चेक अनादरसम्बन्धी व्यवस्था समेटेर बैङ्किङ कसुर तथा सजाय विधेयक संसदमा दर्ता
बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले गत मङ्गलबार उक्त विधेयक दर्ता गराउनुभएको हो ।
उपभोक्ताको पहिलो रोजाइमा मुस्ताङको स्याउ
मुस्ताङको स्याउ भित्रिन थालेपछि बागलुङमा फलफूलको बजार फस्टाउन थालेको छ । असोज लागेसँगै मुस्ताङको स्याउले बागलुङमा बजार पाउन थालेको छ । पछिल्लो समय यहाँका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ देखिन्छ ।
भोलिदेखि देशैभर सहुलियत पसल सञ्चालन
भोलिदेखि सरकारले चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्दै छ । काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल राखेर पसल सञ्चालन गर्ने जनाएको हो ।
दसैँ बजार छैन उत्साह
दसैँ आएसँगै यो चाड मनाउन किनमेल गर्नेको घुइँचो बजारमा देखिन्छ । उपत्यकाबाट बाहिर जानेहरूका लागि त दसैँको किनमेल विशेष नै हुन्छ तर यसपालि दसैँको किनमेल गर्नेको भिडभाड पहिलो जस्तो देखिँदैन । उपत्यकका मुख्य मुुख्य बजारहरू न्युरोड, भोटाहिटी, असन, इन्द्रचोक, भाटभटेनी, लगनखेल, थिमीलगायत बजारमा दसैँको उत्साह खासै देखिँदैन । दसैँ आएसँगै एक महिनाअघिदेखि चहलपहल हुने बजार सुनसान जस्तै देखिन्छ । विगतका वर्षमा सडकपेटीदेखि ठुला–ठुला व्यापारिक मलमा दसैँलाई लक्षित गरेर सामान किनमेल गर्नेको भिड लाग्ने गरेकोमा यसपालि फाट्टफुुट्ट मात्र ग्राहक पुग्ने गरेका छन् । सडकपेटीमा पसल राख्न
राष्ट्र बैङ्कको निर्णयले आर्थिक सुधारमा सहयोग पुग्ने : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैङ्कको बोर्डले बिहीबार अघि सारेको नीतिगत निर्णयले आर्थिक सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै मन्त्री डा. महतले आर्थिक सङ्कटको असर केही देखिए पनि त्यसको सुधारमा ब्याजदरको ठुलो भूमिका हुने भएकाले राष्ट्र बैङ्कको कदम आवश्यक रहेको बताउनुभयो ।
जलकुम्भीबाट कम्पोस्ट मल
जैविक खेती प्रणालीलाई सहयोग पुर्याउने उद्देश्यले मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन सुरु गरिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षको सिमसार क्षेत्रमा रहेको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन थालिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रका किसानलाई जैविक खेती गर्न उत्प्रेरित गराउन मल बनाउन सुरु गरिएको कोशीटप्पु सिकाइ थलो (लर्निङ ग्राउन्ड्सका) अध्यक्ष राजकुमार सिंहले जानकारी दिनुभयो ।
बङ्गलादेशमा धागो निर्यातमा समस्या
बङ्गलादेशमा धागो निर्यातका लागि नाका खुला भएको लामो समय बित्दा पनि निकासी हुन सकेको छैन । नेपालबाट धागो निर्यात गर्न गत फागुनमा बङ्गलादेशले फूलबारी–बङ्गलाबन्ध नाका खुला गरे पनि अझै निर्यात हुन सकेको छैन । लामो समयदेखि बन्द रहेको सो नाका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खुला भएको थियो ।
नेपाल र रोमानियाबिच श्रम समझदारी
नेपाल र युरोपेली देश रोमानियाबिच शुक्रबार रोमानियामा द्विपक्षीय श्रम समझदारी (एमओयु) मा हस्ताक्षर सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबिच एमओयुमा हस्ताक्षर सम्पन्न भएको हो । श्रम मन्त्रालयका अनुसार रोमानियासँग भएको श्रम समझदारी नेपाली श्रमिकको हितलाई प्राथमिकतामा राखेर गरिएको छ । पछिल्लो समय रोमानिया नेपाली श्रमिकको रोजाइको श्रम गन्तव्य बन्दै गएको पनि छ । रोमानिया नेपाली श्रमिकका लागि सुरक्षित श्रम गन्तव्यका रूपमा रहेको र श्रम बजारको फराकिलो सम्भावना रहेकाले नेपाल र रोमानियाबिचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबिच श्रम क्षेत्रमा थप समझदारी भएको हो ।
२२ गतेदेखि अग्रिम बुकिङ खुला
सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २२ गतेबाट खुला हुने भएको छ। दसैँतिहार र छठ पर्वका लागि लामो तथा छोटो दुरीका सवारीको अग्रिम टिकट बुकिङ खुला हुने भएको हो। यातायात व्यवस्था विभागमा शुक्रबार बसेको ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
नेपालमा आर्थिक वृद्धिको ठूलो सम्भावना छ : जापानी केन्द्रीय बैंकका पूर्व गभर्नर कुरोदा
जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्व गभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौति रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउनु भएको छ ।
एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी
गाउँमै सञ्चालनमा गरेको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेचेर ती कृषकले उक्त आम्दानी गरेका हुन् । कृषक डिल्लीराम नेपाल एक वर्षमा १३ हजार नौ सय ७९ लिटर दूध बेचेर रु आठ लाख २३ हजार छ सय आम्दानी गरेको बताउनुहुन्छ ।
किसानलाई क्षतिपूर्तिको माग
औद्योगिकजन्य रसायनका कारण धान र उखु बालीमा क्षति पु¥याएको भन्दै कञ्चनपुर पुनर्वासका स्थानीय किसानले क्षतिपूर्तिको माग गरेका छन् । गएको साउन २४ र २५ गतेको बाढीका कारण डुबान भएको पुनर्वास नगरपालिका–२, ५, ७ र ९ मा धान र उखु नष्ट भएको थियो ।
सहकारी संस्था मर्ज
आर्थिक मन्दीका कारण सहकारी क्षेत्र प्रभावित बनिरहेको अवस्थामा काभ्रेपलाञ्चोक जिल्लामा रहेका दुई सहकारीबिच एकीकरण (मर्जर) सम्झौता भएको छ । जिल्लाको पनौती नगरपालिका–४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था र बनेपा–७ मा रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्थाबिच बुधबार मर्जर सम्झौता भएको हो ।
स्याउ ढुवानीमा सहयोग
बाजुराको मार्तडी–कोल्टी सडक मर्मत भएसँगै जिल्लाको मल्लो क्षेत्रमा उत्पादन गरिएको अर्गानिक स्याउ बिक्रीका लागि ढुवानीमा अनुदानको व्यवस्था गरिएको छ । बाजुरामा उत्पादन भएको अर्गानिक स्याउ बिक्रीका लागि जिल्लाभन्दा बाहिर लाने गरी पालिका र कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानको व्यवस्था गरेका हुन् । बाजुरामा उत्पादन भएको अर्गानिक स्याउले नजिक बजार नपाएपछि बाहिर लैजाने तयारी गरिएको स्याउ किसानले बताएका छन् । पछिल्लो समय बारीमा स्याउ राम्रो फल्ने गरेको भए पनि बिक्रीका लागि भने निकै समस्या हुने गरेको स्वामिकार्तिक–१, जोरुका स्याउ किसान धनबहादुर रावलले बताउनुभयो ।
नेपाल एयरलाइन्सको जहाजमा लापरवाही गर्ने दुई मेनेजरलाई कारवाही
नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दममका लागि उडेको नेपाल वायुसेवा निगमको विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना मेनेजरलाई कारबाही गरिएको छ ।
धुलिखेल अस्पताललाई जाइकाको अनुदान
धुलिखेल अस्पतालमा ट्रमा सेन्टर र आकस्मिक उपचार केन्द्र विस्तारका लागि जापान सरकारले दुई अर्ब ९२ करोड रुपियाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा बिहीबार एक कार्यक्रमबिच सचिव कृष्णहरि पुष्कर र नेपालका लागि जापानी राजदूत किकुता युताकाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
नार्क र एएफयुबिच सहकार्य
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र कृषि तथा वन विश्वविद्यालय (एएफयु) का पदाधिकारीबिच कृषि अनुसन्धान र शिक्षाका विषयमा सहकार्य गर्ने सहमति भएको छ । अध्ययन तथा शिक्षाको क्षेत्रमा एकअर्कालाई कसरी सहयोग गर्ने, त्यसको मापदण्ड, प्रक्रियालगायतको विषयमा विस्तृत छलफल गर्न दुवै पक्षबाट तीन–तीन जना रहने गरी कार्यदल गठन गरेको छ । कार्यदलले अध्ययन गरेर १५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउने सहमति भएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले जानकारी दिनुभयो ।
रैथाने बालीको परिकार प्रदर्शनी
हुम्लामा उत्पादन हुने रैथाने बालीको जिल्लास्तरीय परिकारको प्रदर्शनी गरिएको छ । पहिलो अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारी रैथाने बाली संरक्षण र प्रवर्धनका लागि परिकारको प्रदर्शनी गरिएको हो । कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीले जिल्लामा उत्पादन हुने रैथाने बालीको परिकारको एकदिने प्रदर्शनी गरिएको बताउनुभयो । स्थानीयले रैथाने बालीका अन्न लगाउन कम भएका बेला यसको संरक्षण, प्रवर्धन र बजारीकरणका लागि परिकारको प्रदर्शनी गरिएको हो । रैथाने बाली चिनो, फापर, कोदो, कागुनोको परिकार तयार पारी प्रदर्शनी गरिएको उहाँले बताउनुभयो ।
दुई युरोपेली देशसँग श्रम समझदारी गरिँदै
युरोपेली देश जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्ने गरी सरकारी टोली रोमानियातर्फ प्रस्थान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीको नेतृत्वमा श्रमसचिव केवलप्रसाद भण्डारीसहित पाँच सदस्यीय टोली बुधबार रोमानिया प्रस्थान गरेको हो । श्रममन्त्री भण्डारी नेतृत्वको टोलीले असोज १९ गते शुक्रबार रोमानियासँग श्रम समझदारी (एमओयु) गर्ने छ भने असोज २३ गते मङ्गलबार जर्मनीसँग श्रम समझदारी (एमओयु) गरिने छ ।
देशभित्रै सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिनुपर्छ : अर्थमन्त्री डा. महत
बदलिँदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले सुझाव दिनुभयो ।
तातोपानी नाकामा चहलपहल बढ्यो
दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामाग्री, विद्युतीय सामान चीनका विभिन्न क्षेत्रबाट नेपाली व्यापारीले ल्याउन थालेका छन् ।
नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ र २०२४ मा ३.९ प्रतिशत : विश्व बैंक
विश्व बैंकले साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो । नेपालले सन् २०२४ मा तीन दशमलव नौ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
अझै सुरु भएन औद्योगिक क्षेत्रको निर्माण
बुटवलको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भएको तीन वर्ष भएको छ तर औद्योगिक क्षेत्र निर्माणको कामले भने अझै गति लिएको छैन । विसं २०७७ फागुनमा मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास गरिएको थियो । औद्योगिक क्षेत्रको जग्गाको विषयमा विवाद हुँदा निर्माणको काम अघि बढ्न नसकेको हो ।
पशुलाई आठ घण्टाभन्दा बढी हिँडाए जरिबाना
पशु सेवा विभागलगायत अन्य सरोकारवालाले विभिन्न कार्यक्रम गरी बुधबार विश्व पशु दिवस मनाएका छन् । सन् १९२९ देखि प्रत्येक अक्टुबर ४ का दिन यो दिवस मनाउन सुरु गरिएको हो । पशुको कल्याण र यसको संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । पशु कल्याणका लागि विभागले विभिन्न निर्देशन तथा मापदण्ड बनाएको छ ।