पर्यटकको मन जित्ने मुस्ताङको मौलिक संस्कृति
मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् ।
दसैँको चहलपहल देखिए पनि व्यापार छैन
दोलखाको सदरमुकाम चरीकोट बजारमा दसैँको चहलपहल देखिए पनि खासै व्यापार नभएको व्यापारीहरूको गुनासो रहेको छ । कपडा पसलमा फाट्टफुट्ट ग्राहक छन् । रेडिमेड कपडा पसलमा अलि छन् तर खासै व्यापार भएको छैन । एमके स्टोरका मनोज श्रेष्ठले भन्नुभयो, पहिले पहिलेको जस्तो व्यापार छैन । यो बेला त पसलमा खचाखच हुन्थ्यो । अहिले त नगन्य व्यापार भइरहेछ । जीवन जिउन गारो छ ।
जर्मनीमा श्रमका लागि अबको तीन महिनामा आवेदन
सरकारले जर्मनीमा नेपाली श्रमिकका लागि संस्थागत व्यवस्थाबाट लैजान अबको तीन महिनापछि आवेदन खुलाउने तयारी गरेको छ । सम्झौता अनुसार जर्मनीले नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजान अबको तीन महिनापछि आवेदन खुलाउने गरी तयारी गरेको हो । सम्झौता अनुसार नेपाली श्रमिकलाई जर्मनीमा एक वर्ष व्यावसायिक तालिम प्रदान गरी सम्बन्धित क्षेत्रमा रोजगारी उपलब्ध गराउने छ ।
बढ्न थाल्यो सुनको मूल्य
पछिल्लो समय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । पछिल्लो १० दिनमा बजारमा सुनको मूल्य तीन हजार पाँच सय रुपियाँले बढेको हो । गत १६ असोजमा मूल्य घटेर प्रतितोला एक लाख छ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर एक लाख १० हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । लामो समयदेखि बढ्दै गएको सुुनको मूल्य अमेरिकी फिडर बैङ्कले ब्याजदर बढाएपछि असोज दोस्रो सातादेखि मूल्य घट्न थालेको थियो । महासङ्घका अनुसार पछिल्लो समय इजरायल प्यालेस्टाइन युद्धको प्रभावले यो साता सुनको मूल्य बढेको छ । सोही प्रभावले कच्चा तेलको मूल्य पनि बढ्न सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् ।
ब्याजदर घटाउन पर्यटन व्यवसायीको माग
होटल सङ्घ पोखराले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई टिकाउन सहजीकरणको माग गर्दै नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार कायम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगनमलाई तीव्र बनाएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन कार्यायोजनाअनुसार सरोकार भएका निकायको समन्वयमा १० वटा विषयगत र दुई वटा विशेष निगरानी टोली खटाएर बजार अनुगमन गरिरहेको छ ।
तराईबाट २३ हजार लिटर दूध खरिद
हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ । सङ्कलितमध्ये आवश्यकता अनुसार काठमाडौँ, विराटनगर र चितवनमा दैनिक १६ हजार पाँच सय लिटर धुलो दूध उत्पादनका लागि पठाउने गरिएको आयोजना कार्यालयले जनाएको छ ।
तरकारी खेतीमा मल्चिङ प्रविधि
वराहक्षेत्र नगरपालिका–९ का ५७ वर्षीय सत्यनारायण चौधरी सात वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ । गाउँघरमा कृषि कामदार नपाउँदा चौधरीले प्रविधिको प्रयोग गरेर मौसमी र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । चौधरी गाउँमा प्रविधिको प्रयोग गर्ने प्रतिनिधि किसान हुनुहुन्छ ।
१० मेगावाटको सौर्य ऊर्जा निर्माण अन्तिम चरणमा
कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जा काम करिब ९० प्रतिशत पूरा भइसकेको छ ।
पर्यटकलाई दसैँका परिकार
दसैँको समयमा नेपालमा खाइने स्थानीय रैथाने खानाका परिकार होटल, रेस्टुराँको मेनुमै राखेर होटल सङ्घ नेपाल (हान) ले रैथाने खाना प्रवर्धन गर्ने भएको छ । दसैँको बिदामा कतिपय रेस्टुराँसमेत पूर्ण रूपमा सञ्चालनमा नआउने भएकाले होटलहरूले घर–घरमा खाइने खाना नेपाल घुम्न आएका विदेशी पाहुनालाई विशेष छुटका साथ पस्कने हानका सदस्य होटलहरूले जनाएका छन् । उक्त कार्यक्रम असोज २८ देखि कात्तिक ११ सम्म हुने हानले उल्लेख गरेको छ ।
लुक्लामा एकै दिन बयसट्ठी उडान
मौसममा सुधार आएसँगै बिहीबारदेखि लुक्ला उडान पुनः सुचारु भएको छ । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि लुक्ला–रामेछाप उडान प्रभावित हुन पुगेको थियो । मौसममा सुधार आएपछि बिहीबार रामेछापको मन्थली विमानस्थलबाट सोलुखम्बुको तेन्जिङ हिलारी विमानस्थलमा ६२ वटा जहाज ओहोरदोहोर गरेका छन् । त्यस्तै बिहीबार दिनभर ८० भन्दा बढी पटक हेलिकोप्टरले दोहोरो उडान गरेको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ ।
सत्तरी हजार घरपरिवार कृषिमा आबद्ध
काभ्रेपलाञ्चोक जिल्लामा करिब ७० हजार घरधुरीले कृषि पेसा अँगालेको पाइएको छ । हालै सार्वजनिक भएको ‘राष्ट्रिय कृषि गणना २०७८’ को तथ्याङ्क अनुसार जिल्लाका कुल घरपरिवारमध्ये ७६.५ प्रतिशत अर्थात् ६९ हजार ९४१ घरपरिवार कृषि पेसामा आबद्ध छन् ।
प्रदेशमा लगानीको वातावरण बढाइने
प्रदेशहरूमा लगानीको वातावरण बढाउन सरकारले प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले विश्व बैङ्क, स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसी) र अन्तर्राष्ट्रिय वित्त निगमको सहयोगमा आयोजित ‘पिका’ सम्बन्धी कार्यशालामा उक्त घोषणा गरिएको हो ।
दसैँको छुट बजार : छुटका नाममा लुट धेरै
दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ताचप्पललगायतका सामानको कारोबार धेरै हुन्छ । सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दसैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ताचप्पललगायतका सामान १०० प्रतिशतसम्म छुट भन्दै बिक्रीका लागि राखिएका छन् । छुट भनिएका बजारमा किन्ने उपभोक्ताको त्यत्तिकै भिड छ । दसैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदाखानेको पनि भएकाले सबै वर्गका नागरिकको बजारमा भिड लाग्छ । लत्ताकपडा र जुत्ताचप्पललगायतका सामान बिक्री गर्ने व्यापारी चाडपर्वमा सबै वर्गका व्यक्तिले आफ्ना परिवार वा छोराछोरीका लागि नयाँ कपडा र जुत्ता किन्ने चलन पहिलेदेखि नै भएकाले त्यस्ता वर्गलाई केही राहत पुगोस् भनेर छुटको व्यवस्था गरेको दाबी गर्छन् ।
पशुपति स्प्रिङ वाटरलाई एक लाख जरिवाना
काठमाडौँ महानगरपालिकाको बजार अनुगमन समितिले पशुपति स्प्रिङ वाटर उद्योगलाई आज एक लाख रुपियाँ जरिवाना गरेको छ । समितिले खानेपानीमा किरा परेको भन्दै उद्योगलाई एक लाख रुपियाँ जरिवाना गरेको हो ।
अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोग महत्त्वपूर्ण हुनेछ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै पक्ष र क्षेत्र जिम्मेवारीका साथ सामूहिक प्रयासमार्फत अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
‘मास प्रिन्टर’ खरिदका लागि बोलपत्र आह्वान
यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ठुलो क्षमताको मेसिन (मास प्रिन्टर) खरिदका लागि चौँथो पटक बोलपत्र आह्वान गर्न लागेको छ ।
अर्थतन्त्रका समस्या समाधान गर्न ‘बोल्ड डिसिजन’ आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न बोल्ड डिसिजनको आवश्यकता रहेको बताउनुभएको छ ।
सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमै छैन चिनी
सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा चिनीको अभाव देखिएको छ । सरकारले गत २१ गतेबाट सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा वितरणका लागि राखेको चिनी दुई दिनमै सकिएपछि चिनीको अभाव भएको हो ।
कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुने
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका केही स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । गोरखापत्र दैनिकमा बिहीबार सूचना प्रकाशन गर्दै प्राधिकरणले विद्युत् आपूर्ति प्रभावित हुने जनाएको हो ।
कोरियन उपप्रधानमन्त्रीसँग अर्थमन्त्री महतको भेटवार्ता
अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले नाफा कमाई रहेको भन्दै कोरियन कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गर्नुभएको छ । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चूँ क्यूङसँगको दुई पक्षीय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताउनुभयो ।
प्रविधिले धान उत्पादन लागत घट्यो
जिल्लाको सबैभन्दा ठुलो फाँट झिमरुकमा यति बेला किसानहरू धान काट्ने र भिœयाउने चटारोमा देखिन्छन् । किसानलाई केही वर्षयता मेसिन, औजारको सहयोगले धान भित्र्याउन पाउँदा सहज भएको छ । दसैँतिहार जस्ता चाड नजिकिइसकेकाले जति सक्यो छिटो खेतको काम सकेर आनन्दले चाडपर्व मनाउने सोचमा किसान रहेका छन् । प्युठान नगरपालिका–४, जिवारका आशिष कार्कीले थ्रेसर मेसिनबाट धान भित्र्याउँदा छिटो र लागतसमेत घटेको बताउनुभयो । “मानिसले काम गर्दा दिनभर लाग्थ्यो,” उहाँले भन्नुभयो, “मेसिनबाट एकैछिनमा सकियो ।” मेसिनबाट धान झाँट्दा लागतसमेत आधा कम भएको उहाँको भनाइ छ ।
चामलमा अनुदानले बिक्री बढ्यो
दसैँतिहार र छठसम्म सरकारले सरकारी स्वामित्वको निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत वितरण हुने चामलमा छुट दिएपछि बिक्री बढेको छ । सरकारी अनुदानले प्रतिकिलो चामलमा सात रुपियाँ घटेपछि उपभोक्ता चामल लिन लाइन लाग्न थालेका छन् । असोज २१ गतेबाट अनुदानमा वितरण हुन थालेको जिरा मसिनो चामल चार दिनमा दुई सय क्विन्टल बेचिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्म शाखाका वितरक कर्णप्रसाद आचार्यले चार दिनमा दुई सय क्विन्टल चामल वितरण भएको बताउनुभयो । प्रतिकिलो सात रुपियाँ घट्दा २५ किलो चामलको बोरामा साबिकको मूल्यभन्दा १७५ रुपियाँ कम हुँदा उपभोक्ता खुसी पनि भएका छन् ।
काठमाडौँ महानगरले दुई महिनामा एक अर्ब १७ करोड राजस्व असुल
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले रु ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो ।