भरतपुरमा कबाड सामान ढुवानीमा कर लगाउने तयारी
पुनर्प्रयोग आउने वस्तु (कबाड) को ढुवानीमा भरतपुर महानगरले कर लगाउने तयारी गरेको छ । भरतपुर महानगरमा उत्पादन भएर महानगरभन्दा बाहिर ढुवानी हुने कबाड सामानबाट महानगरले राजस्व उठाउने लक्ष्य लिएको हो । कर सङ्कलनकै लागि महानगरले टेन्डर आह्वान गरिसकेको छ ।
दुई महिनामा उनन्चालिस अर्बको इन्धन आयात
दुई महिनाको अवधिमा चार लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुुई महिना (साउन, भदौ) मा इन्धन (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन, ग्यास) को आयात १९ प्रतिशतले बढेर ३९ अर्ब १२ करोड रुपियाँ बराबरको चार लाख १९० किलोलिटर इन्धन आयात भएको हो । अघिल्लो वर्ष सो अवधिमा तीन लाख ८९ हजार ८२० किलोलिटर इन्धन आयात भएको थियो ।
चिनी गोदामको सिलबन्दी फुकुवा
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अभाव भएका बेला ७० हजार केजी (सात टन) चिनी भण्डारण गरेको आरोपमा सिलबन्दी गरेको व्यावसायिक फर्मलाई जरिबाना गरेर सिलबन्दी फुकुवा गरेको छ । विभाग नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले कुलेश्वरमा रहेको गुह्येश्वरी ट्रेड लिङ्कको गोदामलाई तीन लाख रुपियाँ जरिबाना गरेर सिलबन्दी फुकुवा गरेको हो ।
एक वर्षदेखि रोकिएको सम्परीक्षण सुरु
पछिल्लो एक वर्षदेखि रोकिएको सम्परीक्षण प्रक्रिया सुरु भएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आज बेरुजु सम्परीक्षण सम्बन्धमा मुख्यसचिव, सङ्घीय संसद्का महासचिव, कार्यवाहक महालेखापरीक्षक र विभिन्न मन्त्रालयका कर्मचारीसँग छलफल गरेको छ ।
कार्गाे भवन प्रवेशका लागि ’फ्ल्याप गेट’ सञ्चालनमा
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आजदेखि कार्गाे भवनमा प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ । अनाधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्ने उद्देश्यले यो गेट सञ्चालनमा ल्याइएको भन्सार कार्यालयले जनाएको छ ।
कालीगण्डकी प्रसारण कोरिडोर : खुर्कोट–न्यु बुटवल खण्डको परीक्षण सफल
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत पर्वतको खुर्कोट–न्यूबुटबल खण्डको परीक्षण सफल भएको छ । कालीगण्डकी कोरिडोरको दुई सय २० केभी प्रसारण लाइनअन्तर्गत यो खण्डको काम पूर्ण भएपछि असोज १० गतेदेखि चार्जिङ सुरु भएको थियो ।
तरकारी खेतीबाटै मनग्य कमाउँछन् पुष्कर
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र काँक्रो मात्रै अहिले एक हजार आठ सय बोट लगाउनु भएको छ । सबै बोटमा लटरम्मै काँक्रो फलेको छ ।
जङ्गली हात्ती उखुबालीमा पसेपछि ...
बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित हुनुहुन्छ । कृषि विकास बैंकबाट रु १० लाख ऋण निकालेर उहाँले उखुखेती गर्नुभएको थियो ।
दसैँकाे चहलपहल : किनमेलको तरिका बदलिँदै
चाडबाड नजिकिएसँगै बजारमा चहलपहल बढ्दो क्रम जारी छ । सूचना प्रविधिको आजको युगमा अनलाइनमार्फत आफूलाई चाहेको वा मन परेको सामान घरैमा उपलब्ध हुने सहज वातावरण बनेको छ । आधुनिक प्रविधिको प्रयोगसँगै सरसामान खरीदबिक्रीको तौरतरिका पनि बदलिँदै गएको अवस्था छ ।
'हाम्रो पे'को क्युआरमा भुक्तानी गर्दा कोइली कराउने
हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट 'हाम्रो पे'बाट भुक्तानी गर्दा अब कोइली कराउने भएको छ । बीज क्राफ्ट कम्पनीले तयार पारेको कोइली नामक अडियो उपकरण तथा साउन्ड बक्समार्फत हाम्रो पेको भुक्तानी सफल भएको जानकारी आवाजमै सुन्न सकिने भएको हो ।
कलिलो एभोकाडो बिक्री नगर्न आग्रह
सिजन अगावै एभोकाडो बजारमा पाउन थाले पछि धनकुटा नगरपालिकाले हतारमा एभोकाडो टिपेर बजार नपुर्याउन किसानसँग आग्रह गरेको छ ।
भित्र्याउने बेलाको मार्सीधानमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण
जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगको सङ्क्रमण देखापरेको छ । भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन् ।
बजार झरे मुुस्ताङी च्याङ्ग्रा
दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् ।
दुई अर्ब बिस करोड मानिसलाई स्वच्छ पानीको अभाव
‘जीवन र खाद्यको आधार हो पानी’ मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी ४३ औँ विश्व खाद्य दिवस मनाइरहेको छ । खाद्य दिवसको उपलक्ष्यमा कृषि विभागले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महìवबारे जनचेतना जोगाउन, भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्न विश्वभर नै यो दिवस मनाउँदै आएको जनाएको छ ।
दुई अर्ब लगानीमा फ्रेन्च फ्राइज उद्योग
दुई अर्ब रुपियाँको लगानीमा फस्ट च्वाइस फुड्स प्रालिले रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, मैनहियामा आलुबाट बन्ने फ्रेन्च फ्राइज उत्पादन सुरु गरेको छ । फस्ट च्वाइस फुड्स प्रालिले गत साउन २ गतेदेखि गरेको परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक रूपमै उत्पादन थालेको जनाएको छ । उद्योगले नेपालमै पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन सुरु गरेको हो । उद्योगका सञ्चालक कृष्णप्रसाद पौडेलले भौतिक संरचना निर्माण र मेसिन
नेपाल र जर्मनीबिच श्रम समझदारी
जर्मनी नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा नेपाल र जर्मनी सरकारबिच द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर सम्पन्न भएको छ । जर्मनीमा मङ्गलबार भएको एक औपचारिक कार्यक्रममा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र जर्मनी सरकारको तर्फबाट त्यहाँको मानव संसाधन मन्त्रालयका उच्च प्रतिनिधिबिच नेपालबाट शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने विषयको समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । युरोपेली देश रोमानियासँग श्रममन्त्री भण्डारी नेतृत्वको उच्चस्तरीय टोलीले गएको शुक्रबार मात्र द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो ।
दशैँका लागि विक्रीमा ल्याइदै च्याङग्रा
दसैँका लागि देशका विभिन्न ठाउँको सहरमा निकासीका लागि उपल्लो मुुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैँका लागि मुुस्ताङबाट भेडाच्याङग्रा निकासी हुुन थालेको छ ।
कालीगण्डकी कोरिडोर प्रसारण लाइन निर्माण सम्पन्न
रुपन्देही र आसपासका जिल्लामा दिगो र पर्याप्त विद्युत् उपलब्धता र पूर्वी नेपालको विद्युत् प्रसारण लाइनसँग आबद्धता बढाउने उच्च क्षमताको कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन तयार भएको छ । कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गर्नका लागि एक हजार दुई सय मेगावाट क्षमता विद्युत् आपूर्ति गर्ने क्षमताको प्रसारण लाइन सोमबारदेखि चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
भारतबाट धेरै वैदेशिक लगानी
मुलुकमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९ असार मसान्तसम्म नेपालमा ५७ देशको दुई खर्ब ६४ अर्ब लगानी भित्रिएको छ । जसमा सबैभन्दा धेरै भारतको ८८ अर्ब ५९ करोड रहेको छ । दोस्रोमा चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिङ्गापुरबाट १६ अर्ब सात करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब नौ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
आन्तरिक उडान भरिभराउ
दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् । काठमाडौँबाट उडान हुने गन्तव्यमध्ये केही गन्तव्यमा दसैँसम्मका सबै टिकट बुक भइसकेका छन् भने उपलब्ध टिकटमध्ये महँगो हवाई भाडा भएका गन्तव्यका मात्रै टिकट उपलब्ध छन् ।
चिनी नपाएको उपभोक्ताको गुनासो
चाडबाडलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको गुनासो आमउपभोक्ताले गरेका छन् ।
तल्लो सेती जलविद्युतमा एडिबी र जाइकाको चासो
तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैङ्क (एडिबी) ले चासो देखाएका छन् ।
नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घट्यो
यो साता कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ को बिन्दुमा कायम भएको छ ।
दिगो विकासका लक्ष्य पूरा गर्न ऐन कानुन सुधार गर्न आवश्यक : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरू पूरा गर्न सरकारले ऐन कानुन र नीतिहरू सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।