• १२ असार २०८१, बुधबार

टेलिकमले ल्यायो अटम अफर

blog

काठमाडौँ, असोज २५ गते । नेपाल टेलिकमले बिहीबारदेखि लागु हुने गरी अटम अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत टेलिकमको नेटवर्कभित्र १३ रुपियाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म असीमित कुराकानी गर्ने सुविधा उपलब्ध हुने छ । सोही प्याकमा १३ रुपियाँमै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म असीमित कुराकानीको सुविधा पनि उपलब्ध हुने टेलिकमले जनाएको छ ।

अटम अफर अन्तर्गत नै १८ रुपियाँमा एक दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा पनि उपलब्ध हुने छ । त्यस्तै ९५ रुपियाँमा सात दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जिबी डेटा उपलब्ध हुने पनि टेलिकमले जनाएको छ ।  

कम्पनीले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड ६३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराउने भएको छ । यस अनुसार ६३६ रुपियाँमा टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वाइस, १५० मिनेट अन्य नेटवर्कमा भ्वाइस, सबै नेटवर्कमा दुई सय वटा एसएमएस र नौ जिबी डेटासहितको प्याकेज उपलब्ध हुने छ । सो प्याकेज २८ दिनसम्म चलाउन सकिने छ ।