• ६ साउन २०८१, आइतबार

बिपी दिवसका अवसरमा छात्रालाई स्टेसनरी सामग्री वितरण

blog

छात्राहरुलाई स्टेसनरी वितरण गरिँदै । तस्बिरः राजन रावत

हुम्ला, साउन ६ गते । सदरमुकाम सिमकोटस्थित महिला छात्रावासमा बस्दै आउनुभएका छात्राहरुलाई स्टेसनरी वितरण गरेर बिपी स्मृति दिवस मनाइएको छ । हिमाली जिल्ला हुम्लामा ४२ औं बिपी स्मृति दिवस मनाउने क्रममा सो स्टेसनरी सामग्री वितरण गरिएको हो ।

मानसरोवर नमुना माध्यामिक विद्यालयमा अध्ययनरत र फिडर छात्रावासमा बस्दै आएका २० जना छात्राहरुलाई स्टेसनरी सामग्री वितरण गरेर ४२ औं बिपी स्मृति दिवस मनाउने कार्य भएको बिपी चिन्त्न प्रतिष्ठानका अध्यक्ष मधु बस्तेन शाहीले बताउनुभयो ।

प्रतिष्ठानले विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्टेसनरी वितरण गरिएको उहाँले बताउनुभयो । प्रतिष्ठानको टोलीले स्टेसनरी बोकेर छात्रावासमै पुगेर वितरण गरेको हो । उहाँले अन्य कार्यक्रम गर्नुभन्दा हालसम्म अन्य सुविधा नपाएका विद्यार्थीहरु मध्य महिला फिडर छात्रावासको छात्राहरु रहेको र यस पटक बिपी स्मृति दिवसमा ती छात्रालाई स्टेसनरी सहयोग गरिएको बताउनुभयो ।

सबै छात्रालाई आधा दर्जन कापी र दुई वटा कलमलगायत अन्य सहयोग गरिएको हो । स्टेसनरी कांग्रेस का.वा. सभापति कैलाश भण्डारी, उपसभापति वसन्त रोकाया, सचिव कृष्णबहादुर बोहरा लगायतले वितरण गर्नुभएको थियो ।