• ७ साउन २०८१, सोमबार

पत्रकारिता अनुसन्धानबारे अभिमुखीकरण

blog

अभिमुखीकरण कार्यक्रममा सहभागी प्राध्यापक तथा विद्यार्थीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ७ गते । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारिता तथा आमसञ्चार विभागले एमफिल–पिएचडीका विद्यार्थीसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

सोमबार बल्खुस्थित क्यामेरा भवनमा विभागका प्रमुख डा. कुन्दन अर्यालको सक्रियतामा सो अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा डा. प्रेमसागर चापागाईँले एमफिल–पिएचडी पाठ्यक्रम तथा विद्यार्थीको जिम्मेवारी विषयमा प्रकाश पार्नुभएको थियो । 

एमफिल–पिएचडी कोर्स भनेको अनुसन्धान गरी नयाँ उपलब्धि प्राप्त गर्नुभएको बताउनुभयो । एमफिल कोर्स पिएचडीको तयारी कोर्स भएकाले विद्यार्थी अध्ययनशील हुनै पर्ने बताउनुभयो । उहाँले अध्ययन विधि तथा प्रक्रियाबारेमा जानकारी गराउनुभयो ।

विभागका प्रमुख डा. कुन्दन अर्यालले एमफिल–पिएचडी अध्ययन गर्ने विद्यार्थी जिम्मेवार र अध्ययनशील हुनुपर्ने बताउनुभयो । एमफिल–पिएचडीका विद्यार्थीबाट समाजले ठुलो आशा गर्ने हुनाले आफूलाई सोहीअनुसार तयारी गर्न उहाँले विद्यार्थीलाई सुझाव दिनुभयो । 


त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख अनिता भट्टराईले पुस्तकालयले प्रदान गर्ने सेवाबारेमा जानकारी गराउनुभएको थियो । पुस्तकालयको ग्राहक बनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुस्तक तथा जर्नल अध्ययन गर्न सकिने जानकारी दिनुभयो । अनुसन्धान गर्ने विद्यार्थीका लागि पुस्तकालयको ग्राहक बन्न झन् आवश्यक रहेको बताउनुभयो । 

सो अवसरमा डा. देवराज अर्याल, डा. राजकुमार पोखरेल, डा. महेन्द्र विष्ट, डा. घमराज लुइँटेल, प्राध्यापक शशिनाथ मरासिनी, एमफिल–पिएचडीका विद्यार्थीको सहभागिता थियो ।