• ९ साउन २०८१, बुधबार

एसइई पूरक ग्रेडवृद्धिका परीक्षा केन्द्र तोकियो

blog

शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङ । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ९ गते । ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक ग्रेडवृद्धिका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न जिल्लाका विभिन्न छ विद्यालयलाई परीक्षा केन्द्र तोकिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाको भानुजन माध्यमिक विद्यालय र बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिकाको सिँवा माध्यमिक विद्यालय, मेरिङ्देन गाउँपालिकाको त्रिभुवन माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।

सिरिजङ्घा गाउँपालिकाको सिनाम माध्यमिक विद्यालय र आठराई त्रिवेणी गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय हाङ्पाङमा परीक्षा केन्द्र तोकिएको छ । उक्त छ वटा परीक्षा केन्द्रमार्फत ग्रेडवृद्धि परीक्षामा एक हजार ५१८ जना परीक्षार्थी सामेल हुने शिक्षा विकास तथा समन्वय इर्का प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार साधारणतर्फ एक हजार ४५९ र प्राविधिक धारतर्फका ५९ जना परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा लेख्ने छन् । 

यसअघि प्रकाशित एसइई २०८० को नतिजामा जिल्लाका २३ वटा विद्यालयको नतिजा शून्य आएको थियो ।