• १० मंसिर २०८१, सोमबार

उच्च शिक्षा सिद्धान्त र व्यवहारोपयोगी हुनुपर्दछ

blog

काठमाडौं, साउन २५ गते । विभिन्न विज्ञहरुद्वारा उच्च शिक्षा सिद्धान्त र व्यवहारोपयोगी हुनुपर्दछ भन्नेमा जोड दिनु भएको छ । 

 शिक्षाविद् विद्यानाथ कोईरालाले राजनीतिक दलका पछि लागेका प्राध्यापक अलग संगठन तर विचार र व्यवहार एकै खालका छन्, जसले समाजमा विरोधाभास सृजना गरेको कुरा बताउनुभयो। 

जय नेपाल फाउण्डेसनले आयोजनमा भएको कार्यक्रममा कोइरालाले भन्नुभयो, ‘‘व्यक्तिका ज्ञानसँग विज्ञान जोडेर शिक्षा निति बनाउनुपर्छ। विद्यार्थी कम भए भनेर चिन्ता नगरौं, अन्तर्राष्ट्रिय रुपमा प्राक्टिस पनि छ विश्वविद्यालय मर्च गर्ने र क्याम्पस मर्च गर्ने तर शिक्षा स्पष्ट व्यवहारोपयोगी हुनुपर्छ। शिक्षा आफैँमा सम्भावना देखाउने खालको पनि हुनुपर्दछ।’’

उहाँले विद्यार्थी आमने सामने नै हुनुपर्छ भन्ने होइन,अनलाइन शिक्षा संचालन गर्न सकिन्छ, विद्यार्थीको क्षमता परिवर्तनशिल हुन्छआज नपढ्ने भोलि पढ्ने र आज पढ्ने भोलि नपढ्ने पन हुन सक्छ भन्नुभयो । 

नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख नयनसिंह महरले भन्नुभयो, ‘‘शिक्षामा सुधार जरुरी छ, गुणात्मक सुधार जरुरी छ, पास भएको संख्या ५२ प्रतिशत त्यसमा आधा विदेश जान्छन्।शिक्षा उद्यमशीलता सहितको हुनुपर्छ। म नेकाको शिक्षा विभागमा छु अब हामी केही गर्नुपर्छ भन्नेमा छु। सुधार हुन्छ र गर्नुपर्छ। विदेश जाने पलायन हुने सम्भावना छ त्यसलाई शिक्षाले सम्बोधन गर्नुपर्दछ। शिक्षालाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्ने निति बनाउनुपर्छ।’’

त्रिभुवन विश्वविद्यालय सभाका सदस्य अंगदमणि गौतमले विदेश पढ्न जाने विद्यार्थी विदेश पलायन रोक्न राज्यको ध्यान जान जरुरी देखिन्छ भन्नुभयो।


नेपाल प्राध्यापक सङ्घका सभापति रमेश जोसीले हामीले पाठ्यक्रम निर्माण गर्दा नेपाली हावापानी सुहाउँदो बनाउनुका साथै मौलिकतामा विशेष ध्यान दिनुपर्छभन्ने कुरा बताउनुभयो।

प्रजातन्त्रवादी प्राध्यापक सङ्घका उपाध्यक्ष कृष्णकान्त पराजुलीले भन्नुभयो, ‘‘एउटै शिक्षक सरकारी कलेजमा पढाउँछ नतिजा आउँदैन तर निजीमा पढाउँछ नतिजा आउँछ किन व्यवस्थापन राम्रो हुनुपर्छ।’’

संस्कृत विश्वविद्यालयका प्राध्यापक शान्तिकृष्ण अधिकारीले पदाधिकारीहरु नै एकापसमा मिल्न सक्दैनन् भने शिक्षा क्षेत्रको सुधारको कल्पना गर्ग सकिँदैन भन्नुभयो।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक लोकनाथ दुलालले सरकार र नेपालका विश्वविद्यालयका पदाधिकारीले जिम्मा लिनुपर्नेमा आफैँ समस्या बनेर प्रस्तुत हुन भएन। प्राध्यापक सङ्घ संगठनले नीति निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

संस्कृत विश्विद्यालय प्राध्यापक सङ्घका उपसभापति विष्णु पन्थीले दलको घोषणापत्रमा पनि निःशुल्क शिक्षा र स्वास्थ्य भन्छ तर व्यवहार उल्टापाल्टा छ भन्दै सिद्धान्त र व्यवहारमा एकरूपता नहुनुले समस्या सृजना भएको कुरा उल्लेख गर्नुभयो।

नेपाल कमर्स क्याम्पस मिनभवनका प्राध्यापक चन्द्रदीप लामिछाने, संस्कृत विश्वविद्यालयका सभासद प्रा डा नारायण चालिसे, त्रिभुवन विश्वविद्यलय प्राध्यपक सङ्घका सभापति वसन्त ढकाल, नेपाल संस्कृत विश्वविद्यालय का सभापति मुकुन्द लामिछाने, प्राध्यापक भावुकराज न्यौपाने भुमा पाण्डे, गोविन्द गुरागाईं, रामचन्द्र अधिकारी, राजेन्द्र राज वाग्ले, अधिवक्ता समीप घिमिरे, सभासद विष्णुकुमारी सापकोटा, नेपाल पब्लिक क्याम्पस संघका शत्रुघ्नप्रसाद गुप्ता, जय नेपाल फाउण्डेसनकी ज्ञानु तिमल्सिना, तारा खड्काले धारणा राख्नुभएको थियो।

जय नेपाल फाउण्डेसनको विचार निर्माण कक्षमा प्रा डा धनेश्वर नेपालको संयोजकत्वमा सो वैचारिक छलफल कार्यक्रम संचालन भएको थियो।