तस्करी नियन्त्रण गर्न सुनको कोटा वृद्धि
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चोरी तस्करी र अवैध कारोबार नियन्त्रणमा सघाउ पु¥याउन सुनको कोटा वृद्धि गरेको बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार मन्त्रालयमा आयोजना गरेको सुनचाँदी व्यवसायीसँगको छलफल कार्यक्रममा मन्त्री रिजालले आपूर्ति व्यवस्था सुनिश्चित भएपछि चोरी पैठारी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभएको हो । मन्त्रालयको रिफारिसमा नेपाल राष्ट्र बैङ्कले गत सातादेखि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था भएको छ । त्यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था कायम रहेको थियो ।
थप चार किलो सुन बरामद
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा थप चार किलो सुन बरामद भएको छ ।
सातै प्रदेशमा लगानी सम्मेलन गरिने
नेपाल उद्योग वाणिज्य महासङ्घले सातै प्रदेशमा प्रदेश सरकारसँगको सहकार्यमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । भारत तथा चीनको लगानी भित्र्याउन केन्द्र सरकारसँगको सहकार्यमा भारत तथा चीन केन्द्रित राष्ट्रियस्तरका सम्मेलनहरू आयोजना गर्ने महासङ्घले निर्णय गरेको हो ।
‘एमसिसी कार्यान्वयनमा सरकार प्रतिबद्ध’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसिसी) को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन र सडक निर्माणमा सरकारले पूर्ण सहयोग गर्ने बताउनुभएको छ । कुल ३१५ किलोमिटर लामो (नाङ्लेभारे–रातमाटे–हेटौँडा–दमौली–न्यु बुटवल) प्रसारण लाइन तोकिएको समयमा नै सम्पन्न गराउन सरकारले जिम्मेवारीका साथ काम गर्ने बताउनुभएको हो ।
सेयर बजारमा स्वस्थ प्रतिस्पर्धा जरुरी : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा स्वस्थकर प्रतिस्पर्धा जरुरी रहेको बताउनुभएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वल्र्ड इन्भेस्टर विक–२०२३ का अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले सर्वसाधारणको लगानी सुरक्षित गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
चाडपर्वमा चिनी अभाव नहुने
नेपालीका ठुला चाडपर्व (दसैँतिहार र छठ) मा चिनी अभाव नहुुने सरकारले जनाएको छ । बजारमा लगभग ५० हजार टन चिनी मौज्दात रहेकाले तत्कालै चिनीको अभाव नहुने बताइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य विषयमा अध्ययन गर्न विभागका निर्देशकको नेतृत्वमा गठित तीन सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनमा सोबारेमा उल्लेख गरिएको हो ।
ग्यासमा कर दक्षिण एसियाकै उच्च
सरकारले खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकमै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एसियाका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन तर मुलुकमा सरकारले ग्यासमा विभिन्न सात वटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको छ ।
कर्णालीमा ८२.९३ प्रतिशतमा ऊर्जाको पहुँच
कर्णालीमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँच पुगेको प्रदेशस्थित जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ ।
उपभोग नै नगरेको विद्युत् महसुल तिर्न सकिँदैनः उद्योगी
रुपन्देहीका उद्योगीले नेपाल विद्युत् प्राधिकरणले ट्रङ्कलाइनको नाममा उपभोग नै नगरेको विद्युत् महसुल असुल गर्न गरेको ताकेताप्रति गुनासो गरेका छन् ।
पशु कल्याण ऐन छिट्टै ल्याउन जोड
मस्यौदाका रूपमा रहेको पशु कल्याण ऐन चाँडै कार्यान्वयनमा ल्याउन जोड दिँदै सरोकारवालाले पशुलाई रक्षा र उसको कल्याणका लागि कडा कानुन बनाउने कुरामा जोड दिएका छन् । विश्व पशुपन्छी दिवस २०८० का अवसरमा ‘स्नेहा केयर’ र ‘नेपाल फार्मिङ एडभाइजरी काउन्सिल’ को सहयोगमा पशु सेवा विभागले आइतबार आयोजना गरेको ‘पशु कल्याण तथा पशु ढुवानी मापदण्ड कार्यान्वयनको अवस्था’ विषय अन्तव्रिर्mया कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका छन् ।
गाउँमा बिमा जनचेतना अभियान
ग्रामीणस्तरमा जनचेतना फैलाउन बिमा जागरण अभियान सञ्चालन गरिएको छ । ग्रामीणस्तरमा जीवन बिमा गर्ने सङ्ख्या निकै कम हुनु र सबैलाई बिमाको पहुँचमा ल्याउन यो जागरण अभियान सञ्चालन गरिएको हो । सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडलाई बिमा प्राधिकरणले हुम्ला जिल्लामा जीवन बिमा जागरण अभियान सञ्चालन गर्ने जिम्मा दिएको उक्त कम्पनीका भेरी क्षेत्रका क्षेत्रीय प्रबन्धक मोहन माझीले बताउनुभयो । उहाँले प्राधिकरणले दिएको जिम्मा अनुसार कम्पनीले महिनाको कम्तीमा एक पटक गाउँ गाउँमा पुगेर ग्रामीणस्तरमा जागरण अभियान सञ्चालन कार्य सुरु गरेको बताउनुभयो । यस क्रममा उक्त कम्पनीले पहिलो पटक खार्पुनाथ गाउँपालिकामा यो अभियान सञ्चालन गरेको हो ।
तातोपानी नाकामा चहलपहल
झन्डै साढे आठ वर्षपछि आयात निर्यात र दुईतर्फी सर्वसाधारण आउजाउ खुलेको तातोपानी नाकामा चहलपहल बढ्न थालेको छ । वि.सं. २०७२ वैशाख १२ को भूकम्पदेखि उक्त नाका भदौ १५ सम्म आंशिक सञ्चालनमा थियो तर अहिले पूर्ण रूपमा सञ्चालनमा आएको सो नाकामा बिस्तारै चहलपहल र कारोबारको गति बढ्न थालेको छ ।
बजार अनुगमनमा उच्च कैफियत देखियो
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०/८१ साउनयता बजार अनुगमन गरेकामध्ये ९८ प्रतिशत व्यावसायिक फर्ममा कुनै न कुनै कैफियत भेटिएको छ । विभागले २०८० साउनदेखि २०८१ असोज १२ गतेसम्म उपत्यकामा अनुगमन गरेका एक हजार १४६ व्यावसायिक फर्मको अनुगमन गरेकामा २६ वटा बाहेक सबैमा कुनै न कुनै कैफियत भेटिएको हो ।
सोल्टीको सेयर बेचेर जहाज किन्न सुझाव
नेपाल वायुसेवा निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले सोल्टी होटल लिमिटेडमा रहेको सेयर बेचेर नयाँ जहाज खरिद गर्न सुझाव दिएको छ । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको पाँच सदस्यीय समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई आफ्नो प्रतिवेदन बुझाउँदै उक्त सुझाव दिएको हो ।
शून्य बजेटवालाले पाए आंशिक बजेट
आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा बजेट शून्य पारिएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहतका निकायले बजेट पाएका छन्। बजेट नहुँदा काम रोकेका ती निकायले काम पनि सुरु गरेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहत १० निकायका १३६ वटा कार्यालयमा शून्य बजेट भएपछि त्यसको चौतर्फी विरोध गरिएको थियो। उक्त समस्या समाधानका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले पहल गरेपछि अर्थ मन्त्रालयले चार अर्ब ४५ करोड रुपियाँ विनियोजन गरेको हो ।
स्थिर सरकार भयो भने विकासले लय पक्रन्छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थिर सरकार भयो भने विकासले लय पक्रने बताउनुभएको छ ।
१३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै
नेपाल राष्ट्र बैङ्कले आज रु १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८-ग’ बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागिएको राष्ट्र बैङ्कले जनाएको छ ।
भिण्डीले बजार नपाएपछि किसान समस्यामा
व्यावसायिक उत्पादन गरिएको भिण्डी (रामतोरियाँ) ले बजार नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्रै भिण्डी लगाउँदै आएका किसानले यसपटक व्यावसायिकरूपमा खेती गरेका थिए ।
बाख्रापालनबाट वार्षिक सात लाख आम्दानी गर्दै आले
तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध हुनुहुन्छ । उहाँले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहनुभएको छ ।
दुध बेच्न अन्तर्राष्ट्रिय बजार खोज्दै व्यापारी
बढी भएको दुध बङ्गलादेशलगायतका देशमा पठाउने तयारीमा डेरी उद्योगी लागेका छन् । नेपाल डेरी एसोसिएसनले आफ्ना प्रतिनिधि बङ्गलादेश पठाएर अध्ययन गर्न लगाएको छ । बङ्गलादेश दु्ध लिन सकारात्मक छ, नियमित उपलब्ध गरायो भने नेपालबाट दुध खरिद गर्न उनीहरू तयार भएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताउनुभयो ।
तीन वर्षमा बाइस लाख करदाता थपिए
विगत तीन वर्षमा २२ लाखभन्दा बढी करदाता थपिएका छन् । करको दरभन्दा दायरा विस्तार गर्ने लक्ष्यलाई प्राथमिकता दिएको सरकारले करमा दर्ता हुनुपर्ने क्षेत्र विस्तार गर्दा करदाताको सङ्ख्या बढेको देखिन्छ । अर्थ मन्त्रालयका अनुसार २०७७ असारसम्म ३३ लाख ३७ हजारले स्थायी लेखा नम्बर लिएकामा २०८० असारसम्म उक्त सङ्ख्या बढेर ५५ लाख ५४ हजार नाघेको छ । यस हिसाबले विगत तीन वर्षमा २२ लाख १६ हजार करदाता थपिएका छन् ।
दुई अर्ब छयहत्तर करोडको चामल आयात
चालु आर्थिक वर्षको दुई (साउन र भदौ) महिनामा नौ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको दुई महिनामा खाद्यान्न आयात २२.८१ प्रतिशतले बढेर नौ अर्ब ३१ करोड ३८ लाख आठ हजार रुपियाँ बराबरको आयात भएको हो ।
बिमा व्यवसाय सबभन्दा बढी बागमतीमा
मुलुकभरकै निर्जीवन बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनासम्ममा सञ्चालित १४ निर्जीवन बिमा कम्पनीको व्यवसाय बागमतीमा केन्द्रित रहेको देखिएको हो । हाल देशभर सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीले सङ्कलन गरेको बिमा शुल्कमध्ये बागमती प्रदेशबाट सबैभन्दा बढी बिमा शुल्क सङ्कलन भएको छ भने कर्णाली प्रदेशमा सर्वाधिक कम भएको छ ।
वास्तविक समयमा बिजुली बेच्न अनुमति
नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही समयको भाउमा बिजुली बेच्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालमा उत्पादित ४४ मेगावाट विद्युत् भारतीय ऊर्जा बजारमा वास्तविक समय (रियल टाइम) मा बेच्न नेपाल विद्युत् प्राधिकरणलाई पहिलो पल्ट अनुमति दिएको छ । यसअघि नेपालले भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघिको बोलपत्र (डे अहेड बिडिङ) का आधारमा मात्र बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टाअघि बिडिङ गरी विद्युत् बेच्न पाउने भएको हो ।