टिङ्करमा टेलिकमको सेवा
नेपाल टेलिकमले नेपालको उत्तरपश्चिमको अन्तिम बस्ती टिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले मङ्गलबारदेखि सेवा सञ्चालनमा ल्याएको हो । मोबाइल सेवा सञ्चालनमा आएपछि सो क्षेत्रका जनताले सहज रूपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन् ।
रसुवा बन्दरगाहको निर्माण पचास प्रतिशत सम्पन्न
रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ । चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा बन्दरगाह निर्माणको काम भइरहेको छ । दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको हो ।
क्युआर भुक्तानी प्रणाली सुरु
नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगर कार्यालयले आफ्ना सेवाग्राही तथा कर्मचारीबाट सङ्कलन गरिने नगद रकमलाई विद्युतीय भुक्तानीको माध्यमबाट लिन सकिने गरी क्युआर माध्यम सञ्चालनमा ल्याएको छ ।
दसैँको मुखमा खाद्यान्नको मूल्य वृद्धि
दसैँको मुखमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, चिउरा, आँटा, गेडागुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ । आर्थिक मन्दीले थलिएका उपभोक्ता अस्वाभाविक मूल्य वृद्धिले झनै आक्रान्त बनेका छन् । पछिल्लो एक वर्षको बिचमा दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशतसम्मले मूल्य वृद्धि भएको पाइएको छ । यसबिचमा महँगो नभएको कुनै वस्तु नै छैन । चामल, दाल, गेडागुडी, आँटा, चिउरा, चिनी सबै महँगिएको छ । चिनीमा त पछिल्लो पटक कालो बजारी नै भएको छ ।
नेप्से परिसूचकमा सुधार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो ।
फड्के किराको प्रकोप : धानबालीमा व्यापक नोक्सानी
सो नगरपालिका–१, ६ र १२ का किसानको पाक्नै लागेको धानबालीमा फड्के किराको प्रकोप देखापरेको छ । फड्के किराले पात र डाँठको रस चुसेर खाँदा धानका बोट पाक्न नपाई मर्न थालेका छन् ।
हुम्लामा पहिलो पटक स्याउको मूल्य निर्धारण
स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको मूल्य तोकिएको छ । यसअघि दानाका हिसाबले बिक्री भई रहेको कारण सबैतिर स्याउको मूल्य निर्धारण गर्न दबाब आई रहेको बेला मूल्य तोकिएको हो ।
दुई सातामा सुनको मूल्य छ हजार घट्यो
बजारमा दुई साताको अवधिमा सुनको मूल्य तोलामा छ हजार चार सय रुपियाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य घट्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत असोज २ गते प्रतितोला सुनको मूल्य एक लाख १३ हजार रुपियाँमा रहेकामा मङ्गलबार घटेर एक लाख छ हजार छ सय रुपियाँमा कारोबार भएको छ । असोज महिनादेखि स्थानीय बजारमा लगातार सुनको मूल्य घट्दै गएको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले अमेरिकी फिडरल बैङ्कले ब्याजदर बढाएपछि डलर मजबुत हुँदा सुनको मूल्य घट्दै गएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीय बजारमा समेत मूल्य घट्दै गएको उहाँको भनाइ छ ।
सामाजिक सुरक्षा कोषको योगदानमा श्रमिकको गुनासो
सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने ३१ प्रतिशत रकम सबै श्रमिकको तलबबाट काट्ने व्रmम बढेको पाइएको छ । सामाजिक सुरक्षा ऐन २०७४ अनुसार योगदानकर्ताको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम मासिक रूपमा कोषमा जम्मा गर्नुपर्ने भए पनि पछिल्लो समय केही रोजगारदाताले ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट कटाएर पठाउने गरेको पाइएको हो ।
चौध म्यानपावर कम्पनी निलम्बनमा
वैदेशिक रोजगार विभागले शङ्कास्पद कागजात पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न १४ वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी निलम्बनमा परेका छन् । विभागका अनुसार जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न भएको पाइएपछि ती म्यानपावरलाई निलम्बन गरिएको हो ।
पचास करोडसम्मको विदेशी लगानी स्वचालित मार्गबाट
सरकारले मुलुकमा ५० करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) गर्न सक्ने व्यवस्था गरेको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी नेपालमा ल्याएर उद्योग व्यवसायमा गर्न सक्ने व्यवस्था गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी अटोमेटिक रुटबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी ल्याउन सक्ने व्यवस्था गरेको हो ।
ऊर्जा विकास मार्गचित्र तयार
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना– २०८०’ मार्गचित्र कार्यान्वयनको तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन गरेको छ । मन्त्रालयले कार्ययोजना तयार गरे पनि मन्त्रीपरिषद्बाट स्वीकृत भने भइसकेको छैन । मङ्गलबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री बस्नेतले आगामी १२ वर्षका लागि तयार पारिएको कार्ययोजनालाई वस्तुगत र व्यावहारिक रूपमा कार्यान्वयन गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको हो ।
स्थानीय तहमा बाहिरिँदै विकृति
स्थानीय तहमा नागरिकको प्रत्यक्ष पहुँच हुने भएकाले स्थानीय तहको उजुरीसँगै विकृति पनि बाहिर आउन थालेका छन् । सङ्घीय र प्रदेश सरकारमा भन्दा स्थानीय सरकारमा नागरिकको दैनिक आवतजावत धेरै हुने भएकाले स्थानीय तहमा भएका सबै प्रकारका कामबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी धेरै पर्ने गरेका हुन् ।
अर्थमन्त्री र एमसिसीका सिइओबीच भेट
अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० एलिस अल्ब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ ।
झोलामा खोला राख्ने प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गर्छौँ : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गरिएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठसँग एमसिसीका सिइओको शिष्टाचार भेट
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटले शिष्टाचार भेट गर्नुभएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो ।
नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैंकको प्रक्षेपण
विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिक रुपमा सार्वजनिक गरेको प्रतिवेदनमा आयात प्रतिबन्ध हटेको, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपनलगायतका कारणले सन २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर तीन दशमलव नौ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।
चालु आवको असोज १५ सम्म एक खर्र्ब ६८ अर्ब ९१ करोड राजश्व सङ्कलन
चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सरकारले एक खर्र्ब ६८ अर्ब ९१ करोड रुपियाँ राजश्व सङ्कलन गरेको छ ।
एक अर्बभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण
गुल्मीका स्थानीय तहले एक अर्बभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकाले एक वर्षमा एक अर्ब ५३ करोड ७४ लाख ८४ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको जिल्ला समन्वय समिति गुल्मीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
पहिले दुर्व्यसनीको अखडा, अहिले बन्यो ड्रागन फ्रुटको बगैँचा
पोखरा महानगरपालिका–११ सेती नदीको किनारास्थित रामघाट केही वर्षअघिसम्म गाँजा, चरेसजन्य लागुऔषधको प्रयोग गर्ने दुर्व्यसनीहरूको अखडा जस्तै थियो ।
केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै
कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण गरिने भएको छ । केन्द्रीय प्रसारण लाइन तत्काल पुर्याउन नसक्ने ठाउँमा विद्युतीकरण गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कुशे–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण हुन लागेको बताउनुभयो ।
तनहुँमा फस्टाउँदो ड्रागन खेती
तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएको छ ।
२४ जना विपन्न महिलालाई बाख्रा वितरण
बाँकेको डुडुवा गाउँपालिका-२ स्थित अमृत महिला समूह र विकास महिला समूहमा आबद्ध २४ जना विपन्न महिलाहरूलाई बाख्रा वितरण गरिएको छ ।