• १२ असार २०८१, बुधबार

पत्तालेमा व्यावसायिक स्याउ उत्पादन सुरु

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असोज २३ गते । करिब छ करोड लगानीमा सुरु गरिएको सोलुखुम्बुको पत्तालेमा व्यावसायिक स्याउ उत्पादन सुरु भएको छ । कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङलगायत डिल्ली गुरुङ, कृष्ण केसी र यगेन्द्रबहादुर कार्कीले करिब छ करोड लगानीमा सुरु गर्नुभएको स्याउ फार्मबाट उत्पादन सुरु भएको हो ।

सोलुदुधकुण्ड नगरपालिका–८, पत्तालेमा एभरेस्ट एग्रो रिसर्च एन्ड टुरिजम डेभलपमेन्ट प्रालिमार्फत १६५ रोपनी क्षेत्रफलमा तीन वर्षअघि स्याउ खेती सुरु गरिएको थियो । यस वर्ष करिब दुई हजार पाँच सय टन स्याउ उत्पादन भएको बताइएको छ । कम्पनीको नाममा रहेको ३६ रोपनी र १२९ रोपनी जग्गा भाडामा लिएर १९ हजार पाँच सय बोट स्याउ रोपिएको छ । इटालीबाट ल्याइएका फुजी, गाला, किङ्स रोड, रेड डेलिसस जातका स्याउको खेती गरिएको छ । यस वर्ष ३५ प्रतिशत बिरुवामा मात्र स्याउ फलाईएको जानकारी दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ ओखलढुङ्गामार्फत यस फार्मलाई बिरुवामा ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ ।