• २८ मंसिर २०८१, शुक्रबार

एक अर्बभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण

blog

फाइल तस्बिर ।

रमेश विश्वकर्मा

गुल्मी, असोज १६ गते । गुल्मीका स्थानीय तहले एक अर्बभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकाले एक वर्षमा एक अर्ब ५३ करोड ७४ लाख ८४ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको जिल्ला समन्वय समिति गुल्मीको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

यस जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० मा ७१ हजार ४५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको तथ्याङ्कमा उल्लेख छ । जसमा सबैभन्दा बढी मुसिकोट नगरपालिकाले वितरण गरेको छ । अन्य स्थानीय तहको भन्दा धेरैले सामाजिक सुरक्षा भत्ता पाएका छन् । सबैभन्दा कम सामाजिक सुरक्षा भत्ता मदाने गाउँपालिकाले वितरण गरेका छ । 

गत आर्थिक वर्षमा यस नगरपालिकामा पाँच हजार १०५ जनालाई १६ करोड ८० लाख १३ हजार रुपियाँ वितरण गरिएको छ । सबैभन्दा कम सामाजिक सुरक्षा भत्ता मदाने गाउँपालिकाले वितरण गरेको तथ्याङ्कमा उल्लेख छ । जहाँ दुई हजार ९६९ जनालाई दश करोड ५३ लाख १२ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । 

त्यस्तै, रेसुङ्गा नगरपालिकाले चार हजार ४९० जनालाई १३ करोड ५३ लाख २५ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । कालीगण्डकी गाउँपालिकाले तीन हजार २१६ जनालाई १२ करोड १५ लाख ६० हजार रुपियाँ वितरण गरेको छ । सत्यवती गाउँपालिकाले चार हजार ९२६ जनालाई १३ करोड ९८ लाख ८८ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरणको गरेको तथ्याङ्कमा उल्लेख छ । 

चन्द्रकोट गाउँपालिकाले तीन हजार ४२३ जनालाई ११ करोड ३९ लाख ६१ हजार रुपियाँ वितरण गरेको छ । रुरुक्षेत्र गाउँपालिकाले तीन हजार ९९८ जनालाई ११ करोड १४ लाख ३३ हजार रुपियाँ वितरण गरेको छ । छत्रकोट गाउँपालिकाले तीन हजार ५९९ जनालाई १३ करोड ३२ लाख छ हजार रुपियाँ वितरण गरेको छ । गुल्मीदरबार गाउँपालिकाले तीन हजार ३६५ जनालाई १२ करोड ८१ लाख ५५ हजार रुपियाँ वितरण गरेको तथ्याङ्कमा उल्लेख छ । 

धुर्कोट गाउँपालिकाले तीन हजार ८१५ जनालाई १३ करोड २५ लाख ४९ हजार रुपियाँ वितरण गरेको छ । मालिका गाउँपालिकाले तीन हजार ६२० जनालाई १२ करोड ४२ लाख ८२ हजार रुपियाँ वितरण गरेको छ । इस्मा गाउँपालिकाले तीन हजार ८९२ जनालाई १२ करोड ३८ लाख रुपियाँ वितरण गरेको तथ्याङ्कमा उल्लेख छ ।