‘पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन’
“व्यापार गर्न ठूलो लगानी चाहिन्छ रु होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ ।”
पोल्ट्री व्यवसाय संकटमा : व्यवयायी भन्दछन् ‘हाम्रा कुरा कसैले सुनेन’
सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भरमा छन् । उनीहरुलाई बैंकको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर छ ।
पत्तालेमा व्यावसायिक स्याउ उत्पादन सुरु
करिब छ करोड लगानीमा सुरु गरिएको सोलुखुम्बुको पत्तालेमा व्यावसायिक स्याउ उत्पादन सुरु भएको छ । कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङलगायत डिल्ली गुरुङ, कृष्ण केसी र यगेन्द्रबहादुर कार्कीले करिब छ करोड लगानीमा सुरु गर्नुभएको स्याउ फार्मबाट उत्पादन सुरु भएको हो ।
अनुगमन धेरै उपलब्धि थोरै
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०/८१ को चाडपर्वलक्षित बजार अनुगमनमा केहीबाहेक सबैमा केही न केही कैफियत भेटिएको छ । विभागको नेतृत्वमा गएको असोज १ देखि सुरु भएको चाडपर्वलक्षित संयुक्त बजार अनुगमनका क्रममा अधिकांशमा कैफियत भेटिएको हो । विभागका अनुसार गएको असोज १ देखि २२ सम्म ५९७ वटा व्यावसा
एप्पलको सोना मन्सुली चामल बिक्रीवितरणमा प्रतिबन्ध
नवलपुरमा एप्पलको सोना मन्सुली चामलमा अखाद्य वस्तुको मिसावट भेटिएपछि बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको छ । पवनपुत्र खाद्य उद्योग प्रालि वीरगन्जको एप्पल सोना मन्सुली चामलमा अखाद्य मिसावट भेटिएपछि बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको हो । मध्यबिन्दु नगरपालिकाको आरुङखोला कोटथरमा आइतबार गरिएको बजार अनुगमनका क्रममा चामलमा अखाद्य वस्तु फेला परेपछि त्यसको वितरक कम्पनी समीक्षा इन्टरप्राइजेज, कावासोतीमा सोमबार अनुगमन गरिएको थियो ।
चोभार सुक्खा बन्दरगाहमा बढ्यो चहलपहल
चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि इलेक्ट्रिक सवारीसाधन आउन सुरु भएको छ । चोभार सुक्खा बन्दरगाहमा सुरु अवस्थामा कन्टेनराइज्ड कार्गो मात्र आउने गरेकामा गत असारबाट चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधनसमेत आउन सुरु गरेको हो ।
जिराको मूल्य आकासियो
एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपियाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सय रुपियाँले बढेर हाल बजारमा एक हजार २५० रुपियाँदेखि एक हजार चार सय रुपियाँको हाराहारीमा पुगेको छ । जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने गर्छ । भारतमा जिराको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पाँच/छ महिनादेखि लगातार जिराको मूल्य बढ्दा त्यसको प्रभाव आमउपभोक्तालाई पर्न गएको छ । थोक बिक्रेता सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भारतमै जिराको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढ्न गएको बताउनुभयो । “भारत वा विश्वबजारमा जिराको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्ने नै हो किनभने हामीकहाँ यसको खेती छैन,” उहाँले भन्नुभयो, “नेपालमा उपभोग हुने जिराको कुल परिमाणमध्ये झन्डै ९० प्रतिशत भारत र आठ प्रतिशत टर्कीबाट आयात हुन्छ, बाँकी दुई प्रतिशत कतार र बेल्जियमबाट आयात हुन्छ ।”
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ को बिन्दुमा कायम भएको हो ।
राष्ट्र बैंकको निर्देशनले उद्योगी व्यवसायीको मनोबल बढ्ने आशा : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले उद्योगी व्यवसायीहरुको थोरै भए पनि मनोवल बढ्ने आशा जगाएको बताउनुभएको छ ।
अनुदानले बनायो व्यावसायिक बङ्गुर पालन
यहाँका एक युवाले सरकारी अनुदान पाएपछि व्यावसायिक बङ्गुर पालन थाल्नुभएको छ । पैसाको अभावमा खोर निर्माण र बङ्गुर खरिद गर्न समस्या भोग्दै आउनुभएका बेनी नगरपालिका ३ भकिम्ली राँखुका खिमबहादुर पुनले सरकार स्तरबाट अनुदान पाएपछि व्यवस्थित खोर निर्माण गरी व्यावसायिक रूपमा बङ्गुर पालन थाल्नुभएको हो ।
बाख्राको दूधबाट बनेको चिजको माग उच्च
राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन प्रजातिको बाख्राबाट चिज उत्पादन गर्दै आएको छ ।
गहुँका लागि मल व्यवस्थापन गरिँदै
कृषि तथा पशुपन्छी विकास मन्त्रालय गहुँ तथा नगदेबालीका लागि मल व्यवस्थापनमा लागिसकेको छ । यस पटक धान रोपाइँको सिजनमा मल अभाव हुन नदिएको मन्त्रालयले गहुँ तथा नगदेबालीमा पनि अभाव हुन नदिने गरी तयारी थालिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख विष्णु पोखरेलले बताउनुभयो ।
योजनाबद्ध रूपमा बजार अनुगमन गर्न निर्देशन
सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालले बजारमा माग र आपूर्तिको अवस्था बुझेर योजनाबद्ध रूपमा बजार अनुगमन गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “बजारमा कुन वस्तुको माग कति हो, त्यसको मूल्य र आपूर्ति सहज भए वा नभएको सबै बुझेर बजार अनुगमन गर्न सक्नु पर्छ । अनि मात्रै उपभोक्ताले बजार अनुगमनको महसुस गर्न सक्छन्, त्यस कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालयले स्थानीय पालिकासमेत समन्वय गरेर अनुगमन गर्नु पर्छ ।”
‘टेरामोक्सले कल रेकर्ड गर्दैन’
दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण/न्यूनीकरण गर्न तथा सेवाप्रदायकको नेटवर्कबाट हुने कलको मापन गर्न प्राधिकरणले कार्यान्वयनमा ल्याउन लागेको टेलिकम्युनिकेसन्स ‘ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स)’ ले व्यक्ति व्यक्तिबिच फोनकल रेकर्ड नगर्ने नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्ट पारेको छ ।
दसैँको मुखमा अखाद्य वस्तुको बिगबिगी
बागलुङ बजारका चोकचोकका पसलमा अहिले रङ्गीचङ्गी झिनियाँ पाइन्छ । उक्त आकर्षक रङ्ग प्रयोग गरिएको झिनियाँ अखाद्य वस्तु भएकाले स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ ।
किवी खेतीतर्फ आकर्षित हुँदै बेझाङवासी
बेझाङमा नमुनाका रूपमा स्थानीय दीपक गुरुङले गरेको किवी खेतीबाट उत्पादन राम्रो भएपछि क्रमशः उक्त खेतीतर्फ स्थानीय आकर्षित हुँदै गएको हिले बेझाङ मझकटेरी टोल विकास समितिका अध्यक्ष अग्निप्रसाद ढकालले बताउनुभयो ।
आजदेखि दसैँलक्षित सहुलियत पसल सञ्चालन
चाडपर्वलक्षित सहुलियत पसल आइतबार (आज) देखि उपत्यकासँगै बाहिरी जिल्लामा सञ्चालन हुँदै छन् । सरकारले चाडपर्वमा उपभोक्तालाई राहत दिन उपत्यकासँगै उपत्यकाबाहिरका विभिन्न जिल्लामा सहुुलियत पसल सञ्चालन गर्न लागेको हो । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान (डिडिसी) र साल्ट टे«डिङ कर्पोरेसनमार्फत सहुलियत पसल सञ्चालन हुन लागेका हुन् ।
गाईको गोबरबाट धुपबत्ती र दियो बनाउन थालियो
कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको हो ।
सुल्झिएन प्राधिकरणको ट्रङ्क लाइन बक्यौता विवाद
नेपाल विद्युत् प्राधिकरणको ट्रङ्क लाइन बक्यौता विवादका कारण रुपन्देहीका उद्योगी थप त्रसित भएका छन् । अदालतमा विचाराधीन मुद्दाका विषयमा पनि प्राधिकरणले सूचना निकालेपछि आफूहरू थप तनावमा परेको उनीहरूको गुनासो छ । बुटवल–भैरहवा औद्योगिक कोरिडोरका उद्योगीहरूलाई नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क लाइन बिलिङबापतको रकम तिर्न ताकिता गरेपछि उद्योगीहरू पुनः त्रसित बनेका हुन् ।
सिङमा हरियो रङ लगाइएका चौपाया खरिद गर्न आग्रह
काठमाडौँ महानगरपालिकाले दसैँमा बिक्री गरिने खसी बोकालगायत पशुको स्वास्थ्य परीक्षण गर्ने भएको छ । आगामी असोज २४ देखि दसैँसम्म चौपायाको स्वास्थ्य परीक्षण गरिने काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले जनाएको छ । विभागका प्रमुख डा. अवधेश झाले चाडपर्वमा उपभोक्तालाई स्वस्थकर मासु उपलब्ध गराउने उद्देश्यसहित महानगरपालिकाले खसीबोकालगायत पशुको स्वास्थ्य परीक्षण गर्न लागेको जानकारी दिनुभयो । विगतमा दसैँमा विभिन्न रोगले ग्रस्त पशुको मासु बिक्री गरेको पाइएकाले यो वर्ष पशुको स्वास्थ्य परीक्षण गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार खसीबोकालगायतको चौपाया बिक्री गरिने मुख्य बजारका रूपमा रहेको कलङ्की, प्रदर्शनीमार्गस्थित टुकुचा खोला किनार, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वास्थ्य परीक्षण गरिने छ ।
एक हप्ताभित्र दुधको भुक्तानी दिन निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले दुध किसानको बक्यौता रकम एक हप्ताभित्र भुक्तानी गर्न दुध विकास संस्थान (डिडिसी) तथा निजी डेरी उद्योगीलाई निर्देशन दिनुभएको छ । डेरी उद्योगीले दुध किसानलाई भुक्तानी गर्न करिब छ अर्ब रुपियाँ बाँकी छ । ती सबै रकम दसैँअघि नै भुक्तानी गर्न मन्त्री भुसालले निर्देशन दिनुभएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बताउनुभयो । बोर्डले आयोजना गरेको कार्यक्रममा त्यस्तो निर्देशन दिनुभएको हो । मन्त्री भुसालले दुध तथा दुग्ध पदार्थको अवैध आयात रोक्न नाकामा अनुगमन कडा गरिने र मिल्क होलिडे हुन नदिने गरी किसान र उद्योगीका लागि आवश्यक वातावरण बनाउने बताउनुभयो ।
आत्मनिर्भर बन्दै महिला
कुनै बेला गाउँमै कसैले पैसा सापटी माग्यो भने मुन्टो बटारेर भाग्ने गर्थे, आज उहाँ ती दिन सम्झँदा आँखाबाट आँसु झार्नुहुन्छ । दुःखमा साथ दिन कोही तयार नभए पनि उहाँ आज सबैको प्रेरणा बनेर समाजको उदाहरणीय बन्न सफल हुनुभएको छ । उहाँको सफलतामा साथ दिएको छ, कृषि विकास बैङ्क र आफ्नै गाउँको महिला लघुउद्यमी संस्थाले ।
बजारमा दसैँको चहलपहल, किनमेल गर्नेको भिडभाड
दसैँ नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै गएको छ । दसैँ सुरु हुन एक हप्ता मात्रै बाँकी रहँदा काठमाडौँ उपत्यका मुख्य व्यापारिक केन्द्रदेखि साना तथा ठुला बजारमा किनमेल गर्ने ग्राहकको भिडभाड बढेको हो । लामो समयदेखि सुनसान अवस्थामा रहेको बजार पसलमा शुक्रबारदेखि चहलपहल बढ्न थालेको देखिन्छ । उपत्यकाको मुख्य बजार न्युरोड, असन, भोटाहिटी, विशाल बजार, सुरज आर्केट, मखनगल्लीलगायतका अन्य ठाउँमा दसैँलाई लक्षित सामान किनमेल गर्ने ग्राहकको भिडभाड सुरु भएको छ ।
चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव
वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको छ । यसका लागि बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्ने विधेयक संसद्मा दर्ता गरिएको छ ।