीमा हुनुहुन्छ ।