चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी
नेपाल र चीनबीच बिजुली आदान– प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ । नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी–केरुङ प्रसारण लाइन चीतर्फ पनि जोड्ने गरी आवश्यक सहमति भएको छ ।
वन र विद्युतका समस्या मिलाउन पहल
जलविद्युत् आयोजना निर्माण तथा विद्युत् प्रसारण लाइन निर्माणको सिलसिलामा वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका विषयमा देखिएका समस्या समाधान निकाल्न मन्त्रालयस्तरीय छलफल भएको छ । विद्युत् प्रसारण लाइन समयमा बनाउन वन मन्त्रालय र मातहतका निकायले अध्ययन तथा रुख कटान स्वीकृतिले समस्या पारिरहेको भन्दै नेपाल विद्युत् प्राधिकरणलगायत सरोकारवालाले आलोचना गर्न सार्वजनिक आलोचना गर्न थालेपछि दुई मन्त्रालयका मन्त्रीबिच आइतबार छलफल भएको हो ।
डिडिसीले दुग्ध प्रशोधन कारखाना खोल्ने
गण्डकी प्रदेश राजधानी पोखरा महानगरमा दुग्ध विकास संस्थान (डिडिसी) ले दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने भएको छ । वडा नं २५ हेम्जाको सुइखेता खोलानजिक करिब २५ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराएर त्यहाँ कारखाना स्थापना गर्ने तयारी भएको छ । पोखरा–बागलुङ राजमार्ग अन्तर्गत राजमार्गसँगै जोडिएको जग्गा वा त्यसकै भित्रपट्टिको अर्को जग्गा कारखाना खोल्नका लागि उपलब्ध गराउन महानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको छ ।
केरा आयातमा कडाइ
केरामा ‘पानामा’ रोग फेला परेपछि सरकारले केरा आयातमा सतर्कता अपनाउन थालेको छ । भारतबाट विभिन्न नाका हुँदै नेपाल भित्रिने केराको माध्यमबाट रोग पनि भित्रिन सकिने सम्भावना भएकाले त्यसका लागि सतर्कता अपनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
चिस्यान केन्द्र नहुँदा समस्या
जिल्लामा चिस्यान केन्द्रको व्यवस्था नहुँदा कृषकलाई स्याउ भण्डारण गर्न समस्या भएको छ । कृषकले स्याउ उत्पादन गरेर राम्रो आम्दानी गर्दै चिस्यान केन्द्र नहुँदा उत्पादित स्याउ सस्तो मूल्यमा एकै पटक बिक्री गर्न बाध्य भएका हुन् । छायानाथ रारा नगरपालिका–४, ताल्च रितु नर्सरी फार्मका सञ्चालक किसान मणिचन्द्र भामले जिल्लाकै कृषि क्षेत्र हेर्ने जिल्लाको कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरणले स्याउ भण्डारण र सङ्कलनसम्बन्धी तालिमसमेत नदिएको किसानको गुनासो छ । भण्डारण व्यवस्थित हुन सके बेमौसममा पनि स्याउ बिक्री गर्न सकिने उहाँको अपेक्षा छ ।
ढुवानीमा भ्याटको सीमा बढ्यो
ढुवानीको साधनबाट मालवस्तुको ओसारपसार गर्दा लाग्ने मूल्य अभिवृद्धि करबापतको कारोबार सीमा बढेको छ । अबदेखि ढुवानी सेवा प्रदान गर्दा वार्षिक कारोबार ५० लाख रुपियाँ नाघेमा मुअकर (भ्याट) मा अनिवार्य दर्ता हुनुपर्ने छ । यसअघि यस्तो सीमा वार्षिक २० लाख रुपियाँ थियो ।
इन्धनमा स्वचालित मूल्य प्रणालीले निगमलाई राहत
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली (अटोप्राइस) लागु भएसँगै नेपाल आयल निगमले ऋण तिर्न सफल भएको छ । गत साउन १ देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको थियो । स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । सोही अनुसार निगमले १५/१५ दिनमा इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गर्दै आएको छ ।
चिनीको मूल्य अध्ययनका लागि समिति
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य विषयमा अध्ययन गर्न विभागका निर्देशकको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरी काम सुरु गरेको छ । पछिल्ला केही दिनयता बजारमा चिनीको भाउ अत्यधिक वृद्धि भएपछि विभागले चिनीको मूल्य अध्ययनका लागि समिति गठन गरेर काम सुरु गरेको हो ।
प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै
वन तथा वातावरणका दृष्टिले वनको संरक्षण महत्वपूर्ण मानिए पनि भौतिक पूर्वाधार निर्माणका लागि रुख कटान तथा वन क्षेत्रको जग्गा प्रयोग उत्तिकै महत्वपूर्ण रहेको छ । अन्तरसरकारी निकायबीच समन्वय नहुने समस्या उत्तिकै छ ।
नेपाल–चीन बिजनेस समिट, व्यापार सहजीकरणमा जोड
चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर ली फिईले नेपालमा चिनियाँ लगानी विस्तार, पर्यटन प्रवर्धन र द्विदेशीय व्यापार सहजताका लागि आपसी सहकार्य विस्तारमा चीन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टे«ड (सिसिपिआइटी) ले संयुक्त रूपमा चीनमा आयोजना गरेको नेपाल–चीन बिजनेस समिटमा उहाँले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको वताउनुभयो ।
चाडपर्वलक्षित सुपथ पसल, असोज तेस्रो सातादेखि सञ्चालन
सरकारले चाडपर्वलाई लक्षित गरेर असोजको तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्ने भएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले तेस्रो सातादेखि सुुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुुभयो । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
कामपाको श्रम बैङ्कमा चार सयको आवेदन
काठमाडौँ महानगरपालिकाले आह्वान गरेको श्रम बैङ्कमा चार सय जना सिपयुक्त बेरोजगारको आवेदन परेको छ । महानगरपालिकाले सिप भएर पनि बेरोजगार भएका जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन गत भदौ पहिलो सातादेखि गरेको माग अनुसार सो सङ्ख्याको आवेदन परेको हो । आवेदन दिनेमा स्नातकोत्तर अध्ययन पूरा गरेकादेखि विभिन्न सिप तालिम लिएकासम्म रहेका छन् ।
चिलिमे–त्रिशूली प्रसारण लाइन पुसभित्र सकिने
आगामी पुसभित्र रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने गरी चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण अगामी डिसेम्बरभित्र सक्ने गरी समयसीमा तय गरिएको छ । प्राधिकरण मातहतको चिलिमे जलविद्युत् कम्पनीले बनाउँदै गरेका १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको विद्युत् उत्पादन आगामी पुसदेखि हुने तय भएका अवस्थामा सो पूर्व नै प्रसारण लाइन तयार गर्न प्राधिकरणले तदारुकता देखाएको हो ।
बढ्न थाल्यो आयात
गत वर्ष घट्दो क्रममा रहेको आयातमा सुधार देखिन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को भदौसम्मको तथ्याङ्क अनुसार साउनको तुलनामा भदौमा आयात केही बढेको हो । विभागका अनुसार भदौमा मात्रै एक खर्ब ३० अर्ब ५१ करोड रुपियाँको वस्तु आयात भएको छ । जब कि साउनमा एक खर्ब २९ अर्ब २३ करोड रुपियाँको वस्तु आयात भएको थियो । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दा केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धका कारण आयात घट्दो क्रममा थियो । साउनको तुलनामा भदौमा धेरै मूल्यको अन्तर नभए पनि खस्किँदो आयात व्यापार सुधारको सङ्केत भने देखिन थालेको छ ।
चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिनुपर्छ : परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।
पशुपालक कृषकलाई चार करोड अनुदान
धनकुटा र तेह्रथुमका पशुपालक कृषकहरूले बितेको आर्थिक वर्षमा करिब चार करोड अनुदान रकम पाएका छन् । आर्थिक वर्ष २०७९/०८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालन सम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीहरूले उक्त अनुदान पाएका हुन् ।
वस्तु आयत र निर्यात खुम्चियो
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा आयात र निर्यात दुवै घटेको छ।
गाईको चित्र अङ्कित चाँदीकाे सिक्का सार्वजनिक
नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ।
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार दस दशमलव ३५ अङ्क कायम भएको छ ।
मासु बजार : न अनुगमन न मापदण्ड
उपभोक्ता अधिकारकर्मी देवकुमार महतोले स्थानीय सरकारको क्षेत्राधिकारमा आइसकेपछि मासु बजार व्यवस्थापनको काम प्रभावकारीरुपमा अगाडि बढ्ने अपेक्षा गर्नुभएको थियो ।
मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी
दुई सातादेखि चामल अभाव रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्तडीमा शनिबार दुई सय क्विन्टल चामल ढुवानी गरिएको छ । कम्पनीको हिमाली गाउँपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट बिक्री केन्द्रमा भने अझै चामल अभाव छ ।
तातोपानी नाकामा बढ्यो चहलपहल
उत्तरी छिमेकी चीन स्वशासित क्षेत्र तिब्बतको खासा भएर तातोपानी भन्सारमा आयात हुने सामानको परिमाण दोब्बरले वृद्धि भएको छ । भदौ १५ गतेदेखि मानव आवतजावत खुला भएपछि आयातमा वृद्धि भएको हो । साउनसम्म दैनिक तीनदेखि पाँच कन्टेनर सामान आयात हुन्थ्यो तर भदौ १५ गतेयता दैनिक २० गाडी सामान आयात भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले जानकारी दिनुभयो । दसैँ नजिकिँदै गर्दा नाकामा चहलपहल बढेको छ ।
एक खर्ब पैँतालिस अर्बभन्दा बढीको तरलता उपयोग
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कबाट एक खर्ब ४५ अर्ब ९० करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड रुपियाँ र ओभरनाइट तरलता सुविधामार्फत एक खर्ब ४४ अर्ब ७० करोड रुपियाँ गरी कुल एक खर्ब ४५ अर्ब ९० करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका हुन् । राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणमार्फत खुद आठ खर्ब ६४ अर्ब नौ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्कहरू) बाट अमेरिकी डलर ४६ करोड ३७ लाख खुद खरिद गरी ६१ अर्ब २२ करोड रुपियाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३१ करोड ९२ लाख खुद खरिद गरी ४० अर्ब ५३ करोड रुपियाँ तरलता प्रवाह गरिएको थियो ।
‘अन्तर्राष्ट्रिय विद्यालय दुध दिवस’ मनाइने
नेपालमा खुला कविता प्रतियोगिता गरी विद्यालय दुध दिवस मनाइने भएको छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार विश्वभर यो दिवस मनाइन्छ । यो दिन विश्वमा कुनै पनि स्कुल बन्द हुँदैनन् भन्ने मान्यता रहेको छ र सबै बालबालिकालाई दुधको महत्त्व बुझाई दुध तथा दुग्ध पदार्थबाट कोही पनि वञ्चित नहोस् भनी अन्तर्राष्ट्रिय विद्यालय दुध दिवस मनाउन सुरु गरिएको पाइन्छ ।